भर्खरै :

समाज परिवर्तनमा लेखक, कवि र कलाकारहरूको योगदान हुने

गाईजात्रा सांस्कृतिक पर्व हो । नाचगानको राजधानी भक्तपुर सहरमा गाईजात्रा अवधिभर टोल–टोलमा विभिन्न परम्परागत नाचहरू देखाइन्छ । यो व्यङ्ग्य गर्ने जात्रा पनि हो । वर्षभरिमा भएका राम्रा पक्षको उजागर र नराम्रा पक्षको कमजोरी औँल्याउने सन्देशमूलक या चेतनामूलक जात्रा पनि हो । विभिन्न ख्याल, गीत, नाटकमार्फत जनतालाई बुझाउने एउटा माध्यम पनि हो । गाईजात्रा यहाँका पर्व र नाचगान जोगाउने पर्व पनि हो, मनोरञ्जन गर्ने पर्व पनि हो । जनताको नागरिक भावना र सांस्कृतिकस्तर उठाउने कार्यक्रम पनि हो । यो विकृति, विसङ्गतिविरूद्ध घोचपेच गर्ने मौका पनि हो ।
यहाँका नाचगानको संरक्षण गर्न, कला र संस्कृतिलाई जीवन्तता दिन र जनतालाई सामाजिक, राजनीतिक र सैद्धान्तिकरूपमा सचेत बनाउन भनपाले सोमबार लेखक, कवि र कलाकारहरूको भेला ग¥यो । भेलामा वक्ताहरूले गीत, नाटक, ख्याल आदि विधामार्फत जनताको समस्या केलाउन, कमीकमजोरी औँल्याउन कवि, लेखक र कलाकारहरूले सहयोग गर्नुपर्नेमा जोड दिए । आदर्शोन्मुख समाज स्थापना गर्न या समाज परिवर्तन गर्न राजनीतिक कार्यकर्ताको मात्र होइन कवि, कलाकार र लेखकको पनि महत्वपूर्ण योगदान हुन्छ । पैसाको निम्ति मरिहत्ते गर्ने यो पुँजीवादी समाज बदल्न सिद्धान्त र विचारको लडाइँ गर्नुपर्ने हुन्छ । परिश्रमी जनताका छोराछोरीलाई नायक–नायिका बनाएर ख्याल, नाटक रचे जनताले सजिलै बुझ्ने र जनतामाझ पुग्नेछ । यस वर्षको गाईजात्राले जनतालाई कुनै न कुनै शिक्षामूलक सन्देश दिनेछ । सन्देश बाँड्न या जनतामाझ पु¥याउन कवि, कलाकार र लेखकहरूको योगदान छ, त्यो योगदान पूरा गर्नुपर्ने काम सम्बन्धित सबैको जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *