आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
एक वर्षअघि जो बाइडेन संरा अमेरिकी राष्ट्रपति बने । हामीले सम्झेका राष्ट्रपति चुनावमध्ये बाइडेन निर्वाचित भएको चुनाव सबभन्दा अशोभनीय खालको चुनाव थियो । चुनावको नतिजा चित्त नबुझेर अमेरिकी संसद भवनमा हुलदङ्गा नै भएको थियो । मानिसहरूले फासीवाद फर्किने र गृहयुद्ध हुने त्रसित भएका थिए । त्यही भएर बाइडेनले आफ्नो सुरुको भाषणमा आपसमा विभाजित देशलाई ‘मिल्न, झगडा नगर्न र कम्पारो नतताउन’ बरु मिलेर बस्न आग्रह गर्नुपरेको थियो ।
कति चाँडै एक वर्ष बितिसकेछ । बाइडेन सरकारको एक वर्ष पछि तीन वटा कुरा भने प्रस्ट भएका छन् । पहिलो, बाइडेनको राष्ट्रपतिकाल न अघि बढेको देखियो न पछाडि फर्केको । यथास्थितिमै अड्केको छ बाइडेन सरकार । अलास्का बैठकको असफलतादेखि अफगानिस्तानबाट फिर्ता आउँदाको कहालीसम्म, अवरुद्ध खोप अभियानदेखि संरा अमेरिकी महिलाहरूको गर्भपतन अधिकारमाथि नयाँ जोखिमसम्म, तेलमा धनी देशहरूको कैदमा परेका जलवायुका मुद्दादेखि सैनिक उद्योगको नियन्त्रणमा परेको विदेश नीतिसम्म सूचीकृत छन्–बाइडेन सरकारका असफलताको सूचीमा ।
दोस्रो, बाइडेनको कम गतिशील र कम आकर्षक नेतृत्व, चुनावको बेलामा उनले चन्दा उठाएका विभिन्न अर्बपतिलाई तिर्नुपर्ने राजनीतिक ऋण र अझै पनि गहिरो बन्दै गएको वा नरम हुन नसकेको संरा अमेरिकी दलगत विभाजनको राजनीति बाइडेन सरकार अघि बढ्न नसक्नुका कारण हुन् । रिपब्किन पार्टी पूरै डोनाल्ड ट्रम्पको मुट्ठीमा कैद छ । त्यसले दलगत विभाजनलाई अझ गा¥हो मात्र बनाएको छैन, बरु जो मेचिन र क्रिस्टिन सिनेमाजस्ता ‘नरमपन्थी’ डेमोक्रेटहरू समेत बाइडेनका मुद्दाबाट मुन्टो बटार्न थालेका छन् ।
तेस्रो, रिपब्लिकन र ट्रम्पको कट्टरपन्थमात्र अहिलेको विभाजनको निम्ति जिम्मेवार छैन । नवउदारवादप्रति अझ थप प्रतिबद्ध नभए पनि डेमोक्रेटहरू आफैले बनाएको आर्थिक र सामाजिक विभाजनलाई कायम राख्न अहिले उद्यत् छन् । ट्रम्पले बरु निकै असन्तुष्ट अल्पसङ्ख्यालाई दक्षिणपन्थी र विभाजनकारी मुद्दातिर आकर्षित गरेका छन् ।
तर, बाइडेन र डेमोक्रेटहरूले नवउदारवादी नीति त्यागेका भए र नवउदारवादको पीडा भोगिसकेका बहुमत जनतालाई दरिलो बनाएको भए ट्रम्पले त्यसो गर्ने मौका पाउने थिएनन् । दुःखद् वास्तविकता के हो भने बाइडेनले राष्ट्रपति निर्वाचनमा जनताको मन जितेर अहिलेसम्मकै सबभन्दा बढी मत ल्याए । तर, चुनावी खर्चमा ट्रम्पलाई उछिनिएर मात्र उनले त्यो सफलता पाएका हुन् । सन् २०२० को चुनावमा कुल खर्च झन्डै १४ अर्ब अमेरिकी डलर थियो । सन् २०१६ को चुनावमा भएको कुल खर्चभन्दा त्यो रकम दोब्बरभन्दा बढी हो । धेरै पैसा खर्च गरेर राजनीतिक प्रक्रियालाई थिचोमिचो गर्ने यही कामले गर्दा बाइडेनको राष्ट्रपति कार्यकाल आज गतिरोधमा अल्झिएको छ । कोही आएर मात्र बाइडेन सरकारको गति अवरोध भएको होइन, खासमा उसकै गति अवरुद्ध छ ।
राजनीतिक निराशा सत्य हो । अमेरिकी परिवार योजनाको लागि बाइडेनले ३५ खर्ब अमेरिकी डलर बराबरको योजना ल्याएका थिए । पछि त्यसमा १७ खर्ब ५० अर्ब अमेरिकी डलर घटाएर पारित गरियो । तै पनि त्यसले काम गर्न सकेन । संरा अमेरिकामा विगतदेखि नै पूर्वाधार विधेयक पारित गर्दा दुवै दलको सबभन्दा बढी समर्थन हुने परम्परा थियो । तर, बाइडेन सरकारले प्रस्तुत गरेको पूर्वाधार विधेयक २३ खर्ब अमेरिकी डलरबाट घटाएर १२ खर्बमा झारेर मात्र पारित भयो । त्यसमा अहिलेसम्मकै सबभन्दा कम दलीय समर्थन प्राप्त भयो । अफ्रिकी अमेरिकी मतदाताको दमन कम गर्न बाइडेनले अघि सारेको मताधिकार विधेयक पनि रोकियो ।
आफू राष्ट्रपति बनेको पहिलो वर्ष पूरा भएको अवसरमा बाइडेनले आयोजना गरेको पत्रकार सम्मेलन त्यत्ति उत्साहप्रद नहुनु कुनै आश्चर्यको विषय होइन । उनको काम नै त्यस्तै रह्यो । महामारीविरुद्धको आफ्नो लडाइँ कसरी चुस्त पाराले अघि बढिरहेको छ र अहिलेको अमेरिकी अर्थतन्त्र कति उत्साहप्रद हिसाबले अघि बढिरहेको छ भन्ने उनको दाबी आकलझुकल प्रमाणमा आधारित छ । तथापि, उनको एकताको मुद्दा कति नराम्ररी असफल भयो भन्ने कुरा संसारसामु छर्लङ्ग भयो । बाइडेनले पटक पटक दुई दलीय सहमतिप्रति रिपब्लिकन दलको अनिच्छाको विरोध गरे । रिपब्लिकन दलले संसदमा विधेयक रोक्न मात्र अवरोध सिर्जना गरेको र उनीहरूले कुनै सकारात्मक मुद्दाको लागि त्यस्ता तगारा नतेर्साएको बाइडेनले आरोप लगाए ।
नोभेम्बर महिनामा हुने मध्यावधि चुनावमा अमेरिकी संसदमा डेमोक्रेटिक दलले नियन्त्रण गुमेर ट्रम्पकै नियन्त्रणमा फर्किने वास्तविक सम्भावनालाई ध्यानमा राखेर बाइडेनले व्यक्तिगत जनसम्पर्कलाई जोड दिएका छन् । उनले सरकार र पार्टीमा दलबाहिरका धेरै विषयविज्ञलाई पनि सामेल गरेका छन् ।
तर, यस्तो प्रयासले उल्टो नतिजा पनि दिन सक्छ । गेरार्ड फोर्डबाहेक युद्ध पछिको कुनै पनि राष्ट्रपतिभन्दा एकै वर्षको कार्यकालमा सबभन्दा बढी व्यक्तिगत लोकप्रियता गुमाएका राष्ट्रपतिको रूपमा बाइडेनले सार्वजनिकरूपमा आफ्नो सरकारका ‘उपलब्धि’ बारे बखान गर्दै हिँड्नु विशेषतः मजदुर, महिला र अफ्रिकी अमेरिकीहरूबीच प्रत्युपादक हुनसक्छ । तिनै जनताको मतले बाइडेन विजयी बनेका हुन् र उनका कामले उनीहरूलाई धोखा भएको छ । बाहिरका विषयविज्ञहरूले आफ्नो विज्ञता त दिन्छन् । तर, सामाजिक र आर्थिक विभाजन समाधान गर्ने राजनीतिक चाहना पूरा गर्न उनीहरू अग्रसर हुन सक्दैनन् । चुनावमा बाइडेनले खर्च गर्ने ठुलो परिमाणको पैसाले मात्र ती मान्छेहरूलाई आकर्षित बनाउन सक्छ । अन्ततः बाइडेनको कमजोर प्रस्तुतिको कारण संसदीय चुनावमा डेमोक्रेटिक उम्मेदवारलाई दोषारोपण गर्न भने मिल्दैन ।
अमेरिकी राजनीतिक विभाजनको जरा दुवै शासक दल रिपब्लिकन र डेमोक्रेटले अपनाउँदै आएको आर्थिक नीतिसँग जोडिएको छ । विगतमा डेमोक्रेटहरूले अमेरिकी कामदार जनता र सीमान्तकृत जनतालाई नवउदारवादी नीतिअन्तर्गत थोरै भए पनि सम्बोधन गर्ने भएकोले उसले अरूभन्दा आफुलाई पृथक देखाउने गथ्र्यो । तर, अहिले त्यस्तो अवस्था निकै साँघुरो बन्दै गएको छ । अधिकांश टिप्पणीकारहरूले बाइडेनको असफलता छोप्ने एउटै विकल्प भनेको अब उनका ‘अतिमहत्वाकांक्षी’ कार्यक्रम कम गर्ने र गलत ‘आश्वासन’ का कमजोरी सच्याउने भएको बताएका छन् । अहिले बढेको मूद्रास्फीतिलाई धेरैले सामाजिक क्षेत्रमा सरकारी लगानी कटौतीको परिणामको रूपमा विश्लेषण गरेका छन् । समस्यालाई थप जटिल बनाउन धेरैले मुद्रास्फीतिको अवस्थालाई सरकारी सामाजिक खर्च कटौती गर्ने सङ्केतको रूपमा लिएका छन् ।
सामाजिक क्षेत्रमा सरकारी लगानी कटौती गर्नुले आर्थिक र सामाजिक विभाजनको न्यूनतम निधानमात्र रोक्ने होइन, राजनीतिक विभाजनलाई अझ गहिरो बनाउँछ । बाइडेन सरकारको दोस्रो वर्ष पहिलो वर्षभन्दा अझ बढी भयानक हुन सक्छ ।
(लेखक क्यानाडाको मनितोबा विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुनुहुन्छ ।)
(सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री)
Leave a Reply