कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
धनगढी, १ कार्तिक । आइबार रातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।
चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गए राति परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।” सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिनदेखि किसान व्यस्त थिए ।
खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।
“यसपालि विगतको भन्दा पाँचदेखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो, आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पु¥यायो ।” उहाँले भन्नुभयो ।
क्षतिको यकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिन अघि नै बाली भित्र्याइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । किसानको मुख्य आम्दानी स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।
प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबैभन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।
यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झन्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ ।
यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान बालीको उत्पादन वृद्धि हुने आकलन गरिएको थियो । यद्यपि, धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो कीराको समस्या देखिएको थियो । यसैबीच वर्षासँगै गएको पहिरोका कारण धनगढी— डडेलधुरा (भीमदत्त) राजमार्गमा गए रातिदेखि नै आवागमन अवरुद्ध भएको छ । उक्त राजमार्गको भासुभिर सडक खण्डमा पहिरो गएको छ । पहिरो पन्छाइ यातायात आवागमन सुरु बनाउन पहल भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
गए रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । चाड पर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।
दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा दुई फिटसम्म पानी जमेको छ । वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ ।”
क्षतिको यकिन विवरण आउन समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिनअघि नै बाली भित्र्याइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । जिल्लामा ७० हजार ५०० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । वर्षासँगै कच्ची सडकहरू हिलाम्मे हुँदा आवागमन असहज भएको छ ।
रासस
Leave a Reply