भर्खरै :

एसिया–प्रशान्त क्षेत्रमा कसले धम्की दिँदै छ ?

जापान र अमेरिकाले जनवरी ७ मा संयुक्तरूपमा ‘२+२’ अनलाइन वार्ताको आयोजना गरेका थिए । सो वार्तामा यी दुई पक्षले तथाकथित ‘चिनियाँ धम्की’ को विषय सिर्जना गरी एउटा नयाँ संरक्षण मामिलाको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यसको अघिल्लो दिन जापान र अस्ट्रेलियाबीचको वार्तामा चीनको आन्तरिक मामिलाबारेको छलफल गरिएको थियो । यी दुई मुलुकले संरक्षण सहकार्यलाई प्रवद्र्धन बनाउन एउटा ‘पारस्परिक पहुँच सम्झौतामा’ हस्ताक्षर गरे । जापान र अस्ट्रेलियाबीच सुरक्षा शक्तिबारे छलफल भएको थियो । अमेरिकाले एसिया–प्रशान्तको सैन्य एकता बनाउन एक महत्वपूर्ण कदम चालेको छ । जापान र अमेरिकाले आफ्ना सैन्य शक्ति थप बढाउने बहाना गरेको देखिन्छ । सन् २०२२ मा अमेरिकाले राष्ट्रिय सुरक्षा बजेट ७ खर्ब ६८ अर्ब २० करोड अमेरिकी डलर पु¥याएको छ । जापानले पनि सन् २०२२ को सुरक्षा मामिलाको बजेट धेरै बढाएको छ । यो रकम गएको दस वर्ष यता वृद्धि हुँदै आएको देखिन्छ ।
यसले एसिया–प्रशान्त क्षेत्रमा कसले धम्की दिँदै छ भन्ने स्पष्ट छैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *