भर्खरै :

जापानमा नेपाली युवाहरूको हविगत

युवा विदेशिनुको प्रमुख कारण यहाँका शासक दलहरू नै हुन् । उनीहरूले देशका युवालाई स्वदेशमै बस्ने वातावरण तयार नगरेका मात्र होइनन् विदेश जान उत्साहित गरिरहेका छन् । जुनसुकै देश भए पनि विदेशी भूमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ । व्यक्ति र परिस्थितिअनुरूप सबैको आ–आफ्नै सपना र चाहना फरक–फरक हुन्छ । देशअनुसार जाने खर्च तथा लगानी पनि फरक–फरक हुन्छ । विदेश जाँदा प्रायजसो नेपालीहरू ब्याजमा ऋण खोजेर जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । हामी जुन सोचका साथ विदेश गएका हुन्छौँ त्यो सोचभन्दा फरक विदेशी भूमि पाएका हुन्छौँ । भाषाको राम्रो ज्ञान नहुनु, सोचेअनुसार काम नपाइनु र त्यहाँको नियम पालनाको परिधिभित्र रहन नसक्नु जस्ता असहज परिस्थितिले विभिन्न समस्या उत्पन्न हुन्छ । जापानमा विद्यार्थीको सामान्यतया एक महिनाको खर्च आफ्नो छोराछोरी पढ्नभन्दा पैसा कमाउन गएको छ भन्ने कुरा तपाईँ हाम्र्रो परिवारको आर्थिक अवस्थाले सोच्न बाध्य हुन्छ । दैनिकी खर्चलगायत बस्ने कोठा पनि त्यही दरमा हुनु सामान्य प्रक्रिया नै हो । जापान खर्चिलो सहरको रूपमा चिनिन्छ । एउटा सामान्य रुमको रेन्ट, बिजुली, ग्यास र खानेपानी गरेर करिब ७०–८० हजार तिर्नुपर्ने हुन्छ । कलेज फि एक महिनाको ६५–७५ हजार तिर्नुपर्ने हुन्छ । खाना तथा खाजा, ट्रेन, मोबाइल र सरकारलाई तिर्नुपर्ने कर र स्वास्थ्य बीमाको रकम गरेर करिब १ लाख ६० हजारदेखि १ लाख ७० हजारसम्म खर्च हुन्छ । आफूले सोचेर जापान प्रवेश गरेको भन्दा भोगाइ नितान्त फरक र भिन्न भएको कारण कतिपय विद्यार्थीहरू आत्महत्याको सिकार हुने गर्दछन् । आफूले सोचेअनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा उनीहरू बिचल्ली हुन्छन् । विशेषगरी ऋण तिर्न नसक्नु, भाषाको समस्याले गर्दा सोचे जस्तो काम नमिल्नु, कलेजले तोकेको समयमा फि तिर्न नसक्नु, लिभिङ टुगेडरको अपरिपक्वता, विश्वासिलो साथीबाट आफ्नो व्यक्तिगत घटना सामाजिक सञ्जालमा बाहिर ल्याउनु, स्वास्थ्यमा समस्या देखिनु र दुर्घटनामा परी अङ्गभङ्ग हुने आदि समस्याले जापानमा विद्यार्थीको अवस्था जटिल भएको देखिन्छ । यस्तै अन्य विभिन्न कारणले कति विद्यार्थीहरू आत्महत्या गर्छन् ।
सुनौला सपना र रहरहरूको खोजीमा जापान पुगेका युवाहरूमा आत्महत्याको सङ्ख्या बढ्दो छ । एक्लोपन र डिप्रेसनका कारण ट्रेनको लिगमा समेत हामफाली आत्महत्या गर्ने गरेको पाइन्छ ।
शासक दलहरू नेपाललाई विदेशीको लागि सस्तो कामदार तयार पार्ने थलोको रूपमा परिणत गर्दै छन् । रेमिट्यान्सको लोभ देखाएर नेपाली युवालाई विदेशी भूमिमा कामको लागि जान बाध्य गराउने नीतिको परिणामस्वरूप नेपाली जनताले दुःख पाउँदै छन् । देशमा नै कलकारखाना खोली विदेशी उत्पादनको उपयोग कम गरी आफ्नै उत्पादन वृद्धि गर्न सकेमा युवाहरूलाई रोजगारीको व्यवस्था गर्न सकिन्थ्यो । सरकारले आत्मनिर्भर हुने सीपमूलक तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ति निर्माणमा लगानी गर्नुपथ्र्यो । खर्ब र अर्ब रकम आफ्नो कार्यकर्ता र समर्थकलाई जाँड रक्सी, बाइक, पेट्रोल बाँड्न, भ्रष्टाचार गर्न निर्दाेष जनतालाई बलिको बोको बनाई ७०–८० लाख युवालाई विदेशी भूमिमा गएर पसिना बगाउन सरकार कहिलेसम्म बाध्य बनाउँछ ? युवाहरूमा भएका श्रृजनात्मक ज्ञानको उपयोग आफ्नै देशमा गर्न सकेमा नेपाल सु–संस्कृत देश बन्ने थियो । नयाँको खोज र प्रविधिहरूको विकासमा अघि बढ्न सक्थ्यो । देशलाई अगाडि बढाउन समाजवादी विचार बोकेका शिक्षित युवा र समुदायको आवश्यकता छ । देश र समाजको सेवा गर्ने भावना भएका युवाले नै सुन्दर समाजको निर्माणमा सहयोग पु¥याउनेछ । पछिल्लो समयमा देशका शासकहरूले विद्यार्थीहरूलाई विश्व बजारमा बेच्ने सामानको रूपमा उपयोग गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *