भर्खरै :

भेलुखेलस्थित कम्पोस्ट साइटमा सफाइ कार्यक्रम

भक्तपुर, १ असार । भक्तपुर नगरपालिकाअन्तर्गतको वातावरण तथा पर्यटन समितिको निर्णयअनुसार बुधबार वडा नं. ५ को भेलुखेलस्थित कम्पोस्ट साइट क्षेत्रमा सरसफाइ कार्यक्रम भयो ।
हरेक महिनाको १ गते र १५ गते सरसफाई अभियान थालनी गर्ने समितिको निर्णयअनुसार भेलुखेल क्षेत्रमा सरसफाइ कार्यक्रम भएको हो । स्थानीय तहको निर्वाचनपछि भनपामा निर्वाचित जनप्रतिनिधिहरूले सञ्चालन गरेको सरसफाइअन्तर्गत यो कार्यक्रम भएको हो । यसअघि भाज्या पुखु (पोखरी) मा भएको थियो ।
भेलुखेलमा भएको सो सफाइ कार्यक्रममा राजनीतिक तथा सामाजिक कार्यकर्ता, सामाजिक संस्थाका प्रतिनिधि, आदर्श आजाद, विद्यार्थी निकेतन, विद्या आर्जन, प्रोक्सिमा विद्यालयका विद्यार्थी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो ।
सफाइ कार्यक्रमको समापनमा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो भने वडा सदस्य नारायणप्रसाद त्वानावासुले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *