भर्खरै :

एसिया प्रशान्त क्षेत्र ठूला मुलुकबीच प्रतिस्पर्धा गर्ने ठाउँ होइन – चीन

पेइचिङ, ५ वैशाख (सीआरआई) । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल १८ मा आयोजित पत्रकार सम्मेलनमा एसिया प्रशान्त क्षेत्र ठूला मुलुक बीचको प्रतिस्पर्धाको ठाउँ नभई सहयोगात्मक विकासको ठाउँ रहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा वाशिङ्टनमा हुने अमेरिका–आशियान विशेष शिखर सम्मेलनमा आसियानका मुलुकहरूका नेताहरूको सत्कार गर्ने कार्यक्रम छ । अमेरिकाले स्वतन्त्र, सुरक्षित र जोड्ने एसिया प्रशान्त क्षेत्रलाई अघि बढाउने उद्देश्य लिएर उक्त विशेष शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ । यस कुरालाई लक्षित गर्दै प्रवक्ता वाङले उक्त कुरा बताउनुभएको हो ।
प्रवक्ता वाङले वर्तमान एसिया प्रशान्त क्षेत्रका शान्ति, स्थायित्व र विकासको स्थिति रहेको छ भन्दै अमेरिकाले यस क्षेत्रको शान्ति, विकास र समृद्धिका लागि उपयोगी काम गर्ने आशा व्यक्त गर्नुभयो ।
जापानको आणविक प्रदूषित पानी डिस्चार्ज योजनाको चीनद्वारा निन्दा
यसैबीच चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जापानको आणविक प्रदूषित पानी डिस्चार्ज योजना गैरजिम्मेवार भएको बताउनुभएको छ ।
अप्रिल १८ मा पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले उक्त कुरा बताउनुभएको हो ।
रिपोर्टका अनुसार, जापानी आणविक नियामक समितिले फुकुशिमा दाइची आणविक ऊर्जा संयन्त्रको आणविक प्रदूषित पानी डिस्चार्ज योजनाको समीक्षा पूरा गरेको र उक्त योजनालाई सैद्धान्तिकरूपमा स्वीकार गरेको छ ।
आगामी मे महिनामा उक्त समीक्षा नतिजाको औपचारिकरूपमा सार्वजनिक गर्ने योजना छ । त्यसबारे पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङ वनपिनले जापानको उक्त गतिविधि एकदमै गैरजिम्मेवार भएको र चीनले सही निर्णय गरेर प्रदूषित पानीको उचित व्यवस्था कार्यक्रम खोज्न जापानलाई ताकिता गरेको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *