भर्खरै :

चीनको रोजगारी बजार स्थिर

पेइचिङ, १८ अक्टोबर । चीनले सन् २०२१ को पहिलो त्रैमासिकमा १ करोड ४ लाख ५० हजार नयाँ सहरी रोजगारी सिर्जना गरेको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यसबाट सरकारको वार्षिक रोजगारी लक्ष्यमा ९५ प्रतिशत लक्ष्य पूरा गर्न सफल भएको छ ।
स्थिर रोजगारी बजारले चीनको आर्थिक वृद्धिको दरलाई सहज बनाएको छ । साथै वार्षिक ७.५ देखि ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने संसारकै दोस्रो ठूलो अर्थतन्त्रको लक्ष्यलाई यसले सुरक्षित बनाएको छ ।
चीनको कुल गार्हस्थ उत्पादन तेस्रो चौमासिकमा ४.९ प्रतिशतले फैलिएको छ । ऊर्जा समस्या र विश्वव्यापी आपूर्ति प्रणालीको असहजताका कारण अघिल्ला चौमासिकभन्दा तेस्रो चौमासिकमा कुल गार्हस्थ उत्पादनको वृद्धिमा कमी आएको हो ।
तथ्याङ्क विभागअनुसार पहिलो त्रैमासिकमा औसत सहरी बेरोजगारी दर ५.२ प्रतिशत थियो । ५.५ प्रतिशतको वार्षिक लक्ष्त्र्न्दा त्यो दर न्यून थियो । सेप्टेम्बर महिनामा सहरी बेरोजगारी दर ४.९ प्रतिशतले ओरालो लागेको छ । अगस्टको तुलनामा त्यो ०.२ प्रतिशतले कमी आएको हो । सेप्टेम्बरमा चीनका कम्पनीहरूको साप्ताहिक कार्य घण्टा औसत ४७.८ घण्टा थियो । अघिल्लो महिनाभन्दा त्यो ०.३ घण्टाले बढेको हो ।
चीनकै सबभन्दा ठूलो रोजगारी कम्पनी चिलियान चाओपिनले सेप्टेम्बरमा चीनको औसत मासिक तलब ९ हजार ७३९ युआन थियो । अघिल्लो महिनाको तुलनामा त्यो ४.२ प्रतिशतले बढेको हो । चिनियाँ कम्पनीहरूमध्ये सबभन्दा बढी सुरक्षा र स्वास्थ्य सामग्रीका कम्पनीमा बढी वृद्धि भएको छ ।
चीनको रोजगारी बजारमा सेवा उद्योग नै हाबी छ । ठूलो सङ्ख्यामा किसानहरू ठूला सहरमा कामको खोजीमा आएका छन् । त्यसकारण कुरियर व्यापार र अन्य क्याटरिङ सेवा पनि फस्टाएका छन् । सोमबार आयोजित पत्रकार भेटघाटमा तथ्याङ्क विभागका प्रवक्ता फु लिङहुइले रोजगार आप्रवासी ग्रामीण मजदुरहरूको सङ्ख्या कोभिडअघिकै तहमा पुगेको बताएका छन् ।
तेस्रो चौमासिकसम्ममा १८ करोड ३० लाख ३० हजार आप्रवासी मजदुरहरू रोजगारी खोज्दै सहर पसेका थिए । अघिल्लो वर्षको तुलनामा यो २ प्रतिशले बढेको छ ।
“चीनको रोजगारी बजार स्थिर छ र बिस्तारै सुधार हुँदै छ । आर्थिक वृद्धिले पक्कै पनि वार्षिक रोजगारीको लक्ष्य हासिल गर्न सहयोग गर्नेछ”, अन्तर्राष्ट्रिय व्यापार विश्वविद्यालय र अर्थतन्त्रको सार्वजनिक प्रशासन कलेजका प्राध्यापक ली चाङगानले भने ।
तर, तेस्रो चौमासिकको आर्थिक अवस्थाको आधारमा रोजगारीको दबाब अझै कायम नै रहेको लीले चेतावनी दिए । “कच्चा पदार्थको मूल्यवृद्धिले साना र मध्यम खालका उद्योगलाई दबाबमा पारेको छ जसले केही वित्तीय समस्या निम्त्याएको छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *