जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
- श्रावण ३, २०८३
हालै सम्पन्न जी – २० शिखर सम्मेलन र कोप – २६ शिखर सम्मेलनमा जब पत्रकारका क्यामरा संरा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र बेलायतका प्रधानमन्त्री बोरिस जनसनतिर तेर्सिए, उनीहरूले अचम्मको नाटक देखाए । विश्वव्यापी मुद्दामा केही कमजोर खालका परिणाम दिने बाहेक फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँसँग उनीहरूको जेलिएको सम्बन्ध भने हिजोआजका राजनीतिक टीभी सिरियलको निम्ति गज्जबको दृश्य बन्यो ।
यसअघि अस्टे«लियाले फ्रान्ससँग डिजेलबाट चल्ने पण्डुबी किन्ने अरबौँ डलरको खरिद सम्झौता तोड्यो । त्यता सम्झौता तोडेर अस्टे«लियाले संरा अमेरिकासँग आणविक ऊर्जाले चल्ने पण्डुबी किन्ने निर्णय ग¥यो । त्यो निर्णय अस्टे«लिया, बेलायत र संरा अमेरिकाबीच हिन्द–प्रशान्त सम्झौताको हिस्सा थियो । ‘अउकस’ नाम दिइएको सो सन्धिले फ्रान्सलाई रुष्ट बनायो । उसले संरा अमेरिका र अस्टे«लियाबाट आफ्ना राजदूतहरू नै फिर्ता बोलायो ।
महामारी फैलिएयता पहिलो पटक स–शरीर भेटेका चार जना नेताहरूले यो महिना भेट्दा आपसमा रिस देखाउने र दुःख पोख्ने काम भयो । जसले संसारको भविष्यसँग जोडिएका अरू धेरै महत्वपूर्ण विषय ओझेल प¥यो ।
“हाम्रो कोही पनि स्थायी शत्रु र स्थायी मित्र छैन । हाम्रो स्वार्थ नै हाम्रो दिगो मुद्दा हो”, अन्तर्राष्ट्रिय सम्बन्धको यो ‘स्वर्णिम नियम’ बेलायतका प्रधानमन्त्री भिस्काउन्ट पाल्मेस्टनको हो । तर, यो नियम प्रायशः धेरैले भुल्छन् । संरा अमेरिकालाई ‘प्रिय मित्र’ ठानेका मोरिसन सार्वजनिक सञ्चारमाध्यमसामु बाइडेन र माक्रोँले सद्भाव साट्दै गरेको देख्दा जिल्ल परेको हुनुपर्छ ।
माक्रोँसँगको चिसो सम्बन्धमा सुधार गर्न बाइडेनले नम्रभावमा ‘त्यो (पण्डुबी खरिद) विषयलाई राम्ररी व्यवस्थापन गर्न सकिन्थ्यो’ भने । “हामीले त्यसलाई भद्दा ढङ्गले चलायौँ ।
पत्रकारले पण्डुबी खरिद सम्झौता खारेजीको सन्दर्भमा अस्टे«लियाका प्रधानमन्त्रीले ढाँटेका हुन् कि भनी सोध्दा माक्रोँले निकै रुखो तरिकाले जवाफ दिए, “मलाई त्यसबारे थाहा छ जस्तो लाग्दैन ।” मोरिसनले माक्रोँलाई पठाएको व्यक्तिगत सन्देश अस्टे«लियाली स्रोतबाट चुहेपछि घटनाले थप नाटकीय मोड लियो । त्यसको प्रतिक्रियामा माक्रोँले भने, “हाम्रो साझा पण्डुबी महत्वाकांक्षाको निम्ति के मैले राम्रो वा खराब समाचार अपेक्षा गर्नुपर्छ ?” पण्डुबी खरिद सम्झौता तोड्नुअघि माक्रोँलाई पूर्वजानकारी दिइएको कुरा प्रमाणित गर्न नसकेपछि मोरिसनले नाटक गरेर आफैलाई थप अपमानित बनाए ।
“हाम्रो कोही पनि स्थायी शत्रु र स्थायी मित्र छैन । हाम्रो स्वार्थ नै हाम्रो दिगो मुद्दा हो”, अन्तर्राष्ट्रिय सम्बन्धको यो ‘स्वर्णिम नियम’ बेलायतका प्रधानमन्त्री भिस्काउन्ट पाल्मेस्टनको हो । तर, यो नियम प्रायशः धेरैले भुल्छन् । संरा अमेरिकालाई ‘प्रिय मित्र’ ठानेका मोरिसन सार्वजनिक सञ्चारमाध्यमसामु बाइडेन र माक्रोँले सद्भाव साट्दै गरेको देख्दा जिल्ल परेको हुनुपर्छ ।
माक्रोँसँगको चिसो सम्बन्धमा सुधार गर्न बाइडेनले नम्रभावमा ‘त्यो (पण्डुबी खरिद) विषयलाई राम्ररी व्यवस्थापन गर्न सकिन्थ्यो’ भने । “हामीले त्यसलाई भद्दा ढङ्गले चलायौँ । जतनपूर्वक सम्हालिएन”, जी २० को लागि इटाली पुगेलगत्तै बाइडेनले भने । “फ्रान्सलाई धेरै अघि नै त्यो सम्झौता रद्द गर्ने जानकारी भइसकेको मैले ठानेको थिएँ”, पाका, चलाख राजनीतिक नेता बाइडेनले दोष अस्टे«लियामाथि थोपरेर बठ्याइँपूर्वक भने ।
यस्तो हिमचिम पछि दुई देशले एउटा संयुक्त वक्तव्य जारी गरे । जसमा ‘युरोपेली सुरक्षा बलियो र थप सक्षम बनाउन’ फ्रान्सलाई संरा अमेरिकाले समर्थन गर्ने उल्लेख थियो । त्यसपछि पत्रकारहरूलाई माक्रोँले भने, “विश्वास भनेको पनि माया जस्तै हो । घोषणा गर्नु राम्रो, प्रमाणित गर्नु अझ राम्रो ।”
संरा अमेरिकाको इमानदारी कति लामो समय टिक्ला, त्यो त समयले नै बताउनेछ ।
यसैबीच फ्रान्स र बेलायतको सम्बन्ध भने तनावपूर्ण नै रह्यो । ‘अउकस’ मा मनमुटाबबीच पनि माक्रोँ र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच जी – २० शिखर सम्मेलनको क्रममा अलग बैठक भयो । उनीहरूले भेटेर अङ्ग्रेज नहरमा माछा मार्ने विषयमा भएको विवाद समाधान गर्न कुराकानी गरे । तर, बैठकको निष्कर्ष अपेक्षितभन्दा निकै फरक आएकाले उनीहरूबीच कुरा नमिलेको प्रस्ट देखियो । माक्रोँ कोप – २६ शिखर सम्मेलनमा अन्य नेताहरूभन्दा एक दिनअघि नै स्वदेश फर्के । बेलायत र फ्रान्सको सम्बन्धमा पण्डुबीको मुद्दाले भन्दा माछा मार्ने विवाद तीखो भएको देखिन्छ ।
चार वटै देशबीच पण्डुबीको मुद्दामा तितोमिठो चलिरहेको बेला सबैको आँखा तानेको राजनीतिक नाटकबाट कोही विजयी हुने देखिंदैन । अस्ट्रेलिया यो सिङ्गो खेलमा राजनीतिक औजार मात्र बन्यो । फ्रान्सले क्षणिक रूपमा मुख मिठो बनाए पनि अन्ततः सम्झौता तोडियो । भूराजनीतिक लोभ र अमेरिकाकेन्द्रियताको कारण संरा अमेरिकाले आफ्नो लामो समयको मित्रता नै तोड्न तयार भयो । बेलायत चेपुवामा प¥यो र फ्रान्ससँगको सम्बन्ध अझ तिक्ततापूर्ण भयो ।
दबुको प्रकाश मधुरो भएसँगै एउटा कुरा भने सत्य प्रमाणित हुँदै जानेछ ः ठूला राजनीतिक शक्तिहरूले बाहिरियाको लागि नाटक र भित्रियाहरूका लागि पीडाबाहेक केही पनि बाँकी छोड्दैनन् ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : मनिषा
Leave a Reply