राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
संरा अमेरिकाले आफूले विदेशमा चलाएका युद्धहरूलाई विभिन्न बहानासित जोडेर न्यायोचित ठहर गर्ने कोसिस गरे तापनि तथ्यहरूले पूर्णरूपमा प्रमाणित गरिरहेका छन् कि संरा अमेरिका युद्धको कुलत लागेको एक प्रभुत्ववादी शक्ति हो र ऊ विश्व शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा हो । सन् २०२१ को वर्ष संरा अमेरिकाको अफगान युद्धको थालनीको २० औँ वर्ष हो र लिविया तथा सिरियामाथि हमलाको १० औँ वर्ष हो । यी युद्धहरू संरा अमेरिकाको अत्यधिक महत्वाकाङ्क्षी सेना परिचालनको परिणाम थिए ।
धेरै देशमा द्वन्द्वको सिर्जना र उक्साहटको पछाडि संरा अमेरिका सबैभन्दा ठूलो चालकको रूपमा रहेको छ, त्यसैले ती युद्धका कारण भएका मानवीय विनासको जिम्मेवारीबाट संरा अमेरिका भाग्न सक्दैन । अमेरिकी इतिहासकार पाउल एटउडका अनुसार संरा अमेरिकाको इतिहास निरन्तर अतिक्रमणको युद्ध र साम्राज्य विस्तारसित जोडिएको छ । इतिहासकार एटउडले युद्धलाई अमेरिकी जीवनशैलीको अभिन्न भाग भनेका छन् । आफ्नो २४० वर्षको इतिहासभरिमा संरा अमेरिका युद्धमा नगएको १६ वर्ष मात्र छ । दोस्रो विश्वयुद्धपछि संरा अमेरिका विश्वको महाशक्ति बन्यो र उसको युद्ध गर्ने महात्वाकाङ्क्षा रोक्न निकै कठिन हुन गयो ।
अपूरो तथ्याङ्कहरूले देखाउँछन् कि १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तिदेखि २००१ सम्ममा विश्वका १५३ क्षेत्रमा २४८ वटा सशस्त्र द्वन्द्वहरू भए । तीमध्ये २०१ वटा अर्थात् ८१ प्रतिशत द्वन्द्व वा युद्धको थालनी संरा अमेरिकाले विभिन्न बहानामा गरेको थियो । बेलायती राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक टम फाउडी भन्छन्– “संरा अमेरिका विश्वशान्तिका लागि वास्तविक धम्की बनिरहेको छ ।”
केही युद्ध धेरै पहिले नै सकिए पनि युद्धका घाउहरू धेरै देशहरूमा अझ चह¥याइरहेको छ । युद्धले क्षेत्रीय सुरक्षाको मानचित्रमा पारेको गहिरो चोट कहिल्यै राम्ररी उपचार गर्न र मेट्न सकिँदैन । भियतनाम युद्धका क्रममा संरा अमेरिकाले भियतनाममा मात्र ८ लाख टन सक्रिय विष्फोटकहरू प्रहार गरेको थियो । अहिलेकै गतिमा काम भएमा पनि ती सबै सफा गर्न ३ सय वर्ष लाग्नेछ ।
एक्काइसौँ शताब्दीको सुरुआतदेखि अन्तर्राष्ट्रिय मानचित्रमा ठूलो फेरबदल आइसकेको छ र अन्तर्राष्ट्रिय समुदायले शान्तिको निम्ति बलियो आकाङ्क्षा प्रदर्शन गरिसकेको छ । तर, संरा अमेरिकाले भने आफ्नो प्रभुत्वको महत्वाकाङ्क्षाका साथ अरू देशविरुद्ध युद्ध गर्न कहिल्यै रोकेको छैन । संरा अमेरिकी ‘युद्ध मेसिन’ विश्वभरि सबै बाटोहरूमा गर्जिरहेको छ र अफगानिस्तान, इराक, लिविया र सिरियालगायत देशका विध्वंसहरू देखाएर तर्साइरहेको छ ।
‘द न्यूयोर्क’ टाइम्सको अक्टोबर २०२० मा प्रकाशित लेखमा ठोकुवा गरिएको थियो – एक्काइसौँ शताब्दीको सुरुआतदेखि नै यदि कुनै शक्तिले विश्व प्रभुत्व, अरूमाथि दमन र अन्तर्राष्ट्रिय कानुन धुजाधुजा पार्ने काम गरेको छ भने त्यो संरा अमेरिकाले हो ।
संरा अमेरिकाकै स्मिथसोनियन इन्स्टिच्युटले प्रकाशित गरेको तथ्याङ्कले खुलासा गरेको छ कि २००१ देखि संरा अमेरिकाले आतङ्कवादविरोधी कारबाहीको नाममा थालेको युद्ध विश्वको ४० प्रतिशतभन्दा बढी देशमा फैलिएको थियो । तथाकथित आतङ्कवादविरुद्धको युद्धले ८ लाखभन्दा बढी मानिसको हत्या ग¥यो, ३ करोड ८० लाख मानिसलाई घरबारविहीन बनायो र अमेरिकी सरकारकै अनुमानअनुसार ८० खर्ब डलरभन्दा बढी युद्धमा खर्च ग¥यो । उक्त तथ्याङ्क ब्राउन विश्वविद्यालयको ‘युद्ध परियोजनाको मूल्य’ शीर्षक प्रतिवेदनबाट लिइएको हो ।
यस वर्षको गर्मीमा अफगानिस्तानबाट विश्वलाई आश्चर्यचकित पार्नेगरी हतारमा गरिएको अमेरिकी सेना फिर्ताबाट त्यहाँ अराजकता सिर्जना भएको थियो । अफगानिस्तान युद्ध २० वर्ष चल्यो र अफगान जनतालाई बयानै गर्न नसकिने दुःखकष्ट दियो । अमेरिकी हतियार र संयुक्त सेनाको हतियारबाट एक लाखभन्दा बढी निहत्था सर्वसाधारण नागरिक मारिए र त्यसभन्दा बढी सङ्ख्यामा घाइते भए । एक करोडभन्दा बढी नागरिकले युद्धका कारण आफ्ना घर गुमाए । अन्तमा, अफगान जनतालाई गैरजिम्मेवार युद्धको लामो अवधिको पीडामा पारिसकेपछि अमेरिकी सेना त्यहाँबाट फक्र्यो ।
संरा अमेरिकाले थालनी गरेका र उक्साएका ती युद्धहरूले गर्दा भएको ठूलो विध्वंस ती देशहरूका लागि बिउँझाउने आवाज बन्नुपर्छ । तर, अहिलेसम्म त्यस महाशक्तिले आफ्ना गलत कदमहरूमा पश्चाताप गरेको, माफी मागेको र आफ्नो मार्ग बदल्ने साहस गरेको देखापरेको छैन । ती युद्ध र द्वन्द्वका लागि अन्तर्राष्ट्रिय समुदायले आफूलाई जिम्मेवार बनाउनुभन्दा अगाडि नै संरा अमेरिकाले आफ्ना कुकर्महरूलाई न्यायोचित सिद्ध गर्ने कुरामा आफ्नो दिमाग खर्चिरहेको छ । उसले प्याक्स अमेरिकाना (अमेरिकी शान्ति), राष्ट्रिय सार्वभौमसत्ताभन्दा माथि मानवअधिकार, हस्तक्षेपको कर्तव्य र नियममा आधारित अन्तर्राष्ट्रिय प्रणाली आदिको जोडदार प्रचार गरिरहेको छ । तर, अमेरिकी सरकारले युद्धहरूलाई सुन्दर रूप दिन जतिसुकै कोसिस गरे पनि युद्धका कारण भएको ठूलो क्षतिलाई पुर्न सकिने छैन, असङ्ख्य परिवारका हृदयमा पुगेको गहिरो घाउहरू मेट्न सकिने छैन, अरू देशमा युद्धका कारण भएका अराजकता र अव्यवस्थालाई फर्काउन सकिने छैन एवम् क्षेत्रीय सुरक्षाको मानचित्रमा सिर्जित दीर्घकालीन चुनौतीहरूलाई ढाकछोप गर्न सकिने छैन ।
“संरा अमेरिकाले आफूमाथि परेकोे देशको युद्ध मेसिनको निरन्तर प्रभावलाई मात्र परावर्तन गरिरहेको छ ।” बहराइनबाट प्रकाशित हुने समाचारपत्र ‘अल वतन’ मा हालै प्रकाशित एक लेखमा उल्लेख थियो । शान्ति, विकास र जित–जित सहयोग समयको प्रवृत्ति बनिसकेको छ । समयको प्रवृत्तिको विरुद्ध गएर संरा अमेरिकाले ‘प्रजातन्त्र र मानव अधिकार’ को बहानामा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ र आफ्नो प्रभुत्ववाद र शक्ति राजनीतिमा अझै अल्झिरहेको छ । अन्तर्राष्ट्रिय समुदायले संरा अमेरिकालाई युद्ध थालनीकर्ता अनुसन्धानको अध्ययन क्षेत्रमा राख्नुपर्छ र संरा अमेरिकाले नियतपूर्वक थालनी गरेका युद्धहरूको खराब परिणामहरूका लागि उसलाई जिम्मेवार बनाउनुपर्छ । कतिपय छद्म युद्धमा पछाडि रहेर चलाइरहेको चालक शक्तिलाई पनि जिम्मेवार बनाउनु अन्तर्राष्ट्रिय न्यायको आवश्यकता हो । साथै, यो इतिहास र भावी पुस्ताका लागि अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी पनि हो ।
(चोङ शेङ पिपुल्स डेलीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धहरूबारे आफ्नो दृष्टिकोण अगाडि राख्न प्रयोग गर्ने उपनाम हो ।)
अनुवाद ः प्रकाश
Leave a Reply