जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
पेइचिङ, ७ डिसेम्बर । सन् २०२२ को शीतकालीन ओलम्पिक खेलको लागि चीनले सिङ्गो संसारलाई हात खोलेर स्वागत गर्न तयारी गर्दै गर्दा संरा अमेरिकी सरकारले सो खेल उत्सवलाई ‘कूटनीतिक बहिष्कार’ गर्ने घोषणा गरेको छ । फेरि पनि मानव अधिकारकै बहाना बनाएर वासिङ्टनले सोमबार यस्तो घोषणा गरेको हो । ‘कूटनीतिक बहिष्कार’ को अर्थ संरा अमेरिकाले खेलाडीहरूलाई मात्र खेल उत्सवमा पठाउनेछ । तर, कोही पनि सरकारी अधिकारी वा औपचारिक प्रतिनिधि त्यहाँ जानेछैनन् ।
वासिङ्टनको यो कदमलाई चीनले विशुद्ध राजनीतिक मनसायबाट अभिप्रेरित भएको भनी प्रतिक्रिया दिएको छ । चीनविरुद्ध जुन कारण देखाएर खेल उत्सव बहिष्कार गर्ने घोषणा ग¥यो, त्यसमा कुनै तुक छैन । खेलाडीहरूलाई चोट पु¥याएर वासिङ्टनले फेरि पनि आफ्नो स्वार्थ पूरा गर्ने काम गरेको छ । यो कदम ओलम्पिकको मर्यादाविपरीत भएको पेइचिङले जनाएको छ ।
“ओलम्पिक राजनीतिक चालढाल देखाउने र उत्तेजना फैलाउने दबु होइन । त्यहाँका मुख्य पात्र खेलाडीहरू हुन्, वासिङ्टनका स्वार्थी नेताहरू होइनन् । खेलकुदभन्दा बाहिरका मानिसहरूले चालेको राजनीतिक चालबाजी लज्जास्पद र अस्वीकार्य छ । यो कदम असफल हुनेछ”, चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ ।
सन् २०२२ को शीतकालीन ओलम्पिकको लागि सन् २०१५ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा भएको खुला र प्रतिनिधिमूलक मतदानको आधारमा पेइचिङ सहर चुनिएको थियो । छनोटको लागि हुने झेल भएको थिएन ।
तर, ओलम्पिकको पूर्वसन्ध्यामा वासिङ्टनको हठात निर्णयले ओलम्पिकको भावना र लक्ष्यलाई निस्तेज बनाउने काम भएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार पेइचिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्दै यदि अमेरिकाले त्यसो गर्न जिद्दी गरे चीनले प्रतिवाद गर्ने बताएको छ ।
प्रवक्ता झाओ लिजियानले दैनिक पत्रकार भेटघाटमा भने, “संयुक्त राज्य अमेरिकाले चीनको चिन्तालाई गम्भीरताका साथ लिनुपर्छ, खेलकुदलाई राजनीतीकरण गर्नबाट अलग रहनुपर्छ र महत्वपूर्ण क्षेत्रमा दुई देशबीचको वार्ता र सहयोगलाई असर पर्नबाट बच्न पेइचिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार गर्न बन्द गर्नुपर्छ ।”
शीतकालीन ओलम्पिक राजनीतिक मञ्च होइन भन्दै झाओले पेइचिङमा उपस्थित हुन आमन्त्रित नगरे पनि अमेरिकी राजनीतिज्ञहरूले ‘कूटनीतिक बहिष्कार’ को निरन्तर प्रचार गरेको बताए । “अष्ट्रेलियाले पेइचिङ शीतकालीन ओलम्पिकको ‘कूटनीतिक बहिष्कार’ को मुद्दालाई अष्ट्रेलियाले विचार गरिरहेको छ भनी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको भनाइको जवाफमा संयुक्त राज्यले चीनको चिन्ता लिनुपर्छ, झाओले भने, “यो विश्वभरका खेलाडीहरू हुन् जो स्पटलाइटमा हुनुपर्छ ।” “बहिष्कारको नारा लगाउने राजनीतिज्ञहरूले आफ्नै राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् । उनीहरू आए या नआए पनि कसैलाई वास्ता छैन र यसको सफलतापूर्वक आयोजना हुनबाट कुनै प्रभाव पर्दैन ।
पेइचिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म हुँदै छ ।
Leave a Reply