भर्खरै :

साम्राज्यवाद र सार्वभौम देशको पीडा

ल्याटिन अमेरिकी देश निकारागुआमा ७ नोभेम्बरका दिन सम्पन्न निर्वाचनमा त्यहाँको क्रान्तिकारी सान्डिनिस्टा मुक्ति मोर्चा (एफएसएलएन) ले फराकिलो जीत हासिल ग¥यो । निकारागुआमा राष्ट्रपतीय, संसदीय तथा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित ढङ्गले सम्पन्न भएको थियो । निर्वाचन पर्यवेक्षणका लागि २७ देशका २ सत्न्दा बढी व्यक्तित्वहरू त्यहाँ पुगेका थिए र उनीहरूका अनुसार त्यस देशको कुनै पनि भागमा भइरहेको निर्वाचन अवलोकन गर्न कुनै किसिमको अवरोध थिएन । तर, बाइडेन प्रशासनले हालै निकारागुआमा सम्पन्न निर्वाचनलाई निर्वाचन हुनु अगाडि नै धोखा भएको घोषणा ग¥यो । साम्राज्यवादी देशका व्यापारिक सञ्चारमाध्यमले निकारागुआमा ‘तानाशाही शासन’ भएको झूट पटकपटक डोहो¥याइरहेका छन्, जसको पटकथा अमेरिकी राज्य विभाग (विदेश मन्त्रालय) बाट लेखिएको थियो । अमेरिकी संसदले केही महिनाअघि मात्र रेनासेर ऐन बहुमतले पारित ग¥यो । उक्त ऐनको उद्देश्य निकारागुआमाथि प्रतिबन्धहरू लागाउने हो र त्यसको सीधा अर्थ निकारागुआली जनताको निम्ति अभाव र कष्ट उत्पन्न गर्नु रहेको छ । प्रतिबन्धहरू भनेका फरक माध्यमका युद्ध नै हुन्, प्रतिबन्ध र नाकाबन्दी आधुनिक युगमा जलसेना परिचालनको नयाँ संस्करण हो ।
भेनेजुयलामा नोभेम्बर २१ आइतबारका दिन ३ प्रान्तीय गभर्नर, ३३५ नगरपालिकाका मेयर, २५३ संसद् सदस्य तथा २,४७१ जना नगर परिषद् सदस्यका लागि निर्वाचन सम्पन्न भयो । राष्ट्रिय निर्वाचन परिषद्का अनुसार २३ मध्ये २० वटा प्रान्तको गभर्नरमा बृहत् देशभक्त मोर्चाका उम्मेदवारहरू निर्वाचित भएका छन् भने ३ वटामा विपक्षी पार्टीहरूले जितेका छन् । निर्वाचनको पर्यवेक्षण गर्न संयुक्त राष्ट्र सङ्घ, युरोपेली युनियन र कार्टर सेन्टरलगायत विश्वका ५५ वटा अन्तर्राष्ट्रिय संस्थाका ३ सत्न्दा बढी पर्यवेक्षकहरू भेनेजुयलाको विभिन्न भागमा पुगेका थिए । संयुक्त राष्ट्रसंघले भेनेजुयलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनायो । संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । तर, संरा अमेरिकाले भेनेजुयलाको निर्वाचन परिणमलाई अस्वीकार गर्दै त्यहाँ सम्पन्न निर्वाचनलाई मान्यता नदिने बताएको छ । भेनेजुयलाको निर्वाचन र निर्वाचन परिणाम संरा अमेरिकालाई अस्वीकार्य रहेको जनाउँदै सोमबार अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले वक्तव्य जारी गरे । संरा अमेरिकाले निर्वाचन पर्यवेक्षण गरेका संयुक्त राष्ट्र सङ्घ, युरोपेली युनियन र कार्टर सेन्टरलगायत विश्वका ५५ वटा अन्तर्राष्ट्रिय संस्थाका निर्वाचन स्वच्छ र धाँधलीरहित ढङ्गले सम्पन्न भएको प्रतिवेदनलाई पनि स्वीकार नगर्ने बतायो ।
संरा अमेरिकाले यतिखेर आफ्नो प्रभुत्व कायम राख्ने महत्वाकाङ्क्षासाथ विश्वभर नै द्वन्द्व र पीडा सिर्जना गरिरहेको छ । निकारागुआ र भेनेजुयलामात्र नभई आफ्नो देशको स्वतन्त्रता र स्वाधीनता चाहने विश्वका सबै देश संरा अमेरिका र त्यसका पिछलग्गुहरूबाट प्रताडित छन् । साम्राज्यावादीहरूले भूगोलको हिसाबले सबैभन्दा ठूलो देश रसिया र जनसङ्ख्याको हिसाबले सबैभन्दा ठुलो देश चीनका आन्तरिक मामिलामासमेत हस्तक्षेप गरेर पीडा दिइरहेको छ । संयुक्त राष्ट्र सङ्घको बडापत्र र विभिन्न अन्तर्राष्ट्रिय महासन्धिले भौगोलिक आकारमा सानो ठुलो जे भए पनि सबै स्वतन्त्र देशहरूको सार्वभौमिकता बराबर भएको मान्दछ । सार्वभौम देशका जनता र सरकारले आफ्नो देशको आन्तरिक मामिला आफै समाधान गर्ने र त्यसमा विदेशी सरकार र व्यक्तित्वहरूको हस्तक्षेपलाई अस्वीकार गर्दछन् । दोस्रो विश्वयुद्धको अन्त्यपछि साम्राज्यवाद र साम्राज्यवादी युगको अन्त्य भएको दावी कतिपय लेखक र विद्वानहरूले गरे पनि धनी र शक्ति राष्ट्रहरूको व्यवहारमा साम्राज्यवाद कायमै रहेको देखिन्छ । दोस्रो विश्वयुद्धपछिदेखि साम्राज्यवादी देशहरूको नेतृत्व संरा अमेरिकाले गर्दै आएको छ । युरोपका पहिलेका साम्राज्यवादी देशहरू तथा क्यानाडा, साउदी अरेविया र भारतजस्ता पूर्वउपनिवेश देशहरूसमेत अहिले संरा अमेरिकाको पछाडि साम्राज्यवादी खेमामा उभिएका छन् । साम्राज्यवादी देशहरूले विश्वका धेरै तुलनात्मक रूपमा कमजोर देशका सार्वभौम सत्ता र राजनीतिक तथा आर्थिक हितहरूमा चोट पु¥याइरहेका छन् । प्रजातन्त्र र मानवअधिकारका झूठा बहनामा बहुमत जनताले आफ्नो देशका लागि रोजेका समाजवाद र प्रजातन्त्रमाथि प्रहार गरिरहेका छन् । विश्वका सचेत जनताले साम्राज्यवादीहरूका अन्याय अत्याचारविरूद्ध सङ्घर्ष तीव्र बनाउन जरूरी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *