प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, ३ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले दीर्घरोगी र ६० वर्षमाथिका सबै नागरिकहरूलाई प्राथमिकतामा राखी बुस्टर खोप दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कोभिड – १९ को तेस्रो लहर र रोकथाममा सरकारको तयारीबारे ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका प्रतिनिधिसँगको कुराकानीमा सांसद सुवालले भन्नुभयो, “प्रधानमन्त्री देउवाले ६ महिनाअघि प्रतिनिधिसभामा विश्वासको मत लिएको बेला खोपलाई प्राथमिकता दिने बताएका थिए । तर, सरकारको भण्डारणमा रहेको खोप समयमा नदिँदा अहिले तीव्ररूपमा सङ्क्रमण बढेको हो । बुस्टर खोपको लागि माघ १४ सम्म नागरिकलाई कुराउनु उचित होइन । यही गतिमा सङ्क्रमण पैmलिए माघ १४ सम्म धेरै सङ्क्रमित थपिने र मृत्यु हुने खतरा छ । भण्डारणमा रहेको खोपको म्याद पनि सकिनेछ ।”
“सरकारी स्रोतअनुुसार नेपाललाई कुल खोप ४ करोड ३ लाख ८८ हजार ८४० प्राप्त भएको र हालसम्म लगाइएको खोप २ करोड ७९ लाख ११ हजार १८८ छ । सरकारकै भण्डारणमा १ करोड २४ लाख ७७ हजार ६५२ खोप रहेको छ । पुस १५ गते एक दिनमा मात्र कोभिड–१९ सङ्क्रमित २०४ थिए भने माघ २ गते एक दिनमा सङ्क्रमित ३ हजार ५३४ पुगे । सङ्क्रमित सङ्ख्या दिनहुँ बढ्दो छ”, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयोे, “खोप केन्द्रमा पुगेका धेरै मानिस घण्टौँ लाममा बस्नुपर्ने, भीड हुने र खोप नलगाई फिर्ता हुुनुपर्ने स्थितिले सङ्क्रमण तीव्र हुनेछ । सरकारको अनुगमन फितलो छ, प्रभावकारी छैन ।”
“भीडभाड हुने कार्यक्रममाथि रोक लगाइएको भनिए पनि सडकमा भीडभाड उस्तै छ । कागजमा सीमित सरकारी निर्णय र आदेशको कारण सङ्क्रमित सङ्ख्या अभैm थपिने र स्थिति असामान्य हुने खतरा छ”, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “खोप लगाउन नागरिक नआएको सरकारी भनाइ प्रम, मन्त्री र अधिकारीहरूको अक्षमता हो । खोप अभियानमा राज्य संयन्त्र तदारूक हुन जरुरी छ । निर्वाचनको बेला जनताको घर–घरमा पुगेर मत लिएर सरकारमा गएकाहरू महामारीमा जनतालाई बचाउन असफल भएका छन् ।”
“खोपको भण्डारण करोडौँ मात्रामा हुने तर खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलब ५ प्रतिशत रहेको र ३९ प्रतिशतले दोस्रो खोप लगाउन नपाएको तथ्याङ्क सरकारप्रति व्यङ्ग्य हो । खुला सीमा हुँदै भारतबाट फर्केका नेपालीहरूको स्वास्थ्य परीक्षणमा ध्यान दिनु जरुरी छ”, उहाँले जोड दिनुभयो ।
Leave a Reply