जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
यो साता संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको आयोजनामा हुन लागेको प्रजातन्त्र सम्मेलन विरोधाभासपूर्ण त छ नै । तर, कुरा त्यत्ति मात्र भने होइन । सम्मेलन आयोजना पछाडिको मूल ध्येय प्रस्ट छः पश्चिमा शैलीको प्रजातन्त्रको पक्षधरता बढाउनु र ‘प्रजातन्त्र’ (अर्थात, पश्चिमा देशहरू) र ‘अधिनायकवादी’ (अर्थात, चीन र रुस) बीच विभाजनको लक्ष्मणरेखा कोर्ने । यसो गर्नु बाइडेनसामु दुई वटा ठुला तगारा छन् । सम्भवतः सम्मेलनमा यी विषयमा कमै मात्र चर्चा होला वा हुने नै छैन । पहिलो त, पश्चिमा प्रजातन्त्र अहिले गम्भीर सङ्कटमा छ । दोस्रो, सुशासनको हिसाबमा पश्चिमले भन्दा चीनले धेरै राम्रो परिणाम दिइरहेको छ ।
प्रजातन्त्रबारे संरा अमेरिकाको कुरा कुनै टीभी विज्ञापन जस्तै एकोहोरो छ । उसको कुरामा अमेरिकी प्रजातन्त्रबारे राम्रो पक्षको मात्र चर्चा हुन्छ, नराम्ररो पक्षको कुरै हुन्न । उसको कुराअनुसार अमेरिकी प्रजातन्त्र कहिल्यै पुरानो हुन्न । हिजो पनि त्यही प्रजातन्त्र चलेको थियो र त्यही प्रजातन्त्र सधैं चल्नेछ । त्यसमा कुनै सुधार पनि आवश्यक छैन । यस्ता कुरा पक्कै बेतुकका छन् । कुनै पनि प्रकारको शासन असीमित समयसम्म चल्ने गर्दैन । पश्चिमा प्रजातन्त्रले लोकप्रियता गुमाउँदै गरेका धेरै दृष्तान्त छन् । पश्चिमा देशहरूमा भएका अनेकन मत सर्वेक्षणले नै पनि त्यहाँका जनता आफ्नो राजनीतिक व्यवस्थाबाट भ्रममुक्त भएको देखाउँछ ।
प्रकारान्तरले कुनै पनि प्रकारको शासन व्यवस्था त्यसले दिन सक्ने उपलब्धिमा निर्भर रहन्छ । जतिसुकै मिठा कुरा गरे पनि मूल कुरा यही नै हो । कुनै शासन व्यवस्थाले केही पनि उपलब्धि दिन नसके जनताले अर्कोथरी शासन व्यवस्थाको विकल्प स्वाभाविक रूपमा खोज्छ । पश्चिमा शासन प्रणाली सन् १९४५ देखि सन् १९७० को मध्यावधिसम्म निकै सफल थियो । त्यत्तिबेला पश्चिमा शैलीको शासन व्यवस्थाले आर्थिक वृद्धि, पूर्ण रोजगारी, लोककल्याणकारी सुधार र समृद्धि दियो । सन् १९५९ मा भएको चुनावमा बेलायतका अनुदार प्रधानमन्त्रीले नारा दिएका थिए, “अहिलेजस्तो सुखको दिन कहिल्यै आएको थिएन ।” त्यत्तिबेला उनी सही थिए । सबै अनुदारपन्थीको लागि त्यो समय वास्तवमै सुखद् समय थियो । त्यो अवधि पछि पनि सन् १९८० देखि २००७ सम्म पश्चिमा शासन व्यवस्थाले कामचलाउ भूमिका खेलेकै थियो । सन् २००८ को पश्चिमा वित्तीय सङ्कटपछि अर्को मोड लियो । सन् १९३१ यताकै सबभन्दा खराब समय थियो ।
सन् २००८ को सङ्कट यता पश्चिमा देशका जनता अहिले पनि सन् २००७ को अवस्थामा पुग्न सङ्घर्ष गरिरहेका छन् । वित्तीय सङ्कट पछि शुन्य वा झण्डै शून्य प्रतिशत व्याज दरसहित सबै पश्चिमा देशहरू जीवन धान्ने अवस्थामा मात्र छन् । उनीहरूका आर्थिक समस्याले राजनीतिक समस्या पनि निम्त्यायो । फलतः शासक दल र नेताहरूप्रति जनताको भ्रम मुक्त भयो । विशेषतः समाजका सम्भ्रान्त र शासक संस्थाहरूप्रति जनताको मोहभङ्ग भयो । यसको सबभन्दा उपयुक्त उदाहरण त पश्चिमा प्रजातन्त्रको नमुना मानिएको संरा अमेरिका थियो । संरा अमेरिकी शासनप्रति जनताको विकर्षण सन् २००८ अघि नै सुरु भएको थियो । सन् १९८० यता संरा अमेरिकी जनताको जीवनस्तरमा लगातार स्थिरता कायम छ अथवा अवनतितिर खस्केको छ । ट्रम्पले शासनसत्ताविरुद्धको जनाक्रोशलाई आवाज दिए । गत जनवरी महिनामा क्यापिटोल हिलमा भएको हमलामा उनको भित्री समर्थनबाट उनी प्रजातन्त्रलाई हल्का र अस्पष्ट राख्ने पक्षमा रहेको प्रस्ट देखाएको छ । सन् २०२० को राष्ट्रपति चुनावमा बाइडेन निर्वाचित भए । तर, सन् २०२४ को चुनावमा के हुन्छ, कसैले पनि अनुमान गर्न सक्ने अवस्थामा छैन । संरा अमेरिका अहिले गहिरो गरी विभाजित र धु्रवीकृत छ । अहिले अमेरिका दुई भागमा विभाजित छ । गृहयुद्ध यता पहिलोपटक अमेरिकी जनतामा प्रजातन्त्र बाँच्छ वा बाँच्दैन भन्ने विषयमा सन्देह व्याप्त भएको छ ।
प्रजातन्त्रले राम्रो समयमा काम गर्छ । तर, खराब समयमा त्यत्ति राम्रो काम गर्दैन । सन् १९१८ देखि १९३८ सम्म युरोपका अधिकांश देशहरूले आंशिक वा अधिकांश समय विविध खालको अधिनायकवादी शासन व्यवस्था भोगे । त्यत्तिबेला प्रजातन्त्र अधिकांश देशमा सीमित थियो वा कति पनि थिएन । त्यसको मूलकारण आर्थिक सङ्कट थियो । जनताको जीवनस्तर ओरालो लागेको थियो । बेरोजगारी बढ्दै थियो । गरिबी थियो । जातिवाद, अन्धराष्ट्रवाद र गहिरो राजनीतिक ध्रुवीकरण थियो ।
पश्चिमा प्रजातन्त्रको जरा पश्चिमा देशको भित्रसम्म फैलिएको छ । त्यसकारण त्यसलाई तत्कालै काढ्न सकिन्न । तर, अब उसले उसका सुखद् दिनको जस्तो चमक र गौरव अनुभव गर्न सक्दैन । सन् १९८० देखि २००७ सम्म उसले पाउने गरेको इज्जत पनि उसले अहिले पाउन गा¥हो पर्छ । त्यसको कारण सरल छ । सन् १९४५ देखि २००० सम्म संसारमा पश्चिमा देशहरूले राज गरे । सन् १९७० मा संसारको कुल गार्हस्थ उत्पादनको दुई तिहाई भाग पश्चिमा विश्वले ओगटेको थियो । संरा अमेरिका त्यत्तिबेला प्रभावशाली देश बनिसकेको थिएन । तर, अहिले संसारको कुल गार्हस्थ उत्पादनमा पश्चिम निकै पछि परिसकेको छ । परिमाणको हिसाबमा चीन अमेरिकाको दाँजोमा पुगेको छ । हामी अहिले उत्तर–पश्चिमा विश्वतिर सङ्क्रमणको प्रक्रियामा छौँ । आफ्नै देशभित्र र बाहिर पनि पश्चिमा नेताहरूको लोकप्रियता घट्दो छ । उनीहरूको अधिकार अहिले बीसौँ शताब्दीको दोस्रो पचास वर्षको तुलनामा निकै घटेको छ । त्यत्तिबेलाका रुजवेल्ट, आइजनहावर र केन्नेडीलाई आजका जर्ज डब्ल्यु बुश, ट्रम्प र बाइडेनसँग तुलना गर्दा यो कुरा थाहा हुन्छ । त्यस्तै संरा अमेरिकी राजनीतिक व्यवस्थाप्र्रतिको सम्मान पनि घट्दो छ । प्रजातन्त्रप्रतिको आकर्षण क्षीण बन्दै गएको छ ।
सन् १९७८ यता चीनको उदय संरा अमेरिका र पश्चिमा देशहरूको मापनको नयाँ आधार बनेको छ । यो अवधिमा चीनले पश्चिमा देशहरूलाई उपलब्धिको आधारमा उछिनेको छ । चीनको आर्थिक वृद्धि दर, जीवनस्तरमा रूपान्तरण, गरिबीको व्यापक कटौती, जनताको आयु वृद्धि, दिगो सामाजिक स्थायित्व र निकै उच्च जनतासमर्थन दरले पश्चिमा देशहरूलाई उछिनेको छ । महामारीको कारण संरा अमेरिकामा ७ लाख ८७ हजार ६९५ जना मानिसले जीवन गुमाए भने चीनमा जम्मा ४ हजार ६३६ जना मानिसको निधन भयो । महामारीको सही व्यवस्थापनले चीनको शासन प्रणालीको अब्बलता पुष्टि ग¥यो भने संरा अमेरिकालाई लज्जाबोध गर्ने अवस्थामा पु¥यायो । पश्चिमा प्रजातन्त्र आज घरभित्र र बाहिर दुवैतिर ठुलो दबाबमा छ । संरा अमेरिका र चीनबीच उपलब्धिमा तुलनात्मक दूरी आगामी दिनमा अझ बढ्दै जाने देखिन्छ ।
प्रजातन्त्र सम्मेलनमा छलफल गर्नुपर्ने विषय यी हुन् । तर, उनीहरूले यस्ता विषयमा कुरा पनि उठाउनेछैनन् ।

(लेखक क्याम्ब्रिज विश्वविद्यालयको राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुमन
Leave a Reply