भर्खरै :

नवदुर्गा द्योछेंमा यो वर्षको खम्ये

दशैंको महानवमीमा बली दिइने खम्ये(राँगो) सोमबार नवदुर्गा द्योछें(देवगृह)मा भित्र्याइएको छ । भक्तपुर लिवालीका रामभक्त प्रजापतिले एक लाख ५ हजार मोल परेको राँगो नवदुर्गा भवानीसमक्ष चढाएका हुन् ।
द्योछेंमा नवदुर्गाकी नकीं सुवर्णकेशरी बनमालाले खम्येको पुजा गरी भित्र्याएकी थिइन् ।
सोमबार भित्र्याइएको खम्येलाई झण्डै तीन महिना नवदुर्गा द्योछेंमा राखी रेखदेख गर्ने परम्परा छ । दशैंको महानवमीको साँझ द्योछेंबाट उन्मक्त बनाई भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीस्थानमा जात्रा गरी पु¥याउने र सोही राति खम्येलाई तान्त्रिक अनुष्ठान गरी बली दिने चलन छ ।
यसरी बली दिइने खम्येलाई कुनै पनि घाउचोट–पटक लागेको हुन नहुने, पुच्छर र सिंगमा कुनै खोट नभएको हुनुपर्ने विश्वास छ ।
महानवमीको राति बली दिएर नवदुर्गाको नयाँ जन्मको हुने र यसरी जन्म भएको नवदुर्गा दशमीको दशमीको दिनभर पुजाआजा गर्ने परम्परा रहेको छ । दशमीको राति नवदुर्गा ब्रम्हायणीबाट तलेजु जाने चलन छ ।
हाल नवदुर्गा गुठीमा दुर्गाप्रसाद बनमाला, इन्द्रबहादुर बनमाला, र बुद्धिबहादुर बनमाला नाइके छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *