भर्खरै :

‘गैँडा पार्टी’ र ‘घोडा पार्टी’ को समाजवाद र महाधिवेशनबारे

वामपन्थी आन्दोलनभित्रका ‘बन्चरोको बिँड’ !
नेपालका नक्कली कम्युनिस्ट ‘एमाले’ र ‘माओवादी’ को राजनीतिक ठगी तथा बेइमानीले सीमा नाघ्दै छ । समाजवादको नारा दिँदै समाजवादको बद्नाम गर्न तल्लीन छन् । वामपन्थी तथा कम्युनिस्ट आन्दोलन कमजोर पार्दै विघटनतर्पm लान तिनले जारी राखेका गतिविधि अब अति भइसकेको छ । ती ‘बन्चरोको बिँड’ साबित भइसकेको जगजाहेर छ । नेपाली वामपन्थी आन्दोलनमा नेपाली काङ्ग्रेसले जति क्षति पु¥यायो त्योभन्दा बढ्ता क्षति कम्युनिस्ट नामधारी नेता तथा पार्टीहरूले पु¥याइरहेको अनुभवसिद्ध यथार्थ हो । निर्वाचन जितेर गएका नेता तथा दलहरूले जिम्मेवार पदमा बसेर गरेको समाजवादको अपव्याख्या र समाजवादसँग कहीँकतै सङ्गति नभएको व्यवहार र कर्मले गर्दा झन् सर्वसाधारण जनता रनभुल्लमा पर्दै छन् । नेपाली कामदार जनताको धैर्य र सहनशीलताको बाँध टुट्नै लागेको छ । यही सेरोफेरो र यही दुर्भाग्य तथा विडम्बनाबारे सङ्क्षेपमा यहाँ चर्चा गर्ने प्रयत्न गरिन्छ ।
प्रसङ्ग – १
बाग्मती प्रदेशसभामा कार्तिक २२ गते विश्वासको मत माग्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकार समाजवादउन्मुख कार्यक्रमसहित अगाडि बढ्ने बताए । त्यसलाई स्पष्ट पार्ने प्रयास गर्दै भ्रष्टाचार तथा अनियमितता रोक्ने, प्रदेशले धान्न नसक्ने खालका आयोजनातिर भन्दा अत्यावश्यक योजनालाई प्राथमिकतामा राखिने बताए । पाण्डेले क्यालेन्डर निर्माण गर्दै काम थालिने, सांसदहरूलाई बजेट वितरणमा भेदभाव नगरिने आदि प्रतिबद्धता व्यक्त गरे । उनले यी विषयलाई नै ‘समाजवादउन्मुख’ भनी परिभाषित गर्ने प्रयास गरे ।
पाण्डे नेपाली काङ्ग्रेस, माओवादी र जनता समाजवादी पार्टीको सहयोगमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका हुन् । त्यो गठबन्धनको धरातल तथा सैद्धान्तिक आधारबारे लामो छलफल आवश्यक नहोला, हलेदो भनेपछि कोट्याइरहन पर्छ र ? नाम समाजवादी हुँदैमा कोही कसरी समाजवादी बन्न सक्छ ? पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गले किस्तीमा राखेर समाजवाद हस्तान्तरण नगर्ने पनि धु्रवसत्य हो ।
प्रसङ्ग – २
बाग्मती प्रदेशसभामा कार्तिक ४ गते मुख्यमन्त्री पदबाट आफ्नो राजीनामा दिँदै अष्टलक्ष्मी शाक्यले समाजवादी सिद्धान्तबमोजिम काम गरेको दाबी गरिन् । उनले जम्माजम्मी ७१ दिन सरकार चलाएकी थिइन् । उनको कार्यकाल सबैभन्दा विवादितमात्र होइन, सुस्तता, अन्योल, अस्थिरता तथा परिणामविहीनतामै बितेको भनी बदनाम छ । सरकार जोगाउने असफल प्रयास गर्ने क्रममा शाक्यको सरकार गठन गरिएको थियो । त्यो अप्रिय सत्यलाई ढाकछोप गर्न ‘समाजवाद’ को जामा लगाउने चेष्टा गरिएको थियो ।
प्रसङ्ग – ३
एमाले र माओवादी मिलेर नेकपा बन्दा तीन वर्षभन्दा लामो समय बाग्मती प्रदेश सरकार चलाउने डोरमणि पौडेलले पनि समाजवादी ढङ्गमै काम गरेको दाबी पटक–पटक गरे । उनी स्वयम्ले बारम्बार आपूmलाई आफ्नै दलभित्रका साथीहरूले कामै गर्न नदिएको बताएका थिए । कर्मचारी प्रशासन, नियम–कानुन नै बाधक बनेको र नेताहरूको सोचमा व्यापक परिवर्तन नआएसम्म काम गर्न गा¥हो हुने विभिन्न कालखण्डमा ठाउँ–ठाउँमा उनैले अभिव्यक्ति दिएका थिए । आफ्नो दलभित्रका मानिसहरूको साँघुरो मानसिकताबाट आपूm आजित भएको स्पष्टोक्ति मुख्यमन्त्री रहँदै दिएका थिए । त्यस्तो व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिँदा या जनताबीच पुग्दा भने समाजवादउन्मुख तरिकाले काम गरेको बताए । यथार्थमा उनको सरकार पक्षपात, सुस्तता, भ्रष्टाचार, भैm–झगडा, आन्तरिक विवाद, छलकपट तथा बेमेलका कारण अकर्मण्य एवम् असफल साबित भएको सर्वविदित्तै छ । अन्तमा सम्हाल्नै नसकेपछि पार्टी विभाजित भयो र सरकार पनि ढल्यो । ती असफलता, कमजोरी तथा अकर्मण्यता लुकाउने क्रममा उनले पनि ‘समाजवाद’ या ‘समाजवादउन्मुख’ को अति लामो जामा पहिरिने असफल प्रयास गरे । के समाजवाद अनैतिकता, सिद्धान्तहीनता तथा विचारशून्यताको अनिवार्य परिणामस्वरूप जन्मिने असफलता, पतन छोप्ने जामा हो ?
माथि उल्लिखित तीन प्रसङ्ग या घटना राज्यको एउटा महत्वपूर्ण निकायका हुन् । जनताको प्रतिनिधिमूलक संस्थाका जिम्मेवार नेताहरूले दिएका अभिव्यक्ति, देखाएका व्यवहार र गरेका कामको यथार्थ चित्रण या प्रस्तुति हो । यी त केही प्रतिनिधि प्रसङ्ग मात्र हुन् । यी प्रसङ्गहरूले देशकै वास्तविक राजनीतिक अवस्था उजागर गर्दछन् । किन यसरी समाजवादको बदनाम ‘कम्युनिस्ट’ नामधारीबाटै भइरहेको छ ? समाजवादलाई बङ्ग्याएर, त्यसको कुरूप चित्रण गरेर पुँजीपति वर्गलाई हँसाउने काम नियोजितरूपमा किन गर्दै छन् ? इतिहासमा आपैmँ हाँसोको पात्र या कलङ्क बन्न ती किन अघि सरेका होलान् ? ती कोबाट सञ्चालित छन् ? कसरी सञ्चालित छन् ? समाजवादको हत्या गर्न ‘समाजवादी’ नै प्रयोग हुन कसरी सम्भव भयो ? एमाले, माओवादी कसरी नेपालको वामपन्थी आन्दोलनमा ‘बन्चरोको बिँड’ साबित हुँदै छन् ? यी सवालको जवाफ अपरिहार्य भइसकेको छ ।
‘समाजवाद’, ‘समाजवादउन्मुख’ को वास्तविक सार अथवा मर्म सरल तथा व्यावहारिक भाषामा भन्नुपर्दा ‘समाजवाद’, ‘समाजवादउन्मुख’ व्यवस्था या पद्धतिले मजदुर र किसान तथा सर्वसाधारण जनताको व्यापक हितलाई पहिलो प्राथमिकतामा राख्दछ । पद, पैसा, व्यक्तिगत फाइदा प्राथमिकताको विषय नै बन्दैन । मानिसद्वारा मानिसमाथि गरिने शोषण, अन्याय, थिचोमिचो, दमन, भेदभाव सदाका लागि अन्त्य गर्नेतर्पm राज्यको शक्ति तथा जनताको शक्ति परिचालित हुन्छ । आर्थिक समानतामा आधारित नयाँ समाजको निर्माणको व्यापक उद्देश्यका साथ सिङ्गो देश, पार्टी, जनता एक ढिक्का भई अगाडि बढ्छ ।
निम्नत्तममा पनि शिक्षा तथा स्वास्थ्योपचार निःशुल्क र सर्वसुलभ बनाइन्छ । अन्धविश्वास, कुरीति, कुप्रथा हटाएर ज्ञान–विज्ञानमा आधारित नयाँ समाज निर्माणतर्पm सबै अग्रसर बन्छन् । अवसरको वितरण समान तथा न्यायपूर्ण ढङ्गमा गरिन्छ । काम गर्ने अवसरको पर्याप्त उपलब्धता र कामअनुसारको ज्याला सुनिश्चित गरिन्छ । महिलालाई सुरक्षित तथा सम्मानजनक ढङ्गमा श्रमशक्तिमा रूपान्तरण गरिन्छ । त्यसका निम्ति शिशुशाला तथा बालोद्यानहरू निर्माण गरिन्छ । ज्येष्ठ नागरिकहरूका निम्ति सुखद तथा सम्मानजनक जीवनयापन गर्ने वातावरण दिइन्छ । त्यसका लागि ठाउँ–ठाउँमा ज्येष्ठ नागरिक निवास या आदर निकेतन स्थापना गरिन्छ । युवाहरूलाई स्वस्थ मनोरञ्जन, खेलकुद, नियमित व्यायाम तथा शारीरिक प्रतिरक्षाका तालिमको बन्दोबस्त गरिन्छ । सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा संलग्न गराई सुन्दर समाजका जिम्मेवार नागरिक बनाइन्छ ।
मौलिक उत्पादनमा जोड दिइन्छ । साना तथा मझौला उद्योग, कुटीर व्यवसायमा जोड दिई आत्मनिर्भरतातर्पm समाजलाई अग्रसर बनाइन्छ । कृषि उत्पादनमा जोड दिई जनताको भोकको समस्या समाधानतर्पm सदा तत्पर रहन्छ । रैथाने बिउबिजन, सिप, ज्ञानको संरक्षणमा उच्च संवेदनशिलता अपनाउँदै समाजलाई जीवन्त राखिन्छ । संस्कृति तथा सम्पदा संरक्षण गरी आधुनिक जीवन तथा समाज थप सुन्दर बनाइन्छ । पुराना चिजबिजबाट नयाँ युगको सेवा गरिन्छ ।
सामूहिक तथा सामाजिक सम्पत्तिको जगेर्ना तथा नयाँ निर्माणमा व्यवस्थित ढङ्गमा काम गरिन्छ । शिक्षालय, अस्पताल, उद्योग, यातायात आदि सञ्चालन तथा व्यवस्थापनमा सरकार स्वयम् जिम्मेवार बन्दछ । सडक, पुल, सरकारी भवन, भौतिक संरचना निर्माण, मर्मत, संवद्र्धन आदिमा सरकार स्वयम्ले जिम्मेवारी बहन गर्दछ । त्यसका निम्ति आवश्यक प्रविधि, प्राविधिक जनशक्ति, यन्त्रहरूको प्रवन्धकीय जिम्मेवारी सरकार स्वयम्ले लिन्छ । कमजोर, निमुखा तथा पिछडिएका मानिसहरूको हकअधिकार सुनिश्चित गर्दै बलिया तथा धनीहरूको अत्याचारबाट जोगाउन कानुनको निर्माण गरिन्छ ।
समाजवादका यी आधारभूत कार्यक्रम या विषयवस्तु हुन् । समाजवादका पक्षधरहरू या कम्युनिस्टहरू सत्तामा गएको खण्डमा गर्नैपर्ने कार्यमध्ये यी महत्वपूर्ण विषय हुन् । यसबाट कोही भाग्दछन् भने ती वास्तविक समाजवादी नै होइनन् ।
समाजवादको नारा र कामदार जनताप्रति धोका !
जगमा जाहेर भएकै कुरा हो कि माथि चर्चा गरिएका ‘समाजवादउन्मुख’ कार्यक्रममध्ये कुनै एकमात्र पनि प्रदेश होस् या अन्य सरकारमा पुगेका ‘कम्युनिस्ट’ दाबी गर्ने दलहरूले गरेनन्, सुरु समेत गरेनन् । गर्ने इच्छाशक्ति पनि देखाएनन् । समाजको तल्लो वर्गको जीवनमा सामान्य हेरफेर ल्याउने कार्य थालनी गर्ने जाँगरसमेत देखाएनन् । निम्नत्तम मानव कल्याणकारी कार्य, सामाजिक सुधारका कार्यतर्पm अग्रसर नबनेको, बरु ध्वंशकारीको रूपमा प्रस्तुत भएको धेरैले महसुस गरे । भ्रष्टाचार, अनियमितता, लुट, कमिसनखोरी, कानुनी लुट हरेक क्षेत्रमा देखिएको प्रस्ट छ । माफिया, तस्कर, विचौलियाको बोलवाला बढेको र सरकार तीबाटै प्रभावित तथा सञ्चालित रहेको आज कसलाई थाहा छैन ? शासक नेताहरू स्वयम् विदेशीका सेवक बनेर हिँडेको पनि सबैले अनुभव गर्दै छन् । तिनको ‘समाजवाद’, ‘कम्युनिस्ट’ र ‘हँसिया–हथौडा’ त ठगी खाने भाँडो, अपराध छोप्ने मजेत्रो र सत्तामा पुग्ने भ¥याङ बनेको स्पष्ट भइसकेको छ । केन्द्रीय सरकारमा त झन् एमाले र माओवादी पालैपालो गएको दशकौं भइसकेको छ ।
तसर्थ, यो पाखण्डविरुद्धको सङ्घर्ष नै आजको आवश्यकता हो । ती पाखण्डको भ्रमको जालो च्यात्न नसकेसम्म नेपाली समाज तन्दुरुस्त बन्न नसक्ने र प्रगतिको बाटोमा लम्किन नसक्ने यथार्थबोध गराउनु नै आजको चुनौती हो । नामले कम्युनिस्ट भए पनि नेपाली समाजको आमूल परिवर्तनका निम्ति ती बाधकका रूपमा खडा भइरहेका छन् ।
घोडा पार्टी र गैँडा पार्र्टीहरूको महाधिवेशन !
विचार, सिद्धान्त, व्यवहार र कर्मका हिसाबले ‘समाजवाद’, ‘कम्युनिस्ट’ त्यागिसकेका र पुँजीवादी पार्टीमा पतन भइसकेका ‘माओवादी’ र ‘एमाले’ लाई अब घोडा पार्टी र गैंडा पार्टी भन्नु समीचीन हुनेछ । माओवादीलाई नेमकिपाले भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजीको घोडा अर्थात् ‘ट्रोजन घोडा’ भनी सटिक विश्लेषण गरेको दुई दशक नाघिसकेको छ । अहिले आएर एमालेले नारायणघाट महाधिवेशनको आधिकारिक चिनोमा एक सिङ्गे गैँडालाई पार्टीको झन्डा बोकायो ¤ घोडालाई झन्डा बोकाउने पालो अब माओवादीको आएको छ ! यी दुई पार्टी विचार तथा सिद्धान्तबाट पतित भइसकेका छन् । ती पुँजीवादी प्रचारबाजी, अराजनीतिक शैली, राजनीतिक ‘स्टन्टबाजी’ मा रमाउँछन् । साथै, ती देश र जनताका समस्याप्रति अत्यन्तै असंवेदनशील, गैरजिम्मेवार तथा विदेशी प्रभुको तखतमा बस्न रुचाउँछन् ।
ती शक्ति र सङ्ख्याको दम्भ देखाउनबाहेक अरू केही गर्न सकिरहेका छैनन् । चुनावमा यति जित्छौँ र उति जित्छौँको रवाफ देखाउनेबाहेक अरू विवेकसम्मत् तर्क, मौलिक परिवर्तनको तयारीबारे बोल्न सकिरहेका छैनन् । तिनले सत्ता र शक्तिको आडमा जनतालाई भ्रमित पार्दै छन् । महाधिवेशनको सेरोफेरोमा समेत सङ्ख्या, शक्ति, सत्ता र चुनावी मतको घमण्ड देखाउँदै छन् । अन्य सारा महत्वपूर्ण राजनीतिक पक्ष ओझेल पार्दै छन् । सिद्धान्त, नीति, कार्यक्रम, क्रान्ति, देश र जनताभन्दा पनि पद, नेता, गुट, विदेशी शक्तिको दलालीमै महाधिवेशन सीमित बनाउँदै छन् । जसरी पनि चुनाव जित्ने महाजाल बुन्ने काममा सीमित पार्दै छन् महाधिवेशन ! महाधिवेशनलाई जनताको आन्दोलनको तयारी, देशको राजनीतिलाई बाटो देखाउने, समाजको कायापलटबारे बहस चलाउने अवसर बनाउनुभन्दा पनि केही लाख मानिसको महाकुम्भ मेलामा परिणत गर्ने मूर्खता गर्दै छन् घोडा पार्टी र गैँडा पार्टी ! जनता र क्रान्तिप्रति यो अर्को धोका हो ।
पार्टीमा कति लाख सदस्य छन् भन्नुभन्दा पनि ती कसरी सदस्य बनाइए र तिनको पेशा, व्यवसाय, पृष्ठभूमि, गतिविधि कस्तो छ भन्ने सवाल महत्वपूर्ण हो । पार्टीमा कति लाख सदस्य छन् भन्नुभन्दा कतिलाई माक्र्सवादी शिक्षा दियौ ? माक्र्सवाद, लेनिनवाद तथा माओ त्से तुङ विचारधाराबाट कतिलाई शिक्षित पा¥यौ ? समाजवाद र समाजवादी क्रान्तिको प्रचार–प्रसार गर्न कतिवटा पत्रिका, पुस्तक या अध्ययन सामग्री प्रकाशन ग¥यौ ? ‘कम्युनिस्ट घोषणापत्र’ कार्यकर्ताहरू पढ्छन् कि पढ्दैनन् ? अक्टोबर समाजवादी क्रान्ति दिवस संसारभर अहिले मनाइँदै छ । त्यसबारे किन कार्यकर्तालाई शिक्षित पारिँदैन ? समाजवादी देशहरूविरुद्ध संरा अमेरिकी साम्राज्यवादले हमला, षड्यन्त्र जारी राख्दै छ । किन त्यसबारे बोल्दैनन् एमाले र माओवादी ? यी प्रश्न तड्कारो खडा छन् । घोडा पार्टी र गैँडा पार्र्टीहरूले महाधिवेशनको सङ्घारमा जवाफ दिने हिम्मत गरून् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *