भर्खरै :

पेलोसी र पेइचिङ

पेलोसी र पेइचिङ

 (पेलोसी मङ्गलबार साँझ ताइवान आइपुगेकी छिन् । उनले सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापानको मात्र भ्रमण गर्ने कार्यक्रम थियो । तर अन्तिम समयमा ताइवानलाई उनको भ्रमणमा सामेल गरेको र राष्ट्रपति जो बाइडेनलाई पनि यति नै बेला भ्रमणको जानकारी दिइएको समाचार माध्यमहरूले जनाएका छन् । ताइवानको भ्रमणले अन्य देशको उनको भ्रमण ओझेल पर्न गएको छ । पेलोसीको ताइवान भ्रमण हुनुभन्दा अगाडि लेखिएको यो लेख सूचनामूलक हुनाले प्रकाशित गरिएको हो । स्रोत ः एमआर अनलाइन ।)
अमेरिकाले चीनलाई जिस्काउन खोजेको देखेर वेस स्मीथ विस्मित छन् ः
“नवरुढीवादीहरूले अमेरिकी वर्चस्वको दिन निख्रिएको देख्न नसकेको देखिन्छ । पेलेसीको भ्रमणबाट उनीहरूले चीनलाई जिस्काउने मात्र नभई उक्साउने काम पनि गर्ने देखिन्छ । उपराष्ट्रपति ह्यारिसपछि पेलोसी दोस्रो वरियतामा छिन् भन्ने कुरा चीनलाई थाहा नभएको होइन । मुढ बुद्धिका बाइडेनलाई केही भइहाले ह्यारिस आउनेछिन् । पेलोसीले सरकारसँग सोधपुछै नगरी काम गर्दै छिन् भन्ने कुरा पत्याउनै सकिन्न । तर, पेलोसीले आफैले ताइवान भ्रमणको चाँजो मिलाउन पनि सम्भव छ । अमेरिकी गृहमन्त्रालय पेन्टानले यो भ्रमणको सिफारिस आफूले नगरेको बताएर उनलाई जोगाएको पनि हुनसक्छ ।
विदेशी घुसपैठले चिन्तित हुँदा चीन अक्सर गर्जिने गर्छ । उसले विरोध गर्नुपर्ने अर्को विषय पाएको छ । त्यो हो पेलोसीको ताइवान भ्रमण ।”
पेलोसी सत्ताको सिँढीको दोस्रो वरियतामा मात्र छैनन् । ३० वर्षदेखि उनी चीन सरकारप्रति आक्रामक रहिआएकी छिन् । सन् १९९१ मा उनी र अन्य दुई सांसदले तियानमेन चोकमा एउटा चटक देखाएका थिए । तियानमेन उपद्रो हुनुभन्दा दुई वर्षअघि ।
तियानमेन चोकमा केही दिन शान्तिपूर्ण प्रदर्शन भयो । तर चोकबाहिर धेरै दिन र रातसम्म रगतपच्छे उपद्रो भयो । त्यसमा परेर सयौँ सैनिक र विद्रोहीहरू मारिएका थिए ।
त्यो प्रदर्शन र उपद्रो अमेरिकी सरकारले रचेको रङ्गीन क्रान्ति गर्ने प्रयास थियो । रङ्गीन क्रान्तिका पिता मानिने जेन शार्प नै त्यसबेला पेइचिङमा उपस्थित थिए । उनले प्रदर्शनकारी नेताहरूसँग सरसल्लाह गर्दै थिए । प्रयास विफल भएपछि सीआईएले सयौँ प्रदर्शनकारी नेता कार्यकर्तालाई चीनबाट हङकङ भाग्न मद्दत ग¥यो । त्यहाँ तिनीहरूले २०२० को रङ्गीन क्रान्तिको अर्को प्रयास गरे । यीमध्ये धेरै ‘अभियन्ताहरू’ हाल ताइवान सरेका छन् ।
सन् १९९१ मा पेलोसी र अन्य दुई अमेरिकी सांसदहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसामु तियानमेन अगाडि एउटा ब्यानर खोले । त्यसमा लेखिएको थियो, “चीनमा प्रजातन्त्रका लागि आहुति दिनेहरूका निम्ति ।” प्रहरीले तत्काल हस्तक्षेप ग¥यो र खेल खत्तम पा¥यो ।
अमेरिकी मिडियाहरूमा सो खेलले ठूलो तरङ्ग ल्यायो । ताइवान भ्रमण गरेर आफूले मिडियामा तरङ्ग ल्याउन सक्ने पेलेसीको बुझाइ छ ।
तर सन् २०२२ को चीन सन् १९९१ को चीन होइन । अहिले ऊसँग विश्वकै ठूलो अर्थतन्त्र छ र उसको सैन्य शक्ति अमेरिकाको हाराहारीमा पुगेको छ । अब उसले जिस्काइ र ‘मानव अधिकार’ को दुहाइ सहनेछैन । उसलाई अमेरिकी उक्साहट थाहा छ । एकचोटि उसले भोगिसकेको पनि छ । सन् १९५० र १९६० को दशकमा संरा अमेरिकाले तिब्बतमा आतङ्कवादीहरूलाई खर्च दिएको थियो । सन् १९८९ मा उसले पेइचिङमा रगताम्य रङ्गीन क्रान्ति गर्न तालिम र खर्च दिएको थियो । सन् १९९० को दशकमा उसले सिन्चियाङमा इस्लामी आतङ्कवादीहरू घुसाएको थियो । यस शताब्दीमा संरा अमेरिकाले हङकङमा पटकपटक उपद्रोहरू गराएको छ ।
सन् १९८९ को तियानमेन चोकको प्रदर्शन र हत्याकाण्डताका लाइ प्रजातन्त्रका पैरवीकर्ता र चीन सरकारको आलोचक बने । उनले ‘नेक्स्ट म्यागाजिन’ नामक पत्रिका प्रकाशित गर्न थाले । यसमा सनसनीपूर्ण समाचारहरू छापिन्थ्यो । कडा राजनीतिक र व्यापारिक रिपोर्टिङ गरिन्थ्यो । त्यसपछि उनले अन्य विभिन्न पत्रिकाहरू प्रकाशित गरे ।
सन् २००३ मा जुलाईमा हङकङमा ठूलो ‘प्रजातन्त्रवादी’ विरोध प्रदर्शन हुनुअघि ‘नेक्स्ट म्यागाजिन’ को गातामा एउटा फोटो मोन्टाज छापियो । त्यसमा हङकङका प्रमुख कार्यकारी तुङ ची–ह्वाले मुखमा पाइराखेको तस्बिर थियो । पत्रिकाले पाठकहरूलाई सडकमा उत्रिन आह्वान गरेको थियो । त्यति नै बेला ‘एपल डेली’ पत्रिकाले तुङले राजीनामा दिनुपर्ने मागसहितको स्टिकर वितरण गरेको थियो ।
सीआईएले लाइलाई छेलोखेलो खर्च उपलब्ध गराएको थियो । वर्षौँसम्म लाइले हङकङका विभिन्न प्रदर्शनकारीहरूलाई खर्च दिएका थिए र ताइवानका मिडिया मालिकहरूलाई समेत प्रायोजन गरेका थिए । म्यानमारमा सीआईएले गर्ने गतिविधिहरूमा पनि लाइको संलग्नता थियो ।
तस्बिरमा पेलोसीको दायाँपट्टि बस्ने व्यक्ति बेलायती औपनिवेशिक युगका सहयोगी मार्टिन ली हुन् ।
सन् १९८० को दशकको आरम्भमा हङकङको सर्वभौमिकताबारे बेलायत र चीन सरकारबीच सम्झौताको काम भइरहेको बेला ली राजनीतिमा होमिए । ली हङकङका युवा पेशेवरहरूको एउटा प्रतिनिधि मण्डलमा थिए । त्यसको नेतृत्व एलन लीले गरेका थिए । एलन सन् १९८३ मेमा पेइचिङमा हङकङको कार्यपालिका र व्यवस्थापिका परिषद्का सदस्य थिए । सो प्रतिनिधिमण्डलले हङकङमा यथास्थिति कायम गर्न चाहन्थ्यो र थप १५ देखि ३० वर्षका लागि बेलायती शासनको अवधि बढाउन चाहन्थ्यो । पेइचिङका अधिकारीहरूले उनीहरूको अनुरोध अस्वीकार गरिदिएका थिए ।
१९८९ मे र जूनमा भएको तियानमेन चोकको विरोध प्रदर्शनमा मार्टिन ली चीनमा अझ बढी प्रजातन्त्र र स्वतन्त्रताको निम्ति विद्यार्थी आन्दोलनका खुला समर्थक थिए ।
२०१४ अक्टोबर–डिसेम्बरमा भएको बृहद् प्रजातन्त्रवादी ‘अक्युपाइ’ आन्दोलनमा उनी एकजना धर्नाकारी थिए र उनी पक्राउ पनि परेका थिए । उक्त गिरफ्तारीसँगै ७५ दिने सडक आन्दोलन बन्द भएको थियो ।
वोङलाई २०१५ जनवरी १६ शुक्रबारको दिन ३ घण्टा हिरासतमा राखिएको थियो । अनधिकृत सभाको आयोजना गरेको र त्यसमा सहभागिताका लागि मानिसहरूलाई डाकेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सोही महिना चीन समर्थक पत्रिका ‘वेनवेइ पो’ मा एउटा लेख प्रकाशित भयो । त्यसमा वोङले हङकङस्थित अमेरिकी महावाणिज्यदूत स्टेफेन यङलाई भेटेको बताइएको थियो । स्टेफेन यङ सन् २०११ मा हङकङ पुगेका थिए । लेखमा सीआईएसँग वोङको सम्पर्कबारे चर्चा गरिएको थियो ।
२०१९ अगस्ट २९ मा वोङलाई पुनः पक्राउ गरियो । उनीमाथि एउटा प्रदर्शनको योजना बनाएको आरोप लगाइएको थियो । नगर प्रशासनले उक्त प्रदर्शनको अनुमति भने दिएन ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीले सेप्टेम्बर १८ मा वासिङटन डीसीस्थित क्यापिटल हिलमा वोङलाई भेटिन् । यस भेटघाटको लागि चिनियाँ प्रचारमाध्यमले न्यान्सीको भत्र्सना गरे र उनले ‘अतिवादी अभियन्ताहरूलाई धाप दिएको र पुल्पुलाएको’ आरोप लगाए ।
पेलोसीले ताइवान भ्रमण गर्दा चीनले केही नगर्ला भन्नेहरूले एकछिन सोच्नुपर्छ ।
बरु अमेरिकी रगताम्य ‘हस्तक्षेपहरू’ को परम्परा हेरौँ । तिब्बत अहिले चीनको शान्तिपूर्ण प्रान्त छ । पेइचिङले त्यहाँ सफलता पायो । त्यहाँका जनता सुखी छन् । सिन्चियाङ अहिले विश्वकै सबैभन्दा बढी घुमिने पर्यटन क्षेत्र बनेको छ । हङकङ अहिले पूर्ण चिनियाँ नियन्त्रणमा छ ।
संरा अमेरिकाले ताइवानलाई अलग देश घोषणा गर्न उक्साउँदै छ र त्यसको बदलामा चीनबाट कुनै सैन्य प्रतिक्रिया होस् भन्ने चाहन्छ । उसले बुझ्नुपर्छ, उसले अहिलेसम्म चीनलाई जिस्काउन गरेका कुनै पनि प्रयासहरूले काम गरेका छैनन् ।
पेलोसीले कुनै स्टन्टबाजी गरे चीन प्रतिकार गर्न तयार रहेको वेस स्मीथको बुझाइ छ ः
“चिनियाँ रिसको तह हेर्ने हो भने चिनियाँ लडाकु विमानहरूले पेलोसीलाई ताइवानमा ओर्लिन नदिने हुनसक्छ । उनी चढेको विमानलाई चीनमा अवतरण गराउने हुनसक्छ । यस्तो खण्ड आइपरे चीनले कसैलाई पनि विमानबाट बाहिरिन नदिएर घाउमा नुनचुक छर्किन सक्छ । पेलोसी भ्रमणलाई प्रयोग गरेर चीन आफ्नो दायरा अझ फराकिलो पार्न चाहन्छ । ग्लोबल टाइम्सका विश्लेषक हुले ताइवानलाई ‘नो फ्लाइ जोन’ घोषणा गर्नुपर्ने वा पेलोसी चढेको विमानसँगै ताइवानको हवाई क्षेत्रमा जनमुक्ति सेनाको विमान अवतरण गर्नुपर्ने लेखेका छन् । ग्लोबल टाइम्स लेख्छ – सो टापुमा गस्ती गर्ने जनमुक्ति सेनाले ठूलो उदाहरण प्रस्तुत गर्न सक्छ । पेलोसीको भ्रमणभन्दा त्यो ठूलो महत्वको घटना हुनेछ ।
रूसमा जस्तै ताइवानलाई प्रयोग गरेर संरा अमेरिका आफूले चाहेजस्तो आक्रमण गराउने तरखरमा हुनसक्छ । तर रूसमा जस्तै परिणाम उसले आफ्नो पक्षमा पाउनेछैन । एक अमेरिकीको रूपमा आफ्नो सरकारबाट यति धेरै अक्षमता र अहङ्कार प्रदर्शन भएको हेर्नु निराशाजनक छ ।”
अझ धेरै अक्षमता र अहङ्कार देखिन बाँकी छ । पेलोसीले अन्य सांसदहरूलाई आफ्नो भ्रमणमा बोलाएकी छिन् ः
“सभामुख न्यान्सी पेलोसीले अन्य सांसदहरूलाई पनि अर्को महिना हुने आफ्नो ताइवान भ्रमणमा निमन्त्रणा गरेकी छिन् । अमेरिकी सेनाले उनको भ्रमणले चीनलाई भड्काउने ठाने पनि उनले भ्रमणको योजना नत्यागेको सङ्केत दिएकी छिन् । रिपब्लिकन दलका माइकल म्याकफल विदेश मामिला समितिका शीर्ष रिपब्लिकन हुन् । गत बुधबार पेलोसीले उनी र समितिका अध्यक्ष तथा रिपब्लिकन सांसद ग्रेगोरी मीक्सलाई निमन्त्रणा दिएकी थिइन् ।”
म्याकफलले काम विशेषले आफू ताइवान जान नसक्ने बताए, तर भ्रमणको पक्ष लिए । उनले भने, “जान चाहने कुनै पनि सदस्य जानुपर्छ । यसले राष्ट्रपति सीलाई राजनीतिक जवाफ हुनेछ । तर पेलोसीले भ्रमणले गर्दा कुनै प्रतिकार हुने हो कि वा स्थिति चर्काउने हो कि भनेर सेनालाई पनि ध्यान दिनुपर्छ ।”
पेन्टागनले पेलोसीको भ्रमणले गम्भीर समस्या ल्याउने चेतावनी दिएको थियो, तर अहिले सो क्षेत्रमा सैन्य उपस्थिति बढाएर समस्या झन् चर्काइरहेको छ ः
“पेलोसीको ताइवान भ्रमण अहिलेलाई अनिश्चित छ, तर पेलोसी ताइवान जान्छिन् भने हिन्द–प्रशान्त क्षेत्रमा सैन्य परिचालन बढ्नेछ भनेर अधिकारीहरूले एसोसियट प्रेसलाई बताए । उनीहरूले विस्तृत विवरण दिन अस्वीकार गरे, तर ताइवान जाँदा उनले प्रयोग गर्ने विमानको सुरक्षाका लागि र भूमिमा उनको भ्रमणको लागि पनि लडाकू विमान, जहाजहरू, निगरानी सामग्रीहरू र अन्य सैन्य प्रणालीको प्रयोग हुनसक्छ भन्ने उनीहरूले जनाए ।”
पेन्टागनले त्यसो ग¥यो भने त्यो सबैभन्दा घातक हुनेछ । एकै क्षेत्रमा यत्तिको बल प्रयोग गर्दा एक ठाउँमा भूलचुक भए समस्या जेलिन सक्छ र त्यसले रक्तपात ल्याउन सक्छ वा युद्ध हुनसक्छ ः
“पेलोसी भ्रमणको सबैभन्दा ठूलो जोखिम भनेको चीनको शक्ति प्रदर्शन पनि हो । त्यो प्रदर्शन ‘अनुचित हुनसक्छ वा गतिविधि भड्काउ भएर कुनै दुर्घटना हुनसक्छ ।” यो मार्क कोजादको भनाइ हो । उनी ‘रान्ड कर्पोरेसन’ को अन्तर्राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीति केन्द्रका सहायक निर्देशक हुन् । उनले भने, “त्यो मुठभेड हावामा हुनसक्छ । मिसाइल परीक्षणजस्तो हुनसक्छ । फेरि यस्तो गतिविधि हुँदा अन्य गल्ती हुने सम्भावना पनि हुन्छ ।”
“सकेसम्म रोकथाम गर्ने हाम्रा प्रयासहरूले हामीले चाहेको भन्दा उल्टो सन्देश दिने सम्भावना पनि छ,” कोजादले भने । “यसरी हामी कुनै उक्साउ चक्रमा फस्न सक्छौँ । हाम्रो रोकथाम प्रयासलाई वास्तवमा बढ्दो उक्साहटको रूपमा हेरिन सक्छ । त्यो एकदम खतरनाक खेल हुनेछ ।”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनपछि नहट्ने स्पष्ट पारिसकेका छन् ः
“एएफपी ः पेलोसी ताइवान गइन् भने एसिया–प्रशान्त क्षेत्रमा सेनाले आफ्नो सक्रियता बढाउने छ, लडाकू विमानहरू पनि परिचालित हुनसक्छ भनेर एक अमेरिकी उच्च अधिकारीले बताए । यसमा तपार्इँको टिप्पणी के छ ? झाओ लिजियानले भने ः तपार्इँले केही दिनअघिको हाम्रो ब्रिफिङ नहेरेजस्तो छ । हामीले सभामुख पेलोसीको सम्भावित ताइवान भ्रमणमा बारम्बार कडा विरोध जनाएका छौँ । अमेरिकी पक्षले भ्रमणमा जोड दिन्छ र चिनियाँ रातो घेरालाई चुनौती दिन्छ भने सशक्त प्रतिकार हुनेछ । त्यसको जिम्मा संरा अमेरिकाले नै लिनुपर्छ ।”
राष्ट्रपति जो बाइडेनले पेलोसीको भ्रमण योजना रोक्न अनिच्छा देखाएका छन् । उनले राष्ट्रपति सीसँग कुरा गर्ने सम्भावना छ । चिनियाँ पक्षले कुराकानी तय नगरेको हुनाले कुरा नहुन पनि सक्छ । के बाइडेनले पेलोसीलाई ताइवान भ्रमण गर्न दिनु भनेर अनुरोध गर्न चाहेका हुन् ? हो भने उनले कडा जवाफ पाउनेछन् ।
ताइवान चीनको अङ्ग हो । ताइपेइ सरकारको औपचारिक दृष्टिकोण पनि यही हो । तर पेइचिङको आँखाबाट हेर्दा ताइवान चिनियाँ प्रान्तमात्र हो र उसलाई स्वतन्त्र विदेश नीति चलाउने अनुमति छैन । यसमा कुनै हेरफेर गर्न खोजे पेइचिङले कडा प्रतिवाद गर्नेछ र आवश्यक परे बल प्रयोग पनि गर्न सक्छ ।
संरा अमेरिकी सरकारले युक्रेनमा आफ्नो छद्म सेनालाई रूसले व्यवस्थितरूपमा छिन्नभिन्न पारेको देख्दै छ । रूसले त्यो युद्ध जित्ने निश्चित छ । अब अमेरिकाले त्यहाँ धेरै बल गर्नसक्दैन । ताइवानमा कथंकदाचित केही भए, परिणाम युक्रेनको जस्तै आउनेछ ।
चीनलाई एक्ल्याउने यो ठूलो मौका हो भनी वासिङटनले ठान्ला ।
तर कोबाट एक्ल्याउने ? यसबाट सबैभन्दा बढी घाटा अमेरिका र उसका सहयोगी देशहरूलाई नै छ । बाँकी विश्वले चीनसँग साविक गतिमै सहकार्य गरिरहनेछ, जस्तो रूससँग गर्दै छ ।
तर वासिङटन (वा ब्रसेल्स) मा देखापरेको अक्षमता र अहङ्कार हेर्दा उनीहरूको योजना त्यही नै होइन चाहिँ भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *