भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

भक्तपुर, १ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएका क्षेत्रको बुधबार निरीक्षण गर्नुभएको छ ।
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरू डुबानमा परेका छन् ।
सोही अवसरमा उहाँले भक्तपुर नपा वडा नं. ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नं. ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गर्नुभयो । स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गर्नुभयो । उहाँले सक्दो चाँडो व्यवस्थाको लागि प्राविधिकहरूमार्फत कार्य अघि बढाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *