रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
मस्को, २५ फेब्रुअरी (एजेन्सीहरू) । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् । राजधानीमा रूसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो ।
“युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौँ”, लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने ।
पुटिन र म्याक्रोनबीच छलफल
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । ‘फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको’ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही सुरू गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत व्याख्या गरेको जनाइएको छ । दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ ।
युक्रेनको राजधानी सहरमा रूसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि डोनबास क्षेत्रका मानिसहरूलाई ‘सुरक्षा’ गर्न विशेष सैन्य अपरेसनको आदेश दिइएको रूसको दाबी छ ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले रूसको सैन्य कारबाहीको निन्दा गरेका छन् र रूसविरूद्ध प्रतिबन्ध लगाएका छन् ।
अमेरिकाले भियतनामबाट पाठ सिकेन ः पाकिस्तानी राष्ट्रपति अल्वी
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेको’ भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
अल्वीले ‘दक्षिण एसियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । “मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन ।” अल्वीले भने ।
राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गर्नुभएको थियो । यद्यपि, विश्लेषकहरूले यो भ्रमणलाई ‘असान्दर्भिक’ र ‘मूर्खतापूर्ण’ भनेका छन् ।
Leave a Reply