भर्खरै :

मोदी र उनको हिन्दूत्व ब्रिटिस राज र त्यसको नीतिहरूको साक्षात वंशज  हो

कैयौं टिप्पणीकारहरूले जस्तै म पनि यो थाहा पाउनका लागि उत्सुक रहेको छु भारतमा अहिले जे भइरहेको छ त्यसलाई कसरी बुझौं । औपनिवेशिक दासताबाट मिलेको स्वतन्त्रतापछि धेरै हदसम्म बलियो रहेको लोकतन्त्रको निरंकुश तथा भ्रष्ट तानाशाहीमा पतन भइरहेको देखेर हैरान छु । भारतमा उग्र हिन्दूत्व र जेनोफोविया अर्थात् बाहिरी मानिसहरूप्रतिको द्वेष लगातार बढिरहेको छ ।
सधैँजस्तै भारतीयहरूसित कैयौँ ब्याख्या रहेका छन् । त्यसको घटनाक्रम २०१४ मा भारतमा नरेन्द्र मोदी सबैभन्दा बढी शक्तिशाली बन्नुदेखि लिएर २०१९ मा भारतीय मतदाताहरूले पुनः उनलाई नै सत्ता सुम्पनुसम्म फैलिएको छ । यसै घटना क्रममा अझै पछाडि जाने हो भने जब २००२ मा गुजरातमा मोदीले देखाएका थिए कि कसरी मुसलमानहरूको आमनरसंहार गर्नुपर्छ । त्यसरी उनले दिल्लीको सत्तामा आउने भूमिका तयार गरेका थिए । त्यतिमात्र होइन १९९२ मा अयोध्यामा बाबरी मस्जिद ढाल्ने घटना पनि त्यही घटनाक्रमसित जोडिन्छ ।
घटनाक्रमलाई अझ पछाडि लगेर भारत विभाजनको घाउहरू र १९७५–७७ को आपत्कालसम्म पनि पु¥याउन सकिन्छ । आपत्कालको अवधिमा अस्थायी रूपमै सही तर इन्दिरा गान्धीले भारतीय लोकतन्त्रको हत्या गर्न कति सजिलो छ भनी देखाइदिएकी थिइन् । अन्य घटनाहरू यस घटनाक्रमसित नजोडिएपनि तिनीहरूको असर भारतको राजनीतिक जमिनमा परेका छन् र तिनले दक्षिणपन्थी तानाशाहीप्रति वैश्विक झुकावलाई इशारा गर्ने गर्दछन् ।
यी सबै घटनाक्रमसित त्यसलाई आकर्षक र स्वीकार्य बनाउनका लागि केही न केही छन् । अहिलेलाई मसित पेश गर्नका लागि एक अर्को घटना क्रम छ जुन हिन्दूत्वको सतही स्वभावको विपरीत चल्ने गर्छ र यसको सार्वजनिक छविलाई लिएर बनेको सामान्य बुझाइको विपरीत छ ।
यो घटना क्रम वर्तमान भाजपा शासनको १९ औँ शताब्दीको मध्यको त्यस महत्वपूर्ण कालखण्डसित सम्बन्ध स्थापित गर्छ जसमा ईस्ट इन्डिया कम्पनीले बेलायती महारानीको १८५८ को घोषणाको माध्यमले ब्रिटिश साम्राज्यको लागि बाटो बनाएको थियो र जसले भारतलाई अङ्ग्रेजी शासनको ताजमा सबैभन्दा अनमोल रत्न बनाइदिएको थियो ।
यस घटना क्रमलाई राम्ररी नियाल्ने हो भने मोदी शासन र यसका सबै क्षेत्रीय क्षत्रपहरूको शासन भारतमा अङ्ग्रेज शासनको चरमोत्कर्ष कालको प्रत्यक्ष वंशजका रूपमा देख्न सकिन्छ । अङ्ग्रेजी शासनको चरमोत्कर्ष १८६० को दशक र त्यसपछिका केही दशकलाई राख्न सकिन्छ । वर्तमान भाजपा शासन ब्रिटिश साम्राज्यको दोस्रो संस्करण हो ।
त्यो के हो जसले यस तुलना या समानतालाई साबित गर्छ ? पहिले अङ्ग्रेजहरू भारतमा मुगल शासनलाई बदनाम गर्न र कुख्यात बनाउनमा निकै मेहनत गरेका थिए । उनीहरू सामान्यतया भारतका मुस्लिम शासकहरूलाई निर्दयी, निरङ्कुश, अत्याचारी, दमनकारी, हिंस्रक, भ्रष्ट र कुटिल कपटीका रूपमा देख्ने गर्दथे । उनीहरूले १८ औँ शताब्दीको भारत अराजक स्थितिमा रहेको ठहर गरे र आफैलाई त्यस अराजकताकोबीच शान्ति र अनुशासन ल्याएका दूतका रूपमा पेश गरे ।
भारतको विभाजनपछि र भारतमा काङ्ग्रेस शासनलाई लिएर यही दृष्टिकोण राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) र भाजपाको रहेको छ । अङ्ग्रेजहरूको मुस्लिमविरोधी विचार आरएसएस र यसको वंशज भाजपालाई विरासतमा प्राप्त भएको थियो । निश्चित रूपमा अङ्ग्रेजहरू हिन्दूहरूलाई खासगरी ब्राह्मणहरूलाई पनि घृणा गर्थे र उनीहरूलाई तिरस्कारको भावनाले हेर्ने गर्दथे । उनीहरूले हिन्दू धर्मलाई अन्धविश्वास, मूर्तिपूजा र चाप्लुसीको पराकाष्ठाको रूपमा हेरेका थिए ।
यहाँ स्मरण गर्न जरूरी छ कि अङ्ग्रेजहरूले हिन्दू धर्ममा व्याप्त सतिप्रथा, विधवा पुनर्विवाहमा रोक र अरू कुरीतिहरूको विरुद्ध कानुनी कदम उठाएर स्वयम्लाई हिन्दू धर्मका सच्चा सुधारकको रूपमा पेश गरेका थिए । मोदी पनि त्यस्तै एक हिन्दू सुधारक हुन् जसले धर्ममा रहेको महिलामैत्री, प्रविधिविरोधी र सहिष्णु तत्वहरूको स्थानमा हिन्दूत्वको पितृसत्तात्मक, प्रविधिमैत्री, विकासवादी र पुरुषवादी स्थापित गरेर धर्मको शुद्धिकरणका लागि प्रतिबद्ध छन् । उनको शासनलाई भारतमा चलिरहेको नरम, महिलामैत्री र अति सहिष्णु नेहरूवादी हिन्दू धर्मको लचिला मानसिकताभित्र रूढीवादी इस्लामिक डीएनए सिर्जना गर्न र विकासको रूपमा देख्न सकिन्छ ।
यस रचनाको दुबै भाग १९ औँ शताब्दीमा सुरु भएका हिन्दू धर्म र इस्लामको ब्रिटिश विचारहरूको प्रत्यक्ष ऐना हुन् । हामी जसै २१ औँ शताब्दीमा आउँछौँ, ठीक अङ्ग्रेजहरूले झैं मोदी र उनका नजिकका सहयोगीहरू पनि काङ्ग्रेसका नेहरूवादी र गान्धीवादी दुवै स्वरूपहरूप्रति घृणा देखाउन थालेका थिए ।
स्वराजका लागि भारतीयहरूलाई लामबद्ध गरेर एक आन्दोलन खडा गरेका गान्धीलाई अङ्ग्रेजहरू नङ्गा फकिर भनेर उनको तिरस्कार गर्ने गरेका थिए र तिनीहरूले नेहरूका लागि पनि खास सम्मान राखेका थिएनन् । इङ्गल्यान्डको हैरो स्कूलबाट पढेका नेहरूलाई तिनीहरू –“विश्वासघाती हैरोवियन” को उपाधि दिएका थिए । नेहरूले गान्धीको उत्तराधिकारी बन्नका लागि आफ्ना अङ्ग्रेज मालिकहरूलाई बेचेको आरोप अङ्ग्रेजहरू लगाउने गर्थे । मोदी र उनका सहयोगीहरूले गान्धी र नेहरूका लागि आफ्नो घृणा अङ्ग्रेजहरूबाट सिकेका हुन् ।
तर, दोस्रो अर्थमा मोदी पनि साम्राज्यवादी अङ्ग्रेजहरूका वंशज हुन् । किनभने उनी पनि अङ्ग्रेजहरूजस्तै राजद्रोह, स्वतन्त्र अभिव्यक्ति र भेला भई विरोध प्रदर्शन गर्ने अधिकारका सम्बन्धमा औपनिवेशिक भारतका कानुनहरूको सबैभन्दा कठोर प्रावधानहरूको प्रयोग (आफ्ना दाहिने हातहरू राजनाथ सिंह र अमित शाहको सहयोगमा) गर्न मन पराउँछन् । उनी यस्तो कानुनी ढाँचा बढी मन पराउँछन् । जसमा सैन्य र प्रहरी शक्तिहरू सबै दिल्लीकै नियन्त्रणमा रहुन् ।
उनी कार्यकारी शक्तिहरूको आनन्द उठाउन मन पराउँछन्, चाहे त्यो अधिकारीहरूको गुप्तचरी जानकारी निकाल्न लगाउँछन् र त्यसको माध्यमका रूपमा आयकर र प्रवर्तन कर प्राधिकरणहरू, सीमा शुल्क विभाग या भारतीय रिजर्व बैङ्कलाई समेत प्रयोग गर्छन् । ती सबै काम उनको आदेशमा उनको शाही सनकको अनुरूप नीति प्रणाली तोडमरोड गर्न अनुमति दिने गर्छन् ।
मोदीका अचम्मलाग्दा आर्थिक नीतिहरूमाथि पनि त्यही कुरा लागु हुन्छ । खासगरी नोटबन्दी, जीएसटी या हालै फिर्ता लिइएका कृषिसम्बन्धी कानुनहरूका सम्बन्धमा उनले वास्तविकताभन्दा नितान्त भिन्न हुने निर्णय लिने गरेका छन् । मोदीका ती कुनै पनि नीतिले भारतको राष्ट्रहित र आर्थिक विकासका अधिकांश मापदण्डहरूका सन्दर्भमा कुनै अर्थ राख्दैनन् बरू अर्थतन्त्रलाई डुबाइरहेका छन् ।
कैयौं विश्लेषकहरू यस कुरामा सहमत छन् कि पछिल्लो पाँच वर्षमा भारत अधिकांश वेश्विक आर्थिक सूचकाङ्कहरूमा नराम्ररी पछाडि पर्दै गएको छ । तर, त्यसलाई सत्ताले कुनै मतलब गरेको देखिएको छैन । यदि उनी ब्रिटिश साम्राज्यका प्रत्यक्ष वंशज भएको भए मोदी सरकारको कार्य पूरै बुझ्न सकिन्थ्यो ।
जुन मोदीनोमिक्स या मोदी अर्थशास्त्र छ त्यसको उद्देश्य राष्ट्रिय सम्पदाहरूलाई अडानी–अम्बानी र उनका असङ्ख्य क्षेत्रीय र स्थानीय प्रतिरूपहरूलाई सुम्पनुभन्दा बढी केही लाग्दैन । स्थानीय मिलिसिया र भ्रष्ट स्थानीय अधिकारीहरूको समर्थनमा भारतका नदीहरू, जमिनहरू, जङ्गल, खानी र खेतहरू निल्ने काम भइरहेका छन् । तिनीहरू स्थानीय कुलीन र सम्भ्रान्त वर्गको हितलाई साध्य बनाएर स्थानीय संसाधनहरूलाई निलिरहेका छन् । यो सम्भ्रान्त वर्ग तिनीहरू नै हुन् जसले औपनिवेशिक कालमा अङ्ग्रेजहरूको सेवामा देशलाई खोक्रो बनाएर आफ्नो स्वार्थ पूरा गरेका थिए ।
भारतको ब्रिटिश साम्राज्यवादी व्यवस्था लन्डनको शाही राजकोष र ब्रिटिश साम्राज्यको खजानाको इशाराअनुसार चलेको थियो । आज यही काम अर्थव्यवस्थाको शीर्षमा बसेका केही कुलीन र अभिजात वर्गका भारतीयहरूको वैश्विक तिजोरीहरू र केही निश्चित खाताहरूबाट भइरहेको छ । उनीहरूलाई पनि आफ्ना केही कालो धन भाजपाको चुनावी मेशिनमा थपिदिनमा कुनै अप्थ्यारो छैन । दुवै नै घटना क्रममा भारतको राष्ट्रिय अर्थव्यवस्था थोरै रातो अविरभन्दा बढी केही लाग्दैन जसलाई शासक आफ्नो शीरमा लगाउने र पु्छ्ने गरिरहेका छन् । मानौं देश र जनताको विकाससित त्यसको कुनै लिनुदिनु छैन ।
अन्तिम दुई तत्वले मोदीत्वको लागि मेरो यस वंशावली अध्ययनलाई सही ठहर गर्ने छन् । मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालका हालैका भाषणहरू एक पटक पुनः स्मरण गर्नुहोस्, जसमा उनले आजको रणनीतिक युद्ध ‘नागरिक समाज’ को मञ्चबाट लडिरहेको आफ्नो विचार राखेका थिए । वास्तवमा डोभालको यो भाषण कुनै अस्थिर लोकतान्त्रिक समाजको कुनै प्रवक्ताद्वारा दिएको असाधारण बयानभन्दा केही होइन । डोभालको उद्देश्य भारतीय जनताबीच एक गहिरो वैचारिक अवरोध उत्पन्न गर्नु हो । यहाँ जनताको अर्थ ती महतदाताहरू हुन् जसले कार्यपालिकाका लाई पूर्ण अधिकार दिएका छन् र नागरिक समाज उनका अनुसार ती कलाकारहरू, विद्वानहरू, पत्रकारहरू, वकिलहरू, सामाजिक कार्यकर्ताहरू र सरकारका आलोचकहरू हुन् । यी सबैलाई मोदी सरकारले अर्बन नक्सल (सहरी नक्सलवादी) या खान मार्केट ग्याङ्ग, टुकडे–टुकडे ग्याङ्गका रूपमा बदनाम मात्र गरेको छैन बरु बिना कुनै नाम या उदाहरणको ‘नागरिक समाज’ को रूपमा र अझ बढी समग्र रूपमा ती सबैमाथि प्रत्यक्ष अप्रत्यक्ष निशाना बनाइरहेको छ ।
जनताको प्रजातान्त्रिक अभ्यासप्रति यसखाले असन्तोष वास्तवमा ब्रिटिश साम्राज्यको दोस्रो संस्करणबाट मात्रै अभिव्यक्त हुन सक्दछ, जुन अहमदावाद, बडौदा र सुरतको आफ्नो मूल थलोबाट दिल्लीमाथि राज गर्न आएको एक प्रकारको औपनिवेशिक व्यवस्था हो । किनभने ब्रिटिश राजको युगमा मात्र अङ्ग्रेजहरूले सारा नागरिक समाजलाई राज्यको स्थिरता, अखण्डता र वैधताको लागि खतराको रूपमा दर्शाएका थिए । यो जनतादेखि डराउने रोग– ‘जेनोफोबिया’ विदेशी होइन बरू स्वदेशी बासिन्दाप्रतिको त्यो औपनिवेशिक घृणा हो जसले समयसँगै आफ्नो नयाँ ठेगाना खोजेको हुन्छ ।
प्रश्न यो उठ्छ कि भाजपा शासनलाई एक उपनिवेशवादी शासन व्यवस्थाको रूपमा म कसरी उल्लेख गर्न सक्छु र ? त्यो यसकारण गर्न सक्छु किनकि उपनिवेशवादी शासन स्वयम्को छवि र दृष्टिकोण हालै अस्तित्वमा आएको त्यस प्रभुत्ववादी वर्गसित मेल खान्छ, जसलाई आज उग्र हिन्दूत्वको नामले चिनिन्छ । त्यस वर्गले समाजका बहिष्कृत, अन्य धर्मका ‘विधिर्मी’हरू र जोखिममा परेका अन्य मानिसहरूलाई आफ्नो प्रभुत्वको अधीन राख्ने पूर्ण अधिकार आफूसित रहेको दावी गर्छ ।
यो नयाँ उपनिवेशवादी वर्ग पहाड पर्वतबाट या समुद्रपारिबाट आएका होइनन् बरू भारतको नश्लीय, धार्मिक, पारिस्थितिक र सांस्कृतिक अल्पसख्यकहरूसित एक प्रकारको श्रेष्ठता, जीव–सांस्कृतिक भिन्नता र साम्राज्यवादी अहङ्कारको प्रतिफल हो । भारतलाई एक प्रकारको हिन्दू बहुसङ्ख्यकवादले कब्जा ग¥यो भने विचार गलत हो । जसले भारतमाथि कब्जा गरेका छन्, उनीहरू उवनिवेशवादी मानसिकताका सानो वर्ग मात्र हो । ती उपनिवशेवादीहरू लाखौं अन्य अल्पसङ्ख्यकहरूबाट बनेको भारतलाई बहुमतबाट बाहिर निकाल्न र उनीहरूमाथि हावी हुन चाहन्छन् ।
यस अर्थमा बाहिरबाट आएर बसेका उपनिवेशवादीहरू अल्पसङ्ख्यकहरूको बीचमा बहुसङ्ख्यक भएको दावा गर्छ र विद्यमान जनसाङ्ख्यिकीय यथार्थलाई पूरै नष्ट, विकृत र उल्टाइदिने गरिएको छ । जबकि भारतको वास्तविकता यो होकि तथाकथित हिन्दू बहुसङ्ख्यक एक कृत्रिम श्रेणी मात्र हो, जसलाई राजनीतिक स्वार्थ पूरा गर्नका लागि जानीबुझिकनै उटाइएको छ र १९ औं शताब्दीभन्दा पहिले त्यसको कुनै वास्तविक इतिहास छैन ।
यस परिप्रेक्ष्यमा हिन्दूत्व त्यस ब्रिटिश उपनिवेशवादको कल्पनालाई साकार पारेको छ, जसलाई केही गोरा शासकहरूद्वारा थोपरिएको थियो र अब भारतीय उपनिवेशवादीहरूद्वारा काल्पनिक हिन्दू बहुमतको नाममा कानुनी तरिकाले इसलाई लागु गरिइँदै छ । उच्चतम साम्राज्यवाद नै यसको मूलमा रहेको छ र यसको जरा लुटियनभन्दा धेरै पहिलेको दशकमा निहित रहेको छ । त्यस स्थायित्वको भूममा निहित छ जसले करीब १९२० सम्म ब्रिटिश भारतलाई परिभाषित गरेको थियो ।
फेरि पनि हर राज, सता या अवधिको पतन हुने नै गर्छ । पैजाब, हरियाणा र पश्चिम उत्तर प्रदेशका किसानहरूले यस मोदीराजको पतनको सङ्केत दिइसकेका छन् । गुजरातबाट आएका भायसरायबाट विस्थापित हुन अस्वीकार गर्दै शिख नेतृत्वमा किसानहरूले ती पचास करोड भारतीयहरू (दलितहरू, मुस्लिमहरू र आदिवासीहरू) को एक मजबुत प्रतिनिधित्व प्रदान गरे जो मोदीराजको उपनिवेशवादमुनि अपमानित गरिएका थिए ।
अधिकांश दक्षिण भारत आफ्नै धुनमा नाचिरहेको छ, उत्तर–पूर्व भारतलाई आफ्नो अधीन बनाइराख्नका लागि ठूलो सैन्य बल आवश्यक छ । राजस्थान, महाराष्ट्र र पंजाब भाजपाको नियन्त्रणभन्दा बाहिर गइसकेको छ र कुनैबेला भाजपासित काँध मिलाएर चलेकी ममता बनर्जी विपक्षहरूलाई एक छातामुनि ल्याउन जुटेकी छिन् । यस स्थितिमा वर्तमान शासन सुरक्षा व्यवस्थाकोबीचमा मात्र लुटियन्स (अङ्ग्रेजहरूले छलकपटले राज्य गरेको क्षेत्र) मा मात्र शासन गरिरहेको देखा पर्छ ।
सेन्ट्रल विस्टा परियोजना (भारतीय प्रधानमन्त्रीको निर्माणाधीन नयाँ कार्यालय भवन) उनका उपलब्धिहरूको स्मारक बनेको छ । तर यो नै उनको समाधि पनि बन्न सक्छ, भोलिपर्सि नै नहोला तर छिट्टै नै । यो परियोजना बिनाजवाफदेहीको २५०० करोड रूपैयाको खर्च हो ।
हो, हामी २०२१÷२२ मा छौं । हो, पहिलो भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम १८५७ मा भएको थियो । हामी त्यस समयमा छौँ, जहाँ सबै मोदीमय छ, मोदीको रङ्गमा रङ्गिएको छ । तर हामीमाथि शासन गर्ने व्यवस्था पूरै उत्तिनै विदेशी हो जति अङ्ग्रेज थिए । र, दोस्रो स्वतन्त्रता सङ्ग्रामले मात्र त्यसलाई घुँडा टेकाउन सक्छ । यस लडाइँमा दिल्लीको सीमामा एक वर्षभन्दा लामो समय डटेर लडेका किसानहरू हाम्रा अग्रिम पङ्क्तिका जवानहरू हुन् ।

(लेखक अर्जुन अप्पादुराई न्यूयोर्क र बर्लिनका विश्वविद्यालयहरूमा अध्यापन गर्छन् । )
अनुवादः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *