अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हामीले राजनीतिलाई पदप्रधान बनायौँ । यहाँ मैले ‘हामीले’ भनेको नेपालको सन्दर्भमा मात्र नभनेको र आजको विश्व राजनीतिकै प्रसङ्गमा भनेको हो भन्ने बुझ्यो भने आजको राजनीतिको यो छिचोली नसक्नु झाडी छिचोल्न किञ्चित सहज हुन्छ । अन्यथा चौटा खान आएकी बुढी झोलमा डुबेर मरी हुनपुग्छ । राजनीति मूल्यवानमात्र होइन अमूल्य हो । तर त्यो अमूल्य राजनीतिलाई निष्काम रूपमा प्रयोग गरिन लाग्यो संसारका हामीजस्ता बाटो नलागेको मुलुकमा मात्र होइन एक बाटो लागिसकेका कतिपय अरू देशमा पनि । श्रीलङ्का बौरिन्छ कि बौरिँदैन पक्कापक्की भन्न सकिने अवस्था छैन । हामी नेपाली मकै, गहुँ, चामल र धानसमेत भारतबाट अति धेरै झिकाउन लागेका छौँ । त्यस अतिरिक्त मेथी, ज्वानु, लसुन, प्याज, सूठो र हुँदा हुँदा गुन्द्रुक पनि आयात गर्दारहेछौँ । ड्राइ फ्रुटस नेपालमा उत्पादन हुँदैन, बाहिरबाट झिकाउनुपर्छ तर नेपालमा प्रशस्त उत्पादन गर्न सकिने गुन्द्रुकको आयात गर्न थालेपछि हाम्रो अर्थतन्त्रको घट्ट कहिले घुम्न थाल्ला ? अनुमान गर्न सकिँदैन । केरा, मेवा, सुन्तलाजस्ता फलफुल पनि करोडौँ रूपियाँको होइन अर्बौँ रूपियाँको आयात हुँदोरहेछ । सुन्तला, ज्यामिर, भोगटे, सुर्ती, गाँजा, कागतीजस्ता फलफुल आफै उम्रने, आफै हुर्कने, आफै फल्ने गुणस्तरको माटो छ नेपालको । यस्तो उत्पादक माटो संसारका कम मुलुकमा मात्र पाइन्छ । तर, के गर्नु हामी माल पाएका चाल नपाएका मान्छे प¥यौँ ।
प्रधानमन्त्री हिजो चिया बेच्थे
जे पनि गरे हुने त हो । नगरे कहाँ पो के हुन्छ र ? हामी भन्नेमात्र तर नगर्ने मान्छे परेछौँ । नेपालसँगसँगै स्वतन्त्र वा नेपालभन्दा पछि, धेरै पछि स्वतन्त्र भएका वा वैदेशिक दासताबाट मुक्ति पाएका प्रायः सबै मुलुक नेपालभन्दा धेरै माथि उठिसके । यी सारा कुरा थाहा छ हाम्रा ठूला मान्छेलाई तर थाहा हुँदा हुँदै पनि केही नगर्ने, गर्न नै नखोज्ने । धिङ्न्याहा बानी छ । यसरी कुन राष्ट्रले प्रगति गरेको छ । यो भूगोलको यो पाटो वा तल्लो पाटोमा पनि त्यही हो । जो जुर्मुराएर उठ्यो, ऊ लड्यो, उठ्यो, फेरि लड्यो, फेरि पनि उठ्यो । आखिर गरि छोड्यो । स्वयं भारतका हालका प्रधानमन्त्री चिया पकाएर बेच्थे रे ¤ नगरेको भए त्यत्रो विशाल भारतको दोहो¥याएर प्रधानमन्त्री बन्न सक्थे ? तर, हतास नभई उत्साहित भएर अघि बढ्न खोजे । अघि बढ्न खोज्दा सधैँ सजिलो हुँदैन । बीचबीचमा कामले नै आफ्नो मान्छेको परीक्षा लिन्छ यो मान्छे कामप्रति कति हदसम्म समर्पित छ भनी परीक्षा लिन्छ । त्यो कठिनतम् एवं कठोर परीक्षामा सिङ्गौरी खेलेर विजयी हुन्छ वा लुच्चो भई भाग्छ । त्यो हेर्दै परिस्थितिले र प्रतिकूल पनि हुनसक्छ । अनुकूल हुँदा बढी उत्साहित हुने र प्रतिकूल हुँदा निराश भई पलायन हुने मान्छे कहिल्यै कतै सफल हुन सहज हुँदैन ।
बिर्को खोल्न नपर्ने
राजनीतिले जनता छोडेको हो कि जनताले राजनीति छोडेको हो केही पत्तै छैन । आउँदो ३० गते ७५३ वटा स्थानीय सरकारको निर्वाचन छ । सिंहदरबार ७५३ ठाउँमा पुग्दै छ सैद्धान्तिक दृष्टिमा । विगत चार–पाँच वर्षमा त्यति ठाउँमा सिंहदरबार पुगिसक्नुपर्ने तर थोरै ठाउँमा मात्र पुग्यो सिंहदरबार । सिंहको रस थोरै थोरैले मात्र पाए धेरैले सिंहदरबारको रस पाएनन् । छोक्रामात्र पाए । टाठा–बाठा केही सय वा हजार पालिकाको केही मान्छेले सिंहदरबार पाए रसको स्वाद लिए, हजारौँ, लाखौँ मान्छेले सिंहदरबारको झिङ्गा लागेको छोक्रामात्र पाए । अब यही ३० गते हुने दुवै थरी पालिका गाउँ र नगरको निर्वाचनको जुन माहोल देखिनुपर्ने हो, छैन छैन पटक्कै देखापरेको छैन । उही सम्भावित एवं आकाङ्क्षी उम्मेदवार एवं तिनका गाउँ र टोलका केही ठेउकाहरूमा अलि अलि छाएको छ । उम्मेदवार नतोकिएकैले पैसा बजार पुग्न पाएको छैन । धराने काला बँडेलहरू ढल्न लागेका छैनन् लेबल ब्लाय्क वा रेडको बिर्को खुल्न लागेका छैनन् । यता गरूका प्रत्याशीहरू भने हलुका उम्मेदवार खोयाबिर्केहरू पनि खुल्न बाँकी नै छन् । गल्ली नै डुङडुङती भएर हिँड्नै नहुने दिन पनि आएका छैनन् । जब गल्ली नै गन्धमय हुन्छ तबमात्र सर्वसाधारणलाई आभास हुन थाल्छ चुनाव आएछ भन्ने कुरा । टाउकाको टोपी खसेकोसम्म पनि थाहा नपाउने गरी टिल्ल भएपछिको अवस्था नआउँदासम्म भने सर्वसाधारण मतदातालाई के चुनाव ? के नचुनाव ? उनै राजनीतिक भट्टहरूको लागि भने सधैँ चुनाव । नेपाल हमेसा बिर्को खुलेकै हुने । बिर्को खोल्ने काम पनि गर्नु नपर्ने । तब न शोख ।
आए पनि नहुने नआए पनि नहुने
स्थानीय तहको यही वैशाख ३० गते हुने चुनाव राजनीतिक पार्टीहरूका निम्ति राजनीतिक वैतरणी नदी भएर आयो तर्ने, नतर्ने तर कसरी तर्ने नतरे किन नतर्ने । हुन त हरेक तहको निर्वाचन राजनीतिक दलहरूका निम्ति कथाको वैतरणी नदीकै रूपमा आउँछन् । थोरै पार्टी वा व्यक्तिमात्र त्यो वैतरणी तर्न सक्छन् धेरै तर्न सक्दैनन् । यही वैशाख ३० गते ७५३ वटै वैतरणीको परीक्षा छ । धेरै पार्टी र व्यक्ति ती वैतरणी तर्ने प्रयत्न गर्दै छन् । तर जति जनाले प्रयत्न गरे पनि अन्ततः सफल हुने एकजना पात्रमात्रै हो । त्यो पार गर्ने होड छ धेरै जनामा । त्यहाँ पाँचदलीय गठबन्धन सत्तारूढ छ । यो गठबन्धनका निम्ति स्थानीय तहको निर्वाचन झन् कडा वैतरणीको रूपमा आयो । यो बडो सकस भएर आयो । तर ६ वटा महानगर र ११ वटा उपमहानगरमध्ये कुन दल कुन कुन वैतरणी तर्ने भन्ने चाहिँ कडा हाडको रूपमा आएको देखियो । त्यो भागबन्डा मिलाउन सकसै परेको छ । यो सामग्री तयार गरूञ्जेल भाग लागिसकेको थिएन । पद प्राप्ति नै आजको राजनीतिको अभिष्ट मानियो । पद थोरै आकाङ्क्षी धेरै । कसरी बाँड्ने निकै कठिन उकालो परेको छ । हिजो अस्ति सास गन्हाउनेहरूबीच पनि चोचोमोचो मिल्यो ठाउँ–ठाउँमा । गठबन्धन भनेकै सजिलो होइन । यदि समझदारी गरिएन भने गठबन्धन नै ढल्छ, कायम राखौँ आफ्नो दलको अस्तित्व नै धरमराउँछ । सबै पार्टीसामु आएको यो स्थानीय चुनाव कसरी सम्पन्न हुन्छ हेर्नु छ । चुनाव आए पनि नहुने नआए पनि नहुने ? राजनीति भनेकै यही त होला नि ?
Leave a Reply