शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
नेपाल मजदुर किसान पार्टी कामदार जनताको आवाज बोल्ने इमान्दार कम्युनिस्ट पार्टी हो । देशलाई साँचो माया गर्ने देशभक्त पार्टी हो–नेमकिपा । नेमकिपा निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने पार्टी हो । सिद्धान्त र विचारमा अडिग नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको भूमिका खेल्दै आएको छ । नेमकिपा निष्ठाको राजनीति गर्छ । त्यसकारण, हामी नेमकिपाका कार्यकर्ता हुनुमा गौरव गर्छौँ ।
नेमकिपाको स्थापना आजभन्दा ४८ वर्षअगाडि अर्थात् वि.सं २०३१ माघ १० गते भएको थियो । नेमकिपा किसान आन्दोलनको जगमा उभिएको पार्टी हो । सुरुमा बाग्मती, नारायणी र जनकपुर–तीन अञ्चलका विभिन्न जिल्लाका क्रान्तिकारीहरू मिलेर नेमकिपाको सङ्गठन निर्माण भएको थियो । त्यतिबेला आजको जस्तो प्रविधि अर्थात् बाटोघाटो जताततै पुगिसकेका थिएन । धेरैजसो कार्यकर्ताहरू अशिक्षित तथा ‘गरीबभन्दा पनि गरीब’ थिए । किसान र मजदुरको माझमा काम गर्न जाँदा बाटो खर्च जुटाउन समेत धौधौ हुन्थ्यो । तराईका जनताले नेपाली भाषामा लेखिएका पर्चा र पुस्तक बुझ्दैनथे भने उपत्यकाका किसानहरू पनि नेपाली भाषा कमै मात्र बुझ्थे । भौगोलिक परिस्थितिअनुसार एकअर्काको भाषा नबुझ्दा काम गर्न निकै गा¥हो भएको कुरा नेमकिपा स्थापना दिवसको सन्दर्भमा ‘श्रमिक’मा प्रकाशित पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंको अन्तर्वार्तामा उल्लेख छ । क्रान्ति र परिवर्तनको बीज छर्न जस्तोसुकै चुनौती र समस्या सामना गर्दै अघि बढेको पार्टी नेमकिपा आज देशको विचारवान कम्युनिस्टको रूपमा परिचय बनाउन सफल भएको छ ।
‘माक्र्सवाद – लेनिनवाद र माओत्सेतुङ विचारधारा’ लाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगीकार गर्दै आएको नेमकिपाले आफ्नो स्थापनाकालदेखि साम्राज्यवाद, विस्तारवाद, भारतीय एकाधिकार पुँजी, अराजकतावाद, अवसरवाद, वामपन्थी अवसरवाद, दक्षिणपन्थी अवसरवाद, फासीवाद, संशोधनवादलगायतको विरोध गर्दै अगाडि बढिरहेको छ ।
हामीलाई ज्ञात छ, नेमकिपाले पार्टी, जनवर्गीय सङ्गठन, पेशागत सङ्गठनमा आबद्ध पार्टी कार्यकर्ताहरूलाई सैद्धान्तिक र वैचारिकरूपमा परिपक्व बनाउन सुरुदेखि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र–पत्रिका, पुस्तकहरू प्रकाशित गर्दै आएको छ । जसको अध्ययन, छलफल, अन्तरक्रियाबाट कार्यकर्ताहरूको सैद्धान्तिक स्तर बढेको देखिन्छ ।
पार्टीका मुख्य प्रकाशनहरू जस्तै – पार्टीको मुखपत्र ‘मजदुर किसान’, ‘ध्रुवतारा’, ‘समाचार संसद्’ आदि भारतमा नै प्रकाशन सुरु भएको थियो । त्यस्तै ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’, ‘खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’, ‘जनताको साहित्य’ आदि पार्टीका महत्वपूर्ण दस्तावेज हुन् । समाजवादी आन्दोलनमा महत्वपूर्ण योगदान दिने महान् व्यक्तित्वहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ, किम इल सङ, चे ग्वे भारा, फिडेल क्यास्ट्रो, क्रिस हानी, क्रान्तिकारी महिला र पत्रकारका जीवनी र विभिन्न देशमा समाजवाद स्थापनाका लागि भएका आन्दोलन, सङ्घर्ष एवम् क्रान्तिका बारेमा पुस्तकहरू प्रकाशित छन् । पार्टी र कार्यकर्ता, पार्टी र जनताबीच निरन्तर विचार विमर्श तथा छलफलको लागि नेमकिपाले आस्थाको पत्रिका ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक नियमितरूपमा प्रकाशित गर्दै आएको छ । त्यस्तै पार्टीको मुखपत्र ‘मजदुर–किसान’, ‘ध्रुवतारा’ लगायत अन्य पत्रिका र पुस्तकको पुनः प्रकाशन भएका छन् । विभिन्न जनवर्गीय तथा पेशागत सङ्गठनले मासिक, त्रैमासिक, पाक्षिक वा वार्षिकरूपमा विभिन्न पत्रपत्रिकाहरू प्रकाशन गर्र्दै आएका छन् । यसबाट पार्टी आफै एक विश्वविद्यालय हो भन्ने पुष्टि हुन्छ ।
पत्र–पत्रिका र पुस्तक प्रकाशन सहज कार्य होइन । यसको लागि धेरै मेहिनती हातहरू आवश्यक छ । कार्यकर्ताहरूमा पठन संस्कृतिको विकास होस्, पार्टी सदस्यहरू सैद्धान्तिकरूपले परिपक्व होऊन्, वैचारिक र तार्किक क्षमता बढोस्, समाजवादी आन्दोलनका लागि अथक र सङ्घर्षशील योद्धा तयार होऊन् भन्ने लक्ष्यसहित आज पनि हाम्रा अग्रजहरू नियमित प्रकाशनमा जोड दिनुहुन्छ । उहाँहरू जनतालाई कसरी सचेत र सङ्गठित बनाउने भन्ने विषयमा सधैँ सोच्नुहुन्छ ।
आज ४८ वर्ष पुगिसक्दा पनि त्यो मेहनत अझै अथक रूपमा अघि बढिरहेको छ । यद्यपि, पार्टी गतिविधिलाई अझ सशक्त ढङ्गमा अगाडि लानका लागि आज नयाँ पुस्ताले गम्भीररूपमा सोच्ने बेला आएको छ । व्यापक जनता राजनीतिक र सैद्धान्तिकरूपमा परिपक्व नभएसम्म नेपालमा कामदार वर्गको शासन व्यवस्था समाजवाद ल्याउन असम्भव छ । पुँजीवाद र पुँजीवादी क्रान्तिले व्यापक जनताको हितमा काम नगरेको भुक्तभोगी हामी आफै बन्दैछौँ । क्रान्ति र परिवर्तन एकै दिनमा सम्भव छैन । यसको लागि समय लाग्छ । त्यसैले हामीले पार्टी प्रकाशनको नियमित अध्ययन गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा जानकारी राख्न आवश्यक छ ।
नेपाली कामगरी खाने जनतामा अझै पनि राजनीतिक र सांस्कृतिक चेतनास्तरको कमी छ । नेमकिपाले सुरुदेखि नै विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिमार्फत् आफ्नो विचार र सिद्धान्त जनतामाझ पु¥याइरहेको छ । साहित्य, गीत, सङ्गीत, नाटक, प्रहसन, गीति नाटकमार्फत् जनतालाई बुझाउन सजिलो भएको कुरा विगतमा हुने गरेका विभिन्न साहित्यिक तथा सांस्कृतिक अभियानहरूबाट थाहा पाउँछौँ ।
कविता, गीत वा नाटकले क्रान्तिमा महत्वपूर्ण योगदान दिएको उदाहरण विश्वमा छन् । नेमकिपाका हरेक सङ्घर्ष, आन्दोलनमा साहित्य, गीत, सङ्गीतले उल्लेखनीय भूमिका निभाएको देखिन्छ । सन् १९७० को दशकमा संरा अमेरिकाले भियतनाममाथि हमला गर्दा भक्तपुरका जनताले गाईजात्रा पर्वमा ‘अमेरिकाले भियतनामलाई बम हानेको’ दृश्यमा घिन्ताङघिसी खेलेर अमेरिकी साम्राज्यवादको धज्जी उडाएका थिए । गाईजात्राका सो प्रस्तुतिको दोष नेमकिपाका अध्यक्ष रोहितमाथि लगाएर उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै, रुसी संशोधनवादले अफगानिस्तानमा हमला गर्दा त्यसको विरोधमा कार्टुन प्रदर्शनी भएको थियो । पञ्चायतकालमा भक्तपुरमा गाईजात्राको समयमा पञ्चायतविरोधी गीत वा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत हुन्थे । गाईजात्रामा प्रस्तुत हुने प्रगतिशील ‘गाइँचा प्याखँ’ मा प्रहरी दमनबाट सुरक्षित रहनका लागि नै लाठीको प्रयोग हुन थालेको अग्रजहरू सुनाउनुहुन्छ । नेमकिपाले आज पनि गाईजात्रा पर्वलाई राजनीतिक र सामाजिक क्षेत्रका विकृतिलाई उजागर गर्दै सर्वसाधारणलाई सचेत र शिक्षित बनाउन उपयोग गर्दै आएको छ ।
पश्चिम नेपालमा नेमकिपाको सङ्गठन विकास हुनुमा सांस्कृतिक टोलीको महत्वपूर्ण भूमिका छ । नेमकिपाले विकट गाउँमा रहेका गरीब जनताबीच नेमकिपाको सन्देश पु¥याउन लोकभाकाका देउडा गीत, गीति नाटक र साहित्य प्रस्तुत गर्दै आइरहेको छ । ‘माओवादी’ को सशस्त्र द्वन्द्वकालमा नेमकिपाका कार्यकर्ताहरू दोहोरो मारमा परेका थिए । एकातिर सरकारी सेनाले ‘माओवादी’ भनेर दुःख दिने र अर्कोतिर ‘माओवादी’ ले पनि नेमकिपाका कार्यकर्तामाथि कुटपिट र हमला गर्थे । त्यस्तो अवस्थामा पनि कर्णालीमा माओवादी अराजकतावादको विरोधमा विभिन्न लोकभाकासहितको सांस्कृतिक कार्यक्रम भएका थिए । त्यही समयमा कालीकोटको राम्नाकोटमा माओवादी हमला हुँदा नेमकिपाको सांस्कृतिक टोलीको सामग्रीसमेत लुटपाट भएको थियो ।
सांस्कृतिक पक्षको महत्वलाई व्यापकता दिन नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ वि.सं. २०५२ सालमा स्थापना भयो । नेपाल सांस्कृतिक सङ्घका संस्थापक अध्यक्ष आशाकाजी बासुकला हुनुहुन्छ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको नाउँमा आज पनि जिल्ला – जिल्लामा विविध प्रकाशन, साहित्यिक तथा सांस्कृतिक गतिविधिमार्फत् नेमकिपाले वैचारिक सङ्घर्ष तथा जनचेतना फैलाउने कार्य गरिरहेको छ । समयसँगै सांस्कृतिक गतिविधिको प्रभावकारिता र माग बढ्दो छ ।
समयसँगै पार्टीअन्तर्गत विभिन्न नामका सांस्कृतिक टोलीहरू गठन भयो । विद्यार्थी हित समितिअन्तर्गत सांस्कृतिक समिति, आस्था सांस्कृतिक परिवार, वालाम्हेन्दो सांस्कृतिक परिवार काभ्रे, जनआस्था सांस्कृतिक परिवार रूपन्देही, युवा साहित्य गोष्ठी आदिको गठन पुनर्गठनले पार्टीको सांस्कृतिक गतिविधिमा एक नयाँ अध्याय थपियो । नेमकिपाको समाजवादी प्रचार अभियान प्रभावकारी बनाउनमा यी सांस्कृतिक टोलीहरूको महत्वपूर्ण योगदान रह्यो ।
पञ्चायतविरोधी सङ्घर्ष, महाकाली सन्धिको विरोध, प्रतिगमनविरोधी आन्दोलन, वि.सं २०६२–६३ सालको जनआन्दोलनपछि भएको समाजवादी प्रचार अभियान कार्यक्रम, संविधानसभाको चुनाव, स्थानीय निकायको चुनाव आदिमा साहित्यिक तथा सांस्कृतिक टोलीले आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।
अतः नेपाल मजदुर किसान पार्टीले विविध प्रकाशन, साहित्यिक र सांस्कृतिक माध्यमबाट वैचारिक सङ्घर्ष तथा जनचेतना फैलाउने कार्य हिजो पनि गरेको थियो, आज पनि गरिरहेको छ । कार्यक्रम प्रभावकारी बनाउन निरन्तरता दिनु आवश्यक छ ।
Leave a Reply