भर्खरै :

मुद्दा बाँकी नै छ

राजनीति औपचारिकतामा फसेपछि के के हुने के के! औपचारिक नभइपनि नहुने भएपनि असजिलो हुने । राज्य सञ्चालन नै असजिलो विषय । रामायण, महाभारत काल एउटा थियो । शक्तिको आधारमा राज्य सञ्चालन हुन्थ्यो । रामायण काल र महाभारत कालका राज्यहरू नै कत्रा थिए होलान् ? हात्ती, घोडा, रथ नै प्रमुख साधन हुने युग । तर थिति बाँधिएछ राति युद्ध नगर्ने । शङ्ख बजाएर प्रतिपक्षलाई पनि सुसूचित गरेरमात्र लडाइँ गर्ने । शत्रुको रथ भताभुङ्ग भएमा आक्रमण पनि आफ्नो रथबाट ओर्लेरमात्र हतियार चलाउन पाउने । यस्ता यस्ता नियम उपनियम बनाइएछ जसका कारण सितिमिति युद्ध नहुने, लडाइँ नहुने । सायद यसैले गर्दा संसार आजसम्म निरन्तर चलेको होला । युद्धलाई पनि धर्मयुद्ध भनिएको होला । त्यस प्रकारको युद्ध वा धर्मयुद्ध सन् १९१४–१९१८ को प्रथम विश्व युद्ध र सन् १९३९–१९४५ को द्वितीय विश्व युद्धका पाना पल्टाउने हो भने थाहा हुन्छ ती युद्ध कसरी भए । यसरी विगत इतिहास कालदेखि अहिलेसम्मकै विश्व इतिहासको पाना पल्टाउने हो भने स्पष्ट हुन्छ । राज्य सञ्चालन कुनै दृष्टिकोणबाट हेर्दा पनि वा केलाउँदा पनि सरल रेखाबाट मात्र चल्दैन बक्ररेखा खोजिन्छ भन्ने मान्यता स्थापित हुन्छ । दोस्रो विश्व युद्धमा विश्व नै ध्वस्त पार्ने युद्ध सामग्री प्रयोग भएपछि युद्धविरोधी भावना जन्म्यो र शान्ति नै संसार हो, सिर्जना हो र हो मान्छेहरूले खोजेको कुरा भन्ने बुझे शक्तिशाली, निर्णायक व्यक्तिहरुले पनि र गठन भयो संयुक्त राष्ट्र सङ्घ जसले आजको खाँचो युद्ध होइन शान्ति र विकास हो भन्यो ।
बसालौँ न यस्तो थिति
सन् १९४५ देखि संसार नयाँ युगमा प्रवेश ग¥यो । युद्धको विरोध र शान्ति एवं विकासका निम्ति क्रियाशीलता । तर यो काम एकातिर हुन लाग्यो भने अर्कोतिर कोरिया प्रायःद्वीपमा युद्ध, कम्बोडिया, भियतनाम, लावसमा युद्ध, क्युवा, इजरायल, प्यालेस्टाइन, भेनेजुयलामा गृह युद्धको नाममा युद्ध सामग्री एवं हातहतियार उत्पादक कम्पनीका समूहहरूको औधी नाफाका लागि साना–ठूला लडाइँ भइरहे । लडाइँ हुनु हुँदैन । कुनै पनि विवाद कुराकानीकै माध्यमबाट टुङ्ग्याउनुपर्छ भन्ने शान्तिको आवाज उठिरहेको छ ।

 गणतन्त्र ल्याउन आफ्नो उमेर, पति–पत्नी सबै स्वाहा पारेका जनयुद्धमा माओवादीहरू अलमलिए । कैयौँ लडाकू आज पनि आफ्नो जीउमा छर्रा बोकेरै बसेका छन् । माथिका ठगहरूले उनीहरूको नाममा आएका रकम खाइदिए जसका कारण उनीहरू घरका न घाटका भएका छन् । कैयौँ घाइते अपाङ्ग नै छन् ओखतीमुलोको बन्दोबस्त छैन । तर, केही माथिल्लो तहमा मान्छे वा टाठाबाठा, पढे लेखेका मान्छे मन्त्री भए, कमाए, कमाउँदै छन् । ती कमाउनेहरूको अनुहारमा ज्योति छ, राम्रा लुगा लगाउँछन्, मिठै खालान् । जनयुद्धका बेला सँगै लडेका तर अहिले माथि उक्लन नसकेका लडाकूहरूको बेहाल छ अहिले । टाठाबाठा माथिल्ला तहका मान्छे र एकथरी इमानदार नेताले पार्टी परित्याग गरे, स्वतन्त्र भई खेती–किसानी गरेर बसेका छन् ।

गौतम बुद्धले शान्तिको सन्देश दिन थालेको पनि तीन हजार वर्ष पुग्न लागिसक्यो । तर विश्वका कुनै न कुनै कुनामा युद्ध भइरहेका छन् । विश्वभर पूर्णतः शान्ति भइरहेको छैन । तर, शान्तिप्रिय मान्छेहरु शान्तिका निम्ति थाकेका छैनन् । शान्तिपूर्ण सहअस्तित्वको आवाज बुलन्द भइरहेको छ । आम र सर्वसाधारण मान्छे युद्ध चाहँदैन, शान्ति चाहन्छ । परम शान्तिमा मस्त निदाउन चाहन्छ । यतिमात्र होइन सक्दो काम गर्न पनि चाहन्छ । तर, कतै न कतै, केही न केही गडबड भइरहेका समाचार आउन छोडेका छैनन् जो कुनै आँखाले हेरे पनि राम्रो होइन । सकेको काम गरेर एक पेट खाने, सजिलो लाउने र आरामसँग सुत्ने आम मान्छेको चाहना वा इच्छामा कतै कुनै खोट छ र ? काम नगरी अर्काको श्राप र पसिनामा यो खोजेको छैन । आफै सकेको काम गरी उत्पादनमा सहभागी भई कस्तो जीवन यापन गर्न चाहनु अन्यथा हो र ? आजको समस्या भनेको यही थिति बसाल्न नसक्नु हो । बसालौँ न यस्तो थिति ।
गणतन्त्र सबैलाई आएन
राजनीतिमा सैद्धान्तिकरूपमा ठूलो परिवर्तन आयो । राजतन्त्रको ठाउँमा गणतन्त्र आयो । तर, गणतन्त्र सबै नेपालीलाई आउन सकेन । इटा भटामा काम गर्ने मजदुर वर्गलाई आएको छैन । ज्ञानेन्द्र वीरविक्रम शाहलाई गणतन्त्र आयो । साथै श्री ५ बाट सम्बोधित हुने खलकलाई गणतन्त्र आयो । सँगसँगै डा. रामवरण यादव, परमानन्द झालाई पनि गणतन्त्र आयो । विद्यादेवी भण्डारी र नन्दबहादुर पुनलाई पनि गणतन्त्र आयो । कपडा पसलमा बसेर कपडा नाप्ने, च्याट्ने, पट्याउने, पोको पार्नेहरूलाई गणतन्त्र, राजतन्त्रमा केही अन्तर आएन । गणतन्त्र इँटा भटा, कतिको सेवा गरिबसेकाहरूलाई अझै गणतन्त्र आउन भने बाँकी नै छ । गणतन्त्र यद्वा प्रजातन्त्र वा लोकतन्त्र कतिलाई संविधानमा मात्र आउने रहेछ भने कतिलाई कागतमा, अक्षरमा मात्र आउँदो रहेछ । सबै नेपाली जनतालाई व्यवहारमा नै आउने आशा थियो तर व्यवहारमा त्यसो हुँदो रहेनछ । तराईमा उखु बेच्ने किसानहरूलाई गणतन्त्र आएन । बैङ्कबाट ऋण लिएर उखु खेती गरेका धेरै किसानले चिनी कारखानाहरूबाट उखुको मूल्य भुक्तानी नहुँदा ऋण तिर्न सकेनन् मात्र होइन उल्टो ब्याज तिर्न पनि सकेनन् । गणतन्त्र सबैलाई आउनु पथ्र्यो हामी सोझो हिसाब गर्नेहरूका लागि तर त्यसरी सबैलाई आउँदो रहेनछ । बरु गणतन्त्र नआउँदा उखुको पैसा आउँथ्यो । गणतन्त्र आयो उखुको पैसा आएन । यसको तात्पर्य गणतन्त्र खराब अल्पतन्त्र असल भन्ने मेरो तात्पर्य होइन । गणतन्त्र सबैका लागि आउनुपर्ने तर आएन, आउँदो रहेनछ भन्ने तात्पर्य हो मेरो ।
खोलो त¥यो लौरो बिस्र्यो !
गणतन्त्र ल्याउन आफ्नो उमेर, पति–पत्नी सबै स्वाहा पारेका जनयुद्धमा माओवादीहरू अलमलिए । कैयौँ लडाकू आज पनि आफ्नो जीउमा छर्रा बोकेरै बसेका छन् । माथिका ठगहरूले उनीहरूको नाममा आएका रकम खाइदिए जसका कारण उनीहरू घरका न घाटका भएका छन् । कैयौँ घाइते अपाङ्ग नै छन् ओखतीमुलोको बन्दोबस्त छैन । तर, केही माथिल्लो तहमा मान्छे वा टाठाबाठा, पढे लेखेका मान्छे मन्त्री भए, कमाए, कमाउँदै छन् । ती कमाउनेहरूको अनुहारमा ज्योति छ, राम्रा लुगा लगाउँछन्, मिठै खालान् । जनयुद्धका बेला सँगै लडेका तर अहिले माथि उक्लन नसकेका लडाकूहरूको बेहाल छ अहिले । टाठाबाठा माथिल्ला तहका मान्छे र एकथरी इमानदार नेताले पार्टी परित्याग गरे, स्वतन्त्र भई खेती–किसानी गरेर बसेका छन् । एकथरी अर्को सङ्गठन खोली लरङमरङ गरिरहेका छन् । एकथरीले ओली पथ नै पछ्याए । जनताले बुझेको माओ विचार र उनीहरूले बुझेको राजनीतिमा व्यापक अन्तर प¥यो । अहिले पनि धेरै पूर्वलडाकू किंकर्तव्यमा अलमलिरहेका छन् । मूलतः घाइते पूर्वलडाकूहरूलाई त कमसेकम हेर्नुपर्ने हो माओवादी पार्टीले । नहेरे पाप लाग्छ है । जनयुद्धका बेला के के भनी पार्टीमा ल्याइएको थियो । त्यो भुल्नु भएन नत्र त खोलो त¥यो लौरो बिस्र्यो उखान भएन र ¤ यो सम्पूर्ण मुद्दाका दोषी हालका माओवादी नेता र पूर्वनेताहरू नै हुन्छन् । तपाईं नेताहरू जो जहाँ भए पनि अहिले जिम्मेवारीबाट पञ्छन पाउनुहुन्न । हो, माओवादीको सम्मेलन ऐन केन प्रकरणले सकियो । तर, मुद्दा भने सकिएको छैन । याद रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *