भर्खरै :

महामारीले निम्त्याएको शैक्षिक ¥हास

कोभिड–१९ महामारी सुरू भएको तेस्रो वर्ष प्रवेश गरेको छ । संसारभर विद्यालयका कक्षा कोठाहरू अझै पनि पूर्ण वा आंशिक रूपमा बन्द छन् । संसारभरका ६४ करोड ७० लाख विद्यालय जाने उमेरका बालबालिका कक्षा कोठामा अझै जान पाएका छैनन् । विद्यालयहरू खोले पनि धेरै विद्यार्थी अब हिजोभन्दा शैक्षिक स्तरमा पछि पर्नेछन् ।
महामारीको क्रममा बालबालिकाले कम मात्र सिकेको कुरा अब प्रष्ट भइसकेको छ र यो निकै दुःखद् कुरा हो । विश्व बैङ्कको अनुमानअनुसार महामारीको कारण विद्यालय बन्द हुनुले ‘सिकाइको गरिबी’ (भिबचलष्लन उयखभचतथ) निम्तन सक्नेछ । त्यसको अर्थ न्यून र मध्यम आय भएका देशहरूमा दस वर्ष उमेर पुगेका बालबालिकाले आधारभूत तहको पाठ पढ्दा ७० प्रतिशतमात्र सिक्न सक्छन् । यो सिकाइमा भएको ¥हासले सिङ्गो त्यो पुस्ताको जीवनभरको कमाई १७ त्रिलियन अमेरिकी डलर बराबरको क्षति हुनसक्छ ।
ओमिक्रोन भेरियन्ट फैलिएपछि धेरै सरकारले अझै विद्यालय बन्द गर्ने सोच बनाइसकेका छन् । सिकाइमा सहयोग पु¥याउने अनलाइन पूर्वाधारविना त्यसरी विद्यालय बन्द गर्नुले शैक्षिक ¥हासलाई अझ फराकिलो बनाउनेछ र दैनिकरूपमा विद्यालयमा जाने बालबालिकालाई आफ्ना सहपाठीहरूसँग घुलमिल हुने र व्यक्तिगत विकासका अन्य सामाजिक सीप सिक्नबाट बञ्चित गर्नेछ । शिक्षक र सहपाठीहरूसँगको अन्तरक्रिया मिलेर काम गर्न आवश्यक क्षमता विकासको लागि अपरिहार्य हुन्छ । विद्यार्थी आफै कक्षाको हिस्सा हुँदा अपनत्वको विकास हुन्छ, आत्मसम्मान र सहानुभूतिको विकास हुन्छ ।
महामारीको अवधिमा सीमान्तकृत बालबालिकाले निकै दुःख पाए । ग्रीष्मयाममा संसारका कक्षा कोठाहरू पुनः खुल्न थाल्दा आफ्नै उमेरका अन्य बालबालिकाको तुलनामा ती सीमान्तकृत समुदायका विद्यार्थीले आफू अझै पछि परेको अनुभव गरे । महामारीअघि शिक्षामा लिङ्ग भेद कम हुँदै थियो । तर, महामारीको क्रममा विद्यालय बन्द हुँदा झन्डै एक करोड थप छात्राहरू चाँडो विवाहको जोखिममा परेका छन् । व्यवहारतः त्यसको अर्थ ती छात्राहरूको विद्यालय जीवन समाप्त हुुनु हो ।
यदि यो उल्टो यात्रालाई नसच्चाउने हो भने सिकाइमा गरिबी र त्यससँग जोडिएर आउने मानव पुँजीको ¥हासले अर्थतन्त्र र समाजलाई दसकौँ पछाडि धकेल्नेछ । बालबालिकालाई उनीहरूले गुमाएको शिक्षा पुनः प्राप्त गर्ने अवसर दिइनुपर्छ । त्यसको निम्ति उनीहरूलाई सुयोजित शैक्षिक सामग्री, डिजिटल सिकाइ अवसर र रूपान्तरित शिक्षा प्रणालीमा पहुँच बढाउन जरूरी छ । जसले उनीहरूलाई भविष्यको चुनौतीको निम्ति तयार बनाउन सक्छ । यो प्रक्रियाको लागि योग्य शिक्षक र प्रविधिको प्रभावकारी प्रयोग अत्यावश्यक हुन्छ ।
धेरै देशले स्वास्थ्य सङ्कटको क्षतिपूर्तिको लागि ठूलठूला आर्थिक कार्यक्रम घोषणा गरेका छन् । तर, सन् २०२१ को जुनसम्ममा त्यस्तो बजेटको ३ प्रतिशतभन्दा कम मात्र शिक्षा र तालिमको क्षेत्रमा विनियोजन गरिएको छ । त्यस्तो रकम पनि विशेषतः विकसित देशले मात्र खर्च गरेका छन् ।
धेरै न्यून आयका देशहरूको बढ्दो ऋणले शिक्षालगायत आधारभूत सामाजिक क्षेत्रको खर्चमा कटौती गर्नुपरेको छ । शिक्षा र तालिमलाई टेवा दिने लगानीमा कटौती गर्दा महामारीअघिको सिकाइको परिणामभन्दा अहिलेको सिकाइको परिणाममा कमी निम्त्याएको छ । शिक्षामा विभेद कम गर्न भएको स्रोतको थप प्रभावकारी प्रयोग गरिनुपर्छ । त्यसको न्यूनतम अवस्था भनेको थप स्रोतको आवश्यकता हो । विशेषतः जी २० को साझा ढाँचाअन्तर्गत ऋण मिनाहा कार्यक्रमलाई गति दिँदा संसारका सबभन्दा गरिब देशमा मानव पुँजी बढाउने आर्थिक सम्भावना फराकिलो बनाउनेछ ।
शिक्षामा लगानीअन्तर्गत शैक्षिक प्रविधिमा लगानी पनि समावेश गरिनुपर्छ । संसारका फरक–फरक परिस्थितिमा कुन प्रविधिले कहाँ प्रभावकारी काम ग¥यो भन्ने कुरालाई ध्यानमा राखेर प्रविधिमा लगानी गरिनुपर्छ । उरूग्वे यसको एउटा उपयुक्त उदाहरण हुनसक्छ । बितेका दस वर्षमा उरूग्वे सरकारले अनलाइन शिक्षाको लागि पूर्वाधार, डिजिटल पाठ्यसामग्री र शिक्षकको क्षमतावृद्धिमा लगानी गर्दै आएको छ । त्यसले उरूग्वेलाई कक्षा कोठा बन्द हुँदा अनलाइन कक्षा चलाउन सक्षम देश बनायो । त्यस्तै ठूला तथ्याङ्क विश्लेषण (बिग डाटा एनालाइसिस) र मेसिन सिकाइमा मिहिनेत गरिरहेको भारतको गुजरात राज्यले महामारीको समयमा विद्यालयहरूको लागि स्टेट–अफ–द–आर्ट डिजिटल सर्पोट सेन्टर नामको प्राविधिक कक्षा सञ्चालन गर्ने सामग्री बनायो । महामारीको बेलामा बन्द हुँदा विद्यालयहरूलाई ती विद्युत्तीय सामग्री वितरण गरियो र हरेक विद्यार्थीको सिकाइ अवस्थामा सुधार गर्न दूर शिक्षालाई विद्यार्थीको हात–हातमा पु¥याइयो । केन्यामा अपाङ्गता भएकासहित सबै बालबालिकाको निम्ति विशेष रूपमा समावेशी डिजिटल पाठ्यपुस्तक बनाइयो ।
संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) र विश्व बैङ्क समूहले सबै शैक्षिक प्रणालीलाई सिकाइमा भएको विभेद कम गर्न र सिकाइ ¥हास न्यून गर्न प्रभावकारी प्रविधि प्रयोगमा मिलेर काम गरिरहेका छन् । सिकाइ गरिबी समाप्त गर्ने समग्र रणनीतिभित्रै प्रविधिको प्रयोग समावेश गर्नुले आधारभूत सीपमा सुधार, सिकाइ समय बढाउन र स्रोतको प्रभावकारी प्रयोग गर्न सहयोग पुग्न सक्छ । शिक्षालाई खाँचो पर्दा प्रविधिले मद्दत गर्न सक्ने न्यून आय भएका देशहरूको सन्दर्भमा यो अझ महत्वपूर्ण छ ।
प्रविधिमा पहुँचले समानता निर्माताको भूमिका खेल्न सक्छ । देशको विद्युत्तीय पूर्वाधार, इन्टरनेटको सञ्जाल, सबभन्दा पछाडि परेका विद्यार्थीको लागि विद्युत्तीय रूपमा उपयुक्त सेवा र तथ्याङ्क व्यवस्थापन तथा प्रयोग क्षमतालाई ध्यानमा राखी स्रोतको बुद्धिमत्तापूर्ण प्रयोग गरिनुपर्छ । प्रविधिको प्रयोग बढाउन सजगतापूर्वक प्रक्रियालाई ध्यान नदिई सही मनसाय र सुयोजित नीतिले मात्र त्यो विकासशील देशको सिकाइलाई गतिवान र पुनःस्थापना गर्नसक्दैन ।
महामारीअघि गुणस्तरीय शिक्षामा पहुँचमा असमान थियो । अहिले त्यो अझ असमान भएको छ । सिकाइ पुनःस्थापनामा लगानी र प्रविधिको बुद्धिमानीपूर्वक प्रयोगले महामारीको अनुभवको प्रयोग सबै बालबालिकाको शिक्षा सुधारमा उत्प्रेरकको भूमिका खेल्नसक्छ ।
(हेनरिता युनिसेफका कार्यकारी निर्देशक हुनुहुन्छ र मालपस विश्व बैङ्क समूहका सभापति हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *