भर्खरै :

कोलिन पावेलको निधनसँगै संसारले सम्झेका केही विषय

संरा अमेरिकाका प्रथम काला विदेश मन्त्री तथा संयुक्त सेनाका अध्यक्ष कोलिन पावेलको सोमबार ८४ वर्षको उमेरमा निधन भयो । कोभिड–१९ को सङ्क्रमण जटिल बन्दा उनको निधन भएको हो । तर, मानिसहरूले उनको निधनको कारणबारे खास चासो राखेका छैनन् । बरु पावेलले ‘लुगा धुने धुलो’ को बट्टा (पावेलले सन् २००३ को फेब्रुअरी ५ मा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा एउटा प्लास्टिकको बट्टामा लुगा धुने धुलो देखाएर इराकमा आमविनाशकारी आणविक हतियार रहेको दाबी गरेका थिए) बोकेको पावेलको बहुचर्चित तस्वीरबारे संसारभर फेरि अर्को नयाँ बहसको थालनी भएको छ ।
सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा सहभागी भएर इराकसँग आम विनाशकारी हतियार भएको भन्दै संरा अमेरिकी ‘प्रमाण’ पेश गरेका थिए । पछि इराकसँग आमविनाशकारी हतियार भएको कुरा झूट सावित भयो । संरा अमेरिकामा समेत पावेलको सो वक्तव्य विवादित बन्यो । इराकविरुद्धको अमेरिकी र नाटो हमलामा संयुक्त राष्ट्र सङ्घलाई साथमा लान संरा अमेरिकाले किन त्यस्तो फितलो प्रमाणको सहारा लियो भन्ने विषयमा संसार नै चकित प¥यो ।
सोभियत सङ्घको शीतयुद्धपछि संरा अमेरिकाको आत्मविश्वास बढ्यो । संरा अमेरिकी रणनीतिक क्षेत्रले आफूले जे पनि गर्न सक्ने सोच्यो । संयुक्त राष्ट्र सङ्घमा पावेलको त्यो भाषण नहुँदा पनि संरा अमेरिकाले इराकमाथि अरू कुनै पनि बहानामा हमला गथ्र्यो । संरा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशले कुनै पनि बहानामा इराकमाथि हमला गर्ने मनस्थिति बनाइसकेका थिए ।
पावेलले लामो समय सिपाहींको रूपमा समय बिताए । त्यही भएर स्वभावतः उनी आफूभन्दा माथिका पदाधिकारीप्रति निकै वफादार बने । संयुक्त राष्ट्र सङ्घमा पावेलको भाषण वुशको विस्तृत रणनीति कार्यान्वयनको सिलसिलामात्र थियो । तर, त्यो भाषणले उनको छविमा निकै ठुलो आघात गरेको कुरामा भने सन्देह छैन । इराकले अहिले पनि इराक युद्धमा उनको भूमिकाको कारण दोष लगाउने गरेको छ । इराक युद्ध र त्यसपछि इराकमा दसकौंसम्म मृत्यु, अराजकता र हिंसाका लागि जिम्मेवार वुश सरकारका धेरै पदाधिकारीमध्ये पावेलको निधनसँगै उनीप्रति इराकमा आक्रोशभाव उर्लिएको एपीलगायत सञ्चारमाध्यमले जनाएका छन् ।
पावेलले समयान्तरमा इराक हमलाप्रति पछुतो गरेका थिए । उनले त्यसलाई आफ्नो छविमा कालो धब्बाको संज्ञा दिएका थिए । एनबीसी न्यूजका अनुसार उनले इराक युद्ध आफ्नो लागि ‘त्यत्तिबेला पनि पीडादायी’ र अहिले पनि ‘पीडादायी’ भएको बताएका थिए । आफ्नो आत्मवृत्तान्त ‘माइ अमेरिकन जोर्नी’ (मेरो अमेरिकी यात्रा)मा उनले लेखेका छन्,“इराक हमलाले म मरेपछि दिइने वक्तव्यमा पक्कै पनि महत्वपूर्ण अनुच्छेद ओगट्नेछ ।” वास्तवमा पावेलले सही भनेका थिए । “तर, सन् २००३ को फेब्रुअरीमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा उनले दिएको कुख्यात भाषणको कारण उनलाई पछि बाँच्न निकै सकस भएको थियो । त्यो भाषणमा उनले इराकसँग आमविनाशकारी हतियार भएको दाबी गरेका थिए । पछि त्यो कुरा झूट प्रमाणित भएको थियो”, एएफपीले पावलको निधनमा लेखेको छ । त्यो झूट संरा अमेरिकाको अन्तर्राष्ट्रिय छविमा ठुलो धक्का र कहिल्यै नमेटिने दाग बन्यो । त्यसको प्रभाव आज पनि उस्तै छ ।
पावेलको भाषणले संरा अमेरिकामा नकारात्मक प्रभाव पारे पनि त्यसबारे उनीहरूले कहिल्यै आत्मसमीक्षा गरेको देखिएन । बरु संरा अमेरिकाले आफ्नो आक्रामक, दमनकारी र हमलाकारी नीतिलाई निरन्तरता दियो । उसले कुनै न कुनै माध्यम प्रयोग गरी ‘लुगा धुने धुलो’ को प्रवद्र्धन गरिरह्यो ।
“आफ्नो भूराजनीतिक स्वार्थ पूरा गर्न ‘झूटको प्रचारबाजी’ गर्नु संरा अमेरिकाको पुरानो चलाखी हो । आफ्ना साझेदारहरूको समर्थन हासिल गर्न र आफ्नो प्रतिस्पर्धी वा विरोधीमा हमला गर्न संरा अमेरिकाले झूट प्रचार गर्ने गर्छ”, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्येता लु सियाङले भने । “‘लुगा धुने धुलो’ त एउटा उदाहरण मात्र हो । त्यस्ता धेरै कुरा त अहिलेसम्म पनि उजागर भएको छैन । अझै पनि संरा अमेरिका सर्वसाधारण जनतालाई भ्रममा पार्ने प्रयासमा लागेको छ ।”
“कुनै पनि देशविरुद्ध लडाईको परिणाम ज्यादै खराब हुने र त्यसको मूल्य पनि निकै माथि हुने कुरामा संरा अमेरिका सजग छ”, उनले भने,“अहिले वाशिङ्टन आर्थिक र राजनीतिक माध्यमबाट आफ्ना विरोधी र प्रतिस्पर्धीलाई पेल्न खोजिरहेको छ ।”
वाशिङ्टनले चीनलाई आफ्नो शत्रु देखेको छ । उसले चीनलाई घेराबन्दीमा पार्ने रणनीति अङगालेको छ । चीनको बद्ख्वाई गर्न संरा अमेरिकाले दिलोज्यानले लागेको छ । इराकमा संरा अमेरिकाले प्रयोग गरेको वस्तु ‘लुगा धुने धुलो’ हो भने चीनविरुद्ध उसले भयानक झूटको सहारा लिएको छ । त्यस्ता झूट मानवअधिकारदेखि कोभिड–१९ भाइरसको उत्पतिसम्म फैलिएको छ ।
संरा अमेरिकाले अहिले चीनको स्वशासित सिन्च्याङ उइगुर क्षेत्रबारे संसारका जनतालाई झूट प्रचार गरेर चीनको विरोधमा धेरै देशलाई एक ठाउँमा ल्याउने प्रयास गरेको छ । संरा अमेरिकाका यस्ता व्यवहारले संसारमा अस्थिरता र अनिश्चितता निम्त्याउनेछ । अन्तर्राष्ट्रिय समुदायले संरा अमेरिकाले नजिकबाट नियालिरहेको छ । चीनविरुद्ध संरा अमेरिकाका झूट वास्तवमा ‘लुगा धुने धुलो’का थप संस्करण भएको कुरा संसारलाई चाँडै थाहा हुनेछ ।
स्रोतःग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *