भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
–ल्यु ¥यु
चिनियाँ र भारतीय सिमानामा तनाव शुरु भएको पाँच हप्ताभन्दा बढी भइसकेको छ । दुई छिमेकी देशबीचको यो तनाव लडाईमा बद्लिने हो कि भन्ने चिन्ता व्यापक छ ।
चीन युद्ध चाहँदैन । धेरै भारतीय सञ्चारमाध्यमहरुले सिमानामा तनावको लागि चीन नै दोषी भएको भन्दै प्रचार र विश्लेषणा गरिरहेका छन् । चीनले आफ्ना आन्तरिक समस्याबाट ध्यान अन्त तान्न यो द्वन्द्वको तानाबाना बुनेको निष्कर्षमा उनीहरु पुग्ने गरेका छन् । ती सञ्चारमाध्यमहरुले अहिलेको तनावलाई यो वर्ष हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनसँग समेत जोडेर विश्लेषण गरिरहेका छन् । यस्ता हचुवा विश्लेषणहरु चीनबारे भारतीय सञ्चारमाध्यम र विद्वानहरुको अल्पज्ञान प्रष्ट भएको छ ।
मलाई जहाँसम्म जानकारी छ, भारतमा चीनविद्हरु दुई सयभन्दा बढी छैन । उनीहरुमध्ये दश प्रतिशतलाई मात्र चिनियाँ भाषा पढ्न र बोल्न आउँछ । उनीहरुमध्ये अधिकांश संरा अमेरिका र युरोपबाट प्रकाशित प्रकाशनहरु र चीनबाटै प्रकाशित हुने केही अंग्रेजी भाषाका प्रकाशनहरु पढेर चीनबारे आफ्नो धारणा बनाउने गर्दछन् । तर दुःखको कुरा उनीहरुले आफूलाई चीनबारे धेरै कुरा थाहा भएको भ्रम पालेका छन् ।
चीनमा बसेका भारतीय संवाददाताहरु मुस्किलले चिनियाँ भाषा बुझ्छन् । उनीहरुमध्ये कोही कोही त चीनलाई अझै पनि ‘कम्युनिष्ट चीन’ भनी व्याख्या गर्ने गर्दछन् । यो आजभन्दा ४० वर्षअघि प्रयोग हुने शब्दावली हो । दुःखको कुरा त के हो भने भारतको बुझाई र मूल्याङ्कनलाई यिनै व्यक्तिहरुले आकार दिने गरेका छन् ।
चीनका धेरै आन्तरिक समस्या छैनन् । कम्तीमा भारतले आज सामना गरिरहेका समस्या जत्तिका जटिल समस्याहरु चीनमा छैनन् । वास्तवमा उन्नाइसौं महाधिवशेनको तयारीको लागि चीनमा आन्तरिक सद्भाव र शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरणको आवश्यकता छ । द्वन्द्वको त कुरा कहीं कतै छैन । यो कुरा बुझ्न आज भारतीयहरुलाई गाह«ो परेको छ ।
मैले भेटेका केही भारतीय विज्ञहरुले सन् १९६२ मा आफ्ना आन्तरिक समस्याबाट ध्यान अन्यत्र तान्न चीनले भारतसँग युद्ध भड्काएको जिकिर गरेको सुनें । जवाफमा मैले भने,‘लौ एक छिनलाई मानौं, त्यो सत्य हो । त्यसो भए किन चीनले त्यसको लागि भारतलाई नै चुन्यो त ?’
चीनसँग सिमाना जोडिएका संसारका अरु सबै देशहरुसँग भूमि र सीमा विवाद सल्टाइसकेको छ । तर भारत र भुटानसँग भने अझै त्यो काम गर्न बाँकी नै छ । के यो तथ्य चिन्तनयोग्य विषय होइन र ?
रणनीतिक अवसराको शान्तिपूर्ण समय लम्ब्याउन सके चीनको राष्ट्रिय हितलाई टेवा पुग्न जानेछ । भारतीय सिमाना सुरक्षा बलले चिनियाँ भूमि दोक्लामबाट दुई देशको सिमाना उल्लंघन गरे पनि चीन सरकारले संयम कायम राखेको छ । भारतका प्रधानसेनापत्ति विपिन रावत भारतीय सेना ‘साढे दुई मोर्चा’ बाट आफू लड्न तयार रहेको र केही भारतीयहरु आफ्नो सेना चिनियाँ सेनालाई बढार्न तथा सन् १९६२ युद्धको पराजयको बदला लिन मनग्य बलियो भएको विश्वास गर्दछन् । तथापि भारत युद्ध चाहँदैन ।
सन् १९८० को दशकमा भारत र चीनको आर्थिक अवस्था समान थियो । तर आज चीनको कुल ग्रार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयको पाँच खण्डको एक खण्डमात्र भारतसँग छ । बितेका २० वर्षमा भारतमा भएका सुधार र विकासले भारतको अर्थतन्त्रमा बलियो जग बसालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुधार र उपयुक्त अन्तर्राष्ट्रिय परिस्थितिका कारण आज भारत तीब्र आर्थिक विकासको अवधिमा छ ।
यदि अहिलेको परिस्थितिमा भारतले चीनसँग ठूलो आकारको लडाई गरे त्यसले भारतमा तानिएका विदेशी लगानीलाई मात्र भगाउने होइन बरु भारतीय अर्थतन्त्र समेतलाई अलगथलग बनाउने पक्का छ । कदाचित यो लडाई संक्षिप्त भए पनि यसले चीन र भारतलाई लामो समयसम्म तनावको अवस्थामा राख्नेछ । त्यस्तो अवस्थामा भारतको आर्थिक वृद्धिदर प्रभावित हुनेछ र उत्थानका सबै अवसरमा पानी पोखिनेछ ।
भनिन्छ, युद्ध पूर्णतः असम्भव छैन । इतिहासमा पूर्णतः गलत समय र गलत स्थानमा अनावश्यक लडाई लडिएका थुप्रै नजीरहरु छन् । अहिले भने दुवै पक्षले नचाहेको यो लडाई हुन नदिन प्रयास गर्नु नै कुटनीतिक क्षेत्रको प्रमुख लक्ष्य हुनुपर्दछ । यस परिस्थितिमा उनीहरुले सतही काम गर्नु गलत हुनेछ । भारतको विदेश नीतिका कारण भएको सन् १९६२ को लडाईका कारण चीनप्रति भारतीयहरुलाई दशकौंसम्म आक्रामक बनाइरह्यो । आजको परिस्थितिमा दुई देशबीच लडाई हुनुले दुवै देशबीच शताब्दियौंसम्म कहिल्यै नमेटिने शत्रुता हुन सक्दछ ।
सिमानाको तनाव कुटनीतिक तरिकाबाट समाधान गरिहाले पनि दुई देशबीचको कुटनीतिक सम्बन्ध केही खुजमुजिएको छ । यसले चीन–भारतबीचको सम्बन्धमा लामो समयसम्म असर गर्नेछ ।
अहिलेको तनावको सकारात्मक पक्ष के भने यसले दुवै सरकारलाई एक अर्कालाई राम्ररी चिन्न सक्षम बनाएको छ । यदि एक पक्षले रणनीतिक धम्कीमा जोड दिन्छ भने त्यसले अर्को पक्षलाई आशंकामा धकेल्नेछ र अन्ततः द्वन्द्वको नियति भोग्नुपर्नेछ । तर यदि दुवै पक्षले संवादमार्फत आफूमा भएका असमझदारीहरु निपट्न सके र कुटनीतिक सम्बन्धमा सुधारलाई सरकारी तथा जनस्तरमा सम्बन्ध विकास गर्न आवश्यक कदम चाल्न सके अहिलेको द्वन्द्व कालो बादल वरपरको चाँदीको घेरासिद्ध हुनेछ ।
लेखक चीन पश्चिम नर्मल विश्वविद्यालयअन्तर्गत भारत अध्ययन केन्द्रका निर्देशक एवं चर्हर प्रतिष्ठानका अध्येता हुन् । स्रोतः ग्लोबल टाइम्स opinion@globaltimes.com.cn
अनुः नीरज
Leave a Reply