भर्खरै :

बोडेको कमलपोखरी सार्वजनिक ठहर

मध्यपुर, १ असार । मध्यपुर वडा नं. ८ मा रहेको बोडेको कमलपोखरीलाई पाटन उच्च अदालतले सार्वजनिक पोखरी ठहर गरेको छ ।
१५ रोपनी ९ आना क्षेत्रफल भएको सो पोखरीलाई २०४२ मा निजी दर्ता गरी कान्छी पोडेनीले पाँच छ जनालाई बेचेकी थिइन् । पोखरी माटोले पुर्न लागेपछि बोडेवासीले विरोध गरेका थिए । त्यसपछि सो पोखरी सार्वजनिक कायम गर्न ऐतिहासिक कमलपोखरी संरक्षण समिति गठन गरिएको थियो ।
समितिले पोखरी निजी गर्न खोज्नेविरुद्ध २०६६ मा भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । समितिले जनतालाई सुसूचित पार्न समय – समयमा गोष्ठी, अन्तरक्रिया आदि सञ्चालन ग¥यो ।
बोडेवासी जनता पोखरी सार्वजनिक गर्न निरन्तर लागिपरे । उनीहरूले अदालतमा धर्ना पनि दिए । त्यस मुद्दामा अधिवक्ताहरूले निःशुल्क बहस पैरवी गरेका थिए ।
यसअघि भक्तपुर जिल्ला अदालतले उक्त पोखरीलाई सार्वजनिक पोखरी भनी फैसला गरेको थियो । जिल्ला अदालतको उक्त पैmसलापछि पोखरी निजी गर्न खोज्नेहरूले उच्च अदालत पाटनमा पुनरावलोकनको निम्ति निवेदन दिएका थिए ।
पाटन उच्च अदालतले भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको हो ।
उच्च अदालतको फैसलापछि खुसीयालीमा आज बोडेमा ¥याली गरी नगर परिक्रमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *