ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, २१ मङ्सिर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मङ्गलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ स्थित श्रीपद्म माविमा भएको पोर्टबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उहाँले भक्तपुर नपा वडा नं. १० मा भएको खो–खो खेलको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
त्यस्तै गरी मङ्गलबार भक्तपुर नपा वडा नं. ५ को विद्यार्थी निकेतनमा सम्पन्न तेक्वान्डोे प्रतियोगिताको समापन कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रतियोगिताका विजयी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तेक्वान्डो खेलको नतिजा
भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्डोे खेलतर्फ २५ किलो मुनि पुरुषमा वागीश्वरी माविका डिकेन लवजू प्रथम, पारागन विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनित कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय भए ।
पुरुषतर्फ २५–२९ केजी तौलअन्तर्गत वागीश्वरी माविका निश्चल तामाङ प्रथम, तारा माविका पंकजकुमार थाकुर द्वितीय, लिटिल वल्र्ड इङ्गलिस स्कूलका प्रेरित दुवाल र प्रोक्सिमा इन्टरनेसनल स्कूलका सोहन शत्संकार तृतीय भएका थिए ।
२९–३३ किलो पुरुषतर्फ डेमोस इङ्गलिस स्कूलका सब्लज तामाङ प्रथम, आदर्श आजादका सुदिप वाइबा द्वितीय, मिनर्वा स्कूलका युवराज तामाङ र पारागन एकेडेमीका जेनिथ निरौला तृतीय भएका थिए ।
पुरुषतर्फ ३३–३७ किलोतर्फ वागीश्वरीका नविन सेनेहुर्ग प्रथम, लिटिल वल्र्डका सौरभ पौडेल द्वितीय, रोम्बसका साजन मारिखु र मिनर्वाका संस्कार गुवाजु द्वितीय भएका थिए । पुरुषतर्फ ३७–४१ केजीतर्फ वागीश्वरीका महेन्द्र आचार्य प्रथम, पारागनका राहुल दास द्वितीय, सिरिनकेनका इभान सुवाल र न्यातपोलका प्राथम कायष्ठ तृतीय भएका थिए ।
त्यस्तै पुरुषतर्फ ४१–४५ केजीमा मेधा माविका शिशिर सुनदास प्रथम, अक्सफोर्ड इन्टरनेसनल स्कूलका किरण घिसिङ द्वितीय, वागीश्वरी माविका अन्जल खड्का र रोम्बसका सुमिट थाकुरले तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै २५ केजीमुनि महिलातर्फ प्रोक्सिमा स्कूलका कृतिका देउला प्रथम, पारागणका अरिका भण्डारी द्वितीय, न्यातपोल स्कूलका प्रस्टा कार्की र स्टुडेन्ट्स एकेडेमीका साजन तामाङ तृतीय भएका थिए ।
२५–२९ केजी महिलातर्फ गोल्डेन गेट स्कूलका क्यारिजा लामा प्रथम, लिटिल वल्र्डका समृद्धि चौलागाईँ द्वितीय, वागीश्वरी माविका सुस्मिता शाही र द राइजिङ स्कूलका आभा श्रेष्ठ तृतीय भएका थिए ।
२९–३३ केजी महिलातर्फ वागीश्वरीका दिया लाखाजु प्रथम, ख्वप्रिङका टनिसा भैल द्वितीय, स्टुडेन्ट्स एकेडेमीका सुमिना तामाङ र प्रभातका पूर्वी सुलु तृतीय भएका थिए ।
त्यस्तैगरी ३३–३७ केजी महिलातर्फ लिटल वल्र्डका जेनिफर दुवाल प्रथम, वागीश्वरीका नम्रता सेन्चुरी द्वितीय, श्रीपद्मका सपना भण्डारी र रोम्बरका कृतिका दुवाल तृतीय भएका थिए ।
३७–४१ केजी महिलातर्फ लिटिल वल्र्डका जिसा बस्नेत प्रथम, क्रियाटिभ इङ्गलिस स्कूलका प्राची किबानायो द्वितीय, न्यातापोल सेकेन्डरी स्कूलका इशा राई र द राइजिङ स्कूलका कृतिमा गोसार्इँ तृतीय भएका थिए ।
महिला ४१–४५ तर्फ सैनिक आ.वि.का अनुष्का कुँवर प्रथम, वागीश्वरी माविका सन्जाली तामाङ द्वितीय, लिटिल वल्र्डका परिसा दुवाल र ख्वप्रिङ एकेडेमीका साफी कोजुले तृतीय स्थान हासिल गरेका थिए भने ४५–४९ केजी महिलातर्फ क्रियटिभ स्कूलका सोफिया त्यात प्रथम, लिटल वल्र्ड स्कूलका विवेक श्रेष्ठ द्वितीय, डेमोस्का रविना लामा र श्रीपद्मका दीक्षा वनेम लिम्बु तृतीय भएका थिए ।
भलिबल प्रतियोगिताको नतिजा
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत सहिद स्मृति खेलमैदानमा भएको छात्र भलिबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले श्री पद्म माविलाई (२५–१७) र (२५–२३) अङ्कले विजय हासिल गर्यो ।

त्यस्तै शारदा माविले वागीश्वरी माविलाई (२५–१५) र (२५–१६) अङ्कले विजय हासिल गरेको छ भने सैनिक आवासीय महाविद्यालयले बासु माविलाई (२५–९), (२५–१७) अङ्कले विजय हासिल गरेको छ । श्रीपद्म माविले बासु माविलाई (२५–९), (२५–१२) अङ्कले विजय हासिल गरेको छ ।
छात्रा भलिबल प्रतियोगितामा डेमोस इ. माविले ग्लिटर फ्युचर इ. माविलाई (२५–२) र (२५–९) अङ्कले विजय हासिल गरेको छ । वागीश्वरी माविले बासु माविलाई (२५–१८), (१८–२५), (१५–१३) अङ्कले विजय हासिल गरेको छ । श्री पद्म माविले ग्लिटर फ्युचर माविलाई (२५–१९), (२५–०६) अङ्कले विजय हासिल गरेको छ । डेमोस माविले श्रीपद्म माविलाई (२५–१५) र (२५–१८) अङ्क ल्याई विजय हासिल गरेको छ । मङ्सिर २२ गते बिहान छात्र एवम् छात्रा दुवैको सेमिफाइनल खेल हुने जानकारी आयोजक समितिले जनाएको छ ।
Leave a Reply