भर्खरै :

नेपालको पक्षमा अत्यन्त उचित कूटनैतिक अभिव्यक्ति

काठमाडौँ, १३ फागुन । पत्रपत्रिकाहरूले समसामयिक घटनाहरूबारे आ–आफ्नो मत तथा टीका–टिप्पणी प्रस्तुत गर्छन् । अर्को भाषामा भन्नुपर्दा पत्रपत्रिका जनमत तयार गर्ने माध्यम हो । केही दशकअगाडि मध्यपूर्वको कुनै देशको विषयमा विचार र मत बुझ्न त्यस देशबाट प्रकाशित हुने केही पत्रपत्रिकामा भर पर्नुपथ्र्यो । प्रस्ट भाषामा भन्नुपर्दा केही पत्रपत्रिकाहरू कुनै न कुनै दूतावासको सहयोगमा चलेका हुन्थे । तर, अहिले पुँजीवादी देशहरूका प्रचारमाध्यम उद्योग–वाणिज्यसँग सम्बन्धित वस्तुहरूको विज्ञापनबाट चलिरहेका छन् ।
केही दिनअगाडि एमसीसीबारे अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाली नेताहरूलाई टेलिफोनमार्फत र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले ‘चेतावनी’ र ‘धम्की’ को भाषामा एमसीसी संसद्बाट पारित नगरेमा दुई देशको सम्बन्धमा ‘प्रभाव’ पर्ने र ‘सहयोग’ मा समेत असर पर्ने बताएका थिए ।
त्यसबारे नेपालका पत्रपत्रिकाले टीका–टिप्पणी गरेर सरकार, देश र जनतालाई सहयोग ग¥यो । कहिलेकाहीँ कूटनैतिक सम्बन्धमा तिक्तता नहोस् भनी सरकारले टीका–टिप्पणी गर्दैन, बरु प्रचारमाध्यममार्फत देश र जनताको मत जाहेर गरिन्छ । प्रजातान्त्रिक परिपाटी राम्ररी चलेको देशमा सरकारलाई दबाब तथा आलोचनामार्फत जोगाइन्छ । नेपाल (पञ्चायत कालमा) र भारतबीच मनोमालिन्य चर्केको बेला ‘अराष्ट्रिय तत्व’ बाट नेपालीमाथि हमला र बम काण्ड हुँदा चिनियाँ उपप्रधान तथा परराष्ट्रमन्त्री चेन यीले ‘नेपाललाई आक्रमण गरेमा हामीलाई आक्रमण गरेको ठहर्ने’ वक्तव्यले नेपाललाई आफ्नो स्वाधीनता र सार्वभौमिकता जोगाउन सहयोग पुग्यो ।
संरा अमेरिकाको झिलिमिलीमात्रै देख्नेले संरा अमेरिकाको राज्य विस्तार र समृद्धिमा अफ्रिकी जनता, अमेरिकी आदिवासी, दक्षिण अमेरिकी हिस्पानीयालीहरूको कति रगत र पसिना बगेको थियो, सायद थाहा नहुन सक्छ । पाँचौँ राष्ट्रपति मुनुरोको ‘अमेरिका अमेरिकीहरूको निम्ति’ नीतिपछि मेक्सिको, क्यारेवियाली देशहरू र दक्षिण अमेरिकी जनताले ‘आ–आफ्नो स्वाधीनताको निम्ति आवाज उठाएको इतिहासका पानाहरूमा दर्ज छन् । पनामा नहर बनाउन संरा अमेरिकाले त्यहाँका आदिवासीहरूलाई कोलम्बियाविरुद्धको गृहयुद्धमा मद्दत गरेर पनामालाई नयाँ स्वतन्त्र राज्य बनाउन दियो र ९९ वर्षको निम्ति लिजमा लियो । म्याद नाघेपछि पनामाली जनताले अमेरिकी सेना फिर्ता पठाउन र पनामा नहरलाई मुक्त गर्न सङ्घर्ष गर्दा पनामाका तत्कालीन राष्ट्रपतिलाई पक्राउ गरी अमेरिका लगियो र आजसम्म उनी बेपत्ता छन् ।
टाढा नजाऔँ, सन् १९५९–६० मा दक्षिण कोरियामा संरा अमेरिका आफैले राष्ट्रपति बनाएका सिँग मन रीलाई उनको आफ्नै सेनाद्वारा हत्या गर्न लगाइयो । यो कुरालाई उनकी पत्नीले अमेरिकामा भएको पत्रकार सम्मलेनमा बताएकी थिइन् ।
दक्षिण भियतनाम मुक्त हुनुभन्दा पहिले अमेरिकाबाटै राष्ट्रपति बनाइएका थ्यु कीलाई उनको आफ्नै सेनाद्वारा हत्या गर्न लगाइयो ।
सद्दाम हुसेनले देशको सार्वजनिक पेट्रोल खानीलाई निजी गराउन नमान्दा र संरा अमेरिकी डलरको सट्टा इराकमा युरो डलर चलाउन खोज्दा तथा लिवियाली राष्ट्रपति कर्नेल गद्दाफीले संयुक्त राष्ट्र सङ्घको मुख्य कार्यालय अर्कै महादेशमा राख्ने प्रस्ताव राख्दा संरा अमेरिकाले दुवैको ज्यान लियो । यो विषयले अहिले नेपाली काङ्ग्रेस र नेपालका अन्य राजनीतिक पार्टीहरूका संसदीय दलहरूमा चर्चामात्रै होइन सन्त्रास फैलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सम्भावित अन्य प्रधानमन्त्रीहरूको स्थिति दयालाग्दो छ ।
यस्तो सन्त्रासको अवस्थामा नेपालको पक्षमा बोल्ने साहस कुन देशले देखायो ? नेपालको स्थिति र जिम्मेवार नेताहरूबाट जानकारी पाएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक ढङ्गले सोधिन् –‘उपहार’ कसरी ‘अल्मिेटम’ हुनसक्छ ? ‘उपहार’ हो वा पाण्डोराको बाकस ? ’
नेपालको पक्षमा त्यो अभिव्यक्ति अत्यन्त कूटनीतिक र साहित्यिक छ । पाण्डोराको बाकसबाट आशाबाहेक रोग, भोक, दुःख र पीडा सबै बाहिर आउनेछन् ! यसकारण, त्यो अभिव्यक्तिलाई ‘अस्वाभाविक चिनियाँ टिप्पणी’ सम्झनु हतार र अ¥हाएको टिप्पणी भन्नु उचित होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *