भर्खरै :

को पार्टी कार्यकर्ता हो र को होइन ?

को पार्टी कार्यकर्ता हो र को होइन ?

कम्युनिस्ट समाजवादी, काङ्ग्रेस, राप्रपा, देशभक्त, राष्ट्रवादी आदि केही राजनैतिक शब्दावलीबारे पनि केही भ्रमहरू देखिएका छन् । कम्युनिस्ट शब्दको नेपाली भाषामा रूपान्तरण गर्दा ‘साम्यवादी’ शब्द सबभन्दा नजिक देखिन्छ । साम्यवादको अर्थ त्यस्तो आदर्श समाज हो, जुन समाजमा वर्ग, शोषक र शोषित हुनेछैनन् र शोषण पनि हुनेछैन, किसान र मजदुरमा भेद हुनेछैन, शारीरिक श्रम र बौद्धिक श्रमको बीचमा भेद हुनेछैन, गाउँ र सहरको भेद हुनेछैन । त्यस आदर्श समाजमा योग्यताअनुसारको काम र व्यक्तिको आवश्यकताअनुसार आपूर्ति हुनेछ । त्यस समाजमा उत्पादन र पूर्तिको प्रचुरता हुनेछ ।
उक्त साम्यवादी समाजको तारिफ गर्ने, कुराकानी, गफ गर्दा र पत्रपत्रिकामा दुई चार वटा त्यसको समर्थनमा लेख लेख्दैमा कुनै व्यक्ति ‘साम्यवादी’ वा ‘कम्युनिस्ट’ हुन्छ कि हुँदैन ?
साम्यवादी समाजमा उत्पादनका सबै साधनहरू सामाजिकीकरण भइसक्ने हुँदा माथि उल्लेख भएका उत्पादन र वितरण सम्भव हुन्छ । तर, त्यस अवस्थामा समाजलाई पु¥याउन समाजवादी क्रान्ति आवश्यक हुन्छ । शोषक वर्ग र शोषणको विरोधमा सङ्घर्ष गर्न धेरै बलिदान, त्याग, समर्पण र कष्टसाध्य चरणहरू पार गर्नुपर्ने हुन्छ ।
युरोपका समाजवादीहरू र नेपाली काङ्ग्रेसको समाजवाद निर्वाचनबाट विजय प्राप्त गरेपछि ल्याउने समाजवाद हो । क्रान्तिले होइन बरु निर्वाचनबाट आएको सरकारले पुँजीपति वर्ग र धेरै धेरै सम्पत्तिका मालिकहरू ७५ प्रतिशतसम्म नाफामा कर लगाएर बहुमत जनताको जीवनस्तरलाई पनि पुँजीवादी वर्गको हाराहारीमा ल्याउने हो ।
रगताम्य क्रान्ति नगर्दै शान्तिपूर्ण ढङ्गले समाजवाद र साम्यवाद आएमा राम्रै विषय हो । नेपालमा नेपाली काङ्ग्रेसको २००७ सालदेखि आजसम्म १० औँ पटक नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व ग¥यो । तर, के ग¥यो ?
क) सार्वजनिक कलकारखाना र उद्योगलाई निजीकरण ग¥यो ।
ख) भूमिसुधार गरेन (आर्थिक समानताको निम्ति क्रान्तिकारी भूमिसुधार गरेन र सहकारी खेतीको नामै लिएन, बरु सार्वजनिक भूमि निजीकरण गर्न दियो । सार्वजनिक सम्पत्ति बालुवाटारसमेत निजीकरण ग¥यो ।
ग) ट्रलीबस सेवा, सार्वजनिक बस सेवा र हवाई सेवासमेत एक एक पाइला गरेर समाप्त हुने काम गर्दै गयो ।
घ) जलविद्युत् योजनाहरू नेपालको हातबाट विदेशी पुँजीको हातमा सुम्पिँदै गयो ।
ङ) उपभोक्ता पसलदेखि अदालत, अस्पताल, शिक्षा क्षेत्र, व्यापार, अनेक काउन्सिलहरू काङ्ग्रेसीकरण गर्दै गयो ।
च) बीपी कोइराला, गणेशमानजी र अन्य नेताहरूको नाम प्राप्त गरेको संस्थाको सार्वजनिक जग्गा र कोषलाई समेत निजी हितमा प्रयोग गर्न दियो ।
छ) यस्ता सबै क्षेत्रलाई बीपी कोइरालाको समाजवादी चिन्तनलाई व्यवहारमा ‘म्याद’ नाघेको औषधि र ‘परिवारवाद’ भनी पन्छाइयो ।
यसबाट थाहा हुन्छ , ‘समाजवाद’ र ‘कम्युनिस्ट’ को नामबाट वैज्ञानिक समाजवाद र साम्यवाद ल्याउने वचन दिएका राजनैतिक दलहरू सबै असफल र झूटा सावित भए । यसकारण, विचार ‘ठीक’ ‘ठीक’ भन्दै देखावटी चाप्लुसी र चोचोमोचो मिलाउनेहरू न कम्युनिस्ट हुन्, न त समाजवादी ।
त्यस्तै कुनै पार्टीको कार्यकर्ता हुन ऊ सङ्गठित सूत्रमा बाँधिनुपर्छ, अनुशासनमा बसेर दिइएको कार्य गरेको हुनुपर्छ, व्यक्ति र व्यक्ति इच्छा गौण हुन्छ । पार्टी सङ्गठनलाई मौकामा फाइदा उठाउने प्रमाणपत्र व्यक्तिगत चरित्र (स्वार्थ) को निम्ति प्रयोग गरिने सिँढी र गफ गर्ने तथा सुस्ताउने पाटी र चौतारीको रूपमा प्रयोग गर्ने बटुवा हुने गर्दैन ।
XXXXX
माक्र्स र एङ्गेल्सको पोशाक मन पराउँदैमा कुनै व्यक्ति माक्र्सवादी हुँदैन । माक्र्स र एङ्गेल्सका शिक्षालाई लागु गर्न त्यस सिद्धान्तलाई व्यवहारमा लागु गर्ने सङ्गठनमा आबद्ध भएर काम गर्ने व्यक्तिहरू नै माक्र्सवादी हुन्छन् । माक्र्सवादको व्याख्याको नाउँमा बौद्धिक विलाशको रूपमा प्रयोग गर्नेहरू माक्र्सवादी हुँदैनन् । ५ सय पृष्ठभन्दा बढी पृष्ठका पुस्तकमा माओ त्सेतुङ्गका बारेमा झूटा व्याख्या गर्नेहरू र कम्युनिस्ट चरित्रलाई पैसा र पदमा साटफेर गर्नेहरू माओ त्सेतुङ्ग विचारधाराका समर्थक हुँदैनन् ।
सारमा, पार्टीको सङ्गठनमा अनुशासनमा बसेर आ–आफ्नो योग्यता र क्षमताअनुसारको काम गर्ने वा सङ्गठनको विस्तारमा लागिपर्ने कार्यकर्ता नै साँचो पार्टीका कार्यकर्ता हुन् । एमाले र नेकाजस्ता शासनमा जाने दलहरूको पछि लाग्ने बुद्धिजीवीहरू पद र पैसा पाउने लोभकै कारण एमाले र नेका भनी बताउने गर्छन् । अन्य वाम पार्टीहरूको बीचमा झगडा लगाउन वा विचारलाई बितुल्याउन पद र पैसा दिएर कार्यकर्ता भाँड्ने र ‘स्वतन्त्र’ को नाममा निर्वाचनमा उठाउने कार्यहरू कुनै पनि हालतमा ‘कम्युनिस्ट’ हुनैसक्दैनन् ।
सोभियत कम्युनिस्ट पार्टीको इतिहासले त्रोत्स्की, बुखारिन, कामेनेभ, जिनोजित्जस्ता क्रान्तिकारी भनिने र बुद्धिजीवीहरू कसरी विश्वासघाती र विदेशी गुप्तचर विभागबाट सञ्चालित थिए भन्ने समयमा खुलासा भए । सोभियत कम्युनिस्ट पार्टी सरकारमा हुँदा र नहुँदा पनि पुँजीपति विचारका र विदेशी गुप्तचर विभागका सञ्चालित नेता र कार्यकर्ताहरू थिए । त्रोत्स्की र अन्य विश्वासघातीहरू पनि मन्त्री थिए, माथिल्ला नेताहरू थिए, तर समयले तिनीहरू सबैलाई एकएक गरेर उदाङ्ग्याइदियो । नेपाली काङ्ग्रेसलाई २००७ सालभन्दा अगाडि नै ‘भारतपरस्त’ र ‘विदेशी पुँजीपरस्त’ भनिन्थ्यो । त्यसबेला भारतको तुलनामा नेपालका राजनैतिक कार्यकर्ताहरू सांस्कृतिकरूपमा पछाडि थिए । त्यसकारण, नेपाली काङ्ग्रेसको एउटा पक्ष भारतीय समाजवादी नेताहरूबाट प्रभावित थिए भने अर्को पक्ष राणाहरूबाट प्रभावित थिए ।
त्यस्तै नेपालको कम्युनिस्ट पार्टी पनि भारतीय कम्युनिस्ट पार्टीबाट प्रभावित थिए । नेपाली कम्युनिस्टहरू भारतकै पिपुल्स पब्लिसिङ हाउसबाट प्रकाशित अन्तर्राष्ट्रिय कम्युनिस्ट साहित्यबाट शिक्षित भएका थिए । यहाँसम्म कि माओ त्सेतुङ्गका रचनाहरूसमेत राम विलाश शर्माद्वारा हिन्दीबाट अनुवाद र अन्य लेखक र प्रकाशनहरूबाट शिक्षित थिए । अर्को पक्ष वर्गीयरूपले पनि सामन्त वर्गबाट प्रभावित थिए ।
नेपाल र नेपाली जनतालाई नेपाली काङ्ग्रेसको ‘प्रजातान्त्रिक समाजवाद’ ले प्रभावित पार्न नसकिने हुनाले पछाडि मूलकै नेतृत्वमार्फत ‘माओवादी’ पार्टीको नाममा भारतीय एकाधिकार पुँजीले हातहतियार र तालिम दिएर १० वर्षसम्म ‘जनयुद्ध’ को नाममा गृहयुद्ध गर्न दियो । यही कुरो तमिल टाइगरमार्फत श्रीलङ्कामा गृहयुद्ध गर्न दिइयो ।
दक्षिण भारतबाट सहयोग प्राप्त तमिल टाइगरको आन्दोलनलाई ‘माओवादी’ आन्दोलन भन्न नसकिने हुँदा जातीय र भारतीय सहयोग पुस्टियो । नेपालको उत्तरी सीमा चीनसित जोडिएको हुँदा भारतका साधारण जनता र बुद्धिजीवीहरूसमेत प्रचण्डहरू चीनमै बसेर चीनबाटै नेपालमा ‘क्रान्तिकारी’ गतिविधि गराएको भन्ने भ्रमको खेती गर्न लगाइएको थियो ।
तर, समयले थाहा दिने ‘नेपाली माओवादी’ हरू भारतीय एकाधिकार पुँजीको उत्पादन थियो र ‘प्रचण्ड’ ८ वर्षसम्म दिल्लीको एक पाँचतारे होटलबाट ‘गुरिल्ला युद्धको नेतृत्व’ गर्दै थिए, नेपालको जङ्गल, हिमाल र पहाडबाट होइन । तर, भारतीय जनता र क्रान्तिकारीहरूलाई प्रचण्डहरूले ‘दक्षिण एसिया’ लाई सुरक्षा हाताभित्र ल्याउने वामपन्थी वा कम्फोरसा बाँध्न सफलता प्राप्त गर्न सकेनन् । यसले सबै राजनैतिक दलका कार्यकर्ताहरू सचेत हुनु जरुरी छ भन्ने देखाउँछ । हिजो ‘माओवादी’ नामका भारतीय एकाधिकार पुँजीले देशलाई भारतमा मिलाउन खोजिएको थियो भने आज पुनः ‘स्वतन्त्र’ उम्मेदवार र ‘नागरिक विधेयक’ बाट नेपाल भारतमा विलय गराउने उपाय खोजिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *