आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भारतको नेपाल नीतिबारे बुझ्न अध्ययन गर्नुपर्ने एउटा पुरानो पुस्तकको नाउँ हो – ‘अप्ठ्यारा साझेदारहरू’ ९ग्लभबकथ एबचतलभचक० । भारतीय लेखक श्री कृष्ण झाद्वारा लिखित यो पुस्तकमा विशेषगरी सन् १९४७ देखि सन् १९७१ को अवधिमा नेपाल–भारत सम्बन्धको अवस्था तथा आरोह–अवरोहबारे छर्लङ्ग्याउने प्रयास गरिएको छ । नेपाल–भारतबिचको मित्रता, आपसी द्वन्द्व, बाधा–व्यवधान र तिनका समाधानका यत्नबारे विस्तृत छलफल गरिएको छ । एक भारतीयको दृष्टिमा नेपाल–भारतबिचको सम्बन्धले लिएको नागबेली बाटो र असङ्ख्य चुनौतीबारे चर्चा–परिचर्चा प्रस्तुत गरिएको छ । यो पुस्तकले नेपाल–भारत सम्बन्धको एउटा अध्याय, ऐतिहासिक घटनाहरू र तीसँग सम्बन्धित पात्र तथा प्रवृत्तिबारे पनि पाठकहरूलाई अवगत गराउँछ ।
भारतले नेपाल, भुटान, सिक्किमलाई कुन ढङ्गमा हेथ्र्याे र के स्वार्थ राख्थ्यो भन्नेबारे बुझ्न यो पुस्तक सहयोगी सिद्ध हुनेछ । त्यसको सिलसिला के–कसरी कहिलेसम्म कायम रह्यो ? दक्षिण एसियामा भारतीय स्वार्थ कस्तो थियो र त्यो कसरी हुर्कियो ? नेपालभित्र विकसित घटनाक्रमलाई भारतीय शासक वर्ग कसरी लिन्थ्यो ? नेपालले बाह्य दुनियाँसँग राख्न खोजेको सम्बन्ध, विशेषगरी छिमेकी चीनसँग गाँस्न खोजेको मित्रतालाई भारत कसरी बुझ्थ्यो ? यी र यस्ता प्रश्नका जवाफ ‘अप्ठ्यारा साझेदारहरू’ मा भेटिन्छन् ।
पचासको दशकदेखि सत्तरीको दशकमा नेपाल–भारतबिचको सम्बन्ध उथलपुथल, शङ्का–उपशङ्का, स्वतन्त्रताको हनन र स्वतन्त्रता रक्षाको सङ्घर्षले भरिपूर्ण रहेको तस्बिर यो पुस्तकले प्रस्तुत गर्दछ । नेपाललाई चीनबाट अलग्ग राख्न कुन तहसम्म भारत ओर्लियो ? चीनलाई हिमालपारि नै रोक्न भारतले के–कस्ता जोडबल ग¥यो ? त्यस कार्यमा भारत कसरी र किन असफल भयो ? स्वतन्त्रताको सास फेर्न आतुर नेपाल र नेपाली जनतालाई लोभ्याउन, फकाउन र दबाउन भारतीय शासक वर्गले के–कस्ता उपाय अपनायो ? यो पुस्तक अध्ययनपश्चात् यी सम्पूर्ण सवालको जवाफ प्राप्त हुनेछ । यस पुस्तकको सुन्दर पक्षहरूमध्ये एउटा यही मान्न सकिन्छ ।
यो पुस्तक कूटनीति, राजनीति, विदेशनीति र इतिहासका विद्यार्थीहरूका निम्ति उपयोगी हुनेमा कुनै शङ्का छैन । क्षेत्रीय राजनीतिका अध्येताहरूका निम्ति त यो छुट्टाउनै नहुने सामग्री हो । भारतीय स्वतन्त्रता आन्दोलनपश्चात्को भारत र भारतीय शासक वर्गको चरित्र चिन्न ‘अप्ठ्यारा साझेदारहरू’ ले मद्दत पु¥याउनेछ । बेलायती उपनिवेशवादले भारत छोडेपश्चात्् पनि भारतीय शासक वर्गमा औपनिवेशिक धङधङी, चिन्तन, प्रवृत्ति या बेलायती निरन्तरता कसरी कायम रह्यो भन्नेबारे यो पुस्तकमा अनेकौँ दृष्टान्तहरू पाइन्छन् । आफ्नो स्वतन्त्रताका निम्ति लड्नेहरू स्वयम् अरूको स्वतन्त्रता खोस्न अप्ठ्यारो नमान्दा कस्तो परिस्थिति तयार हुन्छ भन्नेबारे जानकारी पनि यस पुस्तकबाट प्राप्त गर्न सकिन्छ । यस आधारमा ‘असहज साथीहरू’ को उपादेयता, सान्दर्भिकता आज पनि उत्तिनै छ जति पचास वर्ष अगाडि थियो ।
नबदलिएको भारत
भारत स्वतन्त्र भएको सात दशक नाघिसकेको छ । ‘अप्ठ्यारा साझेदारहरू’ लेखन तथा प्रकाशन भएको पनि पाँच दशक नाघिसकेको छ । तर, नेपाल–भारतबिच अप्ठ्याराहरू, जटिलताहरू र चुनौतीहरू दिन प्रतिदिन बढ्दै छन् । अवसरहरू भने अनेकौँ गुम्दै छन् । यस अन्तरालमा कोसी र गङ्गा नदीमा धेरै पानी बगिसकेको छ । तर, नेपाल र भारतबिचको सम्बन्धमा तात्विक परिवर्तन नआउनु सुखद पक्ष जरूर होइन । नेपाल र भारतबिचको सम्बन्ध इतिहासकै कठिन मोडमा पुग्दै छ । भारतको नाङ्गो हस्तक्षेप देख्नेहरू, मिचाहा र हेपाहा प्रवृत्ति अनुभव गर्नेहरू र धार्मिक कट्टरता बुझ्नेहरू भारतीय शासक वर्गलाई विस्तारवादी मात्र होइन प्रस्ट रूपमा फासीवादी देख्दै छन् । केही समय अगाडि नेपाली भू–भागसमेत समेटेर जारी गरिएको भारतीय नक्सा र त्योभन्दा अगाडि कास्मिरमाथि गरिएको हस्तक्षेप तथा कास्मिरी जनतामाथि गरिएको निर्मम दमनले त्यही बताउँछ । सन् २०१५ मा संविधानसभाबाट संविधान जारी नगर्न नेपाललाई दिइएको धम्की र त्यसलगत्तै नेपालविरूद्ध लगाइएको नाकाबन्दीले भारतीय शासक वर्गको वास्तविक रूप तथा चरित्र उदाङ्गो भएको घटना त्यति पुरानो होइन । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्दै हालै जारी ग¥यो । तत्पश्चात् भारतले देखाइरहेको व्यवहारले पनि भारतीय शासक वर्ग नेपालप्रति सम्मानजनक दृष्टि राख्दैन र नेपालप्रति उचित तथा न्यायपूर्ण धारणा राख्दैन भन्ने प्रस्ट पार्छ । संरा अमेरिकी साम्राज्यवादको उक्साइमा परेर लद्दाख क्षेत्रको गलवानमा चीनसँग निहुँ खोज्ने काम यतिखेर भारतबाट भइरहेको र चीनको धैर्य तथा संयमको परीक्षा लिइरहेको जगजाहेर भइसकेको छ । भारतले नेपाललाई गरिरहेको व्यवहार र चीनलाई हेर्ने उसको तरिका हेर्दा ‘अप्ठ्यारा साझेदारहरू’ मा वर्णित घटना, पात्र र प्रवृत्तिको आज पुनरावृत्तिमात्र भइरहेको निष्कर्षमा पुग्न सकिन्छ ।
बेलायती उपनिवेशवादबाट स्वतन्त्र हुन लड्ने शासक वर्गले नेपालको स्वतन्त्रताको चाहनाको कहिल्यै कदर गरेन, नेपालको अखण्डता तथा सम्प्रभुत्ताको सम्मान गरेन भन्ने प्रशस्त प्रमाणहरू ‘अप्ठ्यारा साझेदारहरू’ मा भेटिन्छन् । सहयोगको नाउँमा नेपाललाई आफ्नो मुट्ठीमा कैद गर्ने, नेपालीलाई बाह्य जगतबाट निकै टाढा राख्ने भारतको मनसाय र नीति रहेको यस पुस्तकले ठाउँ–ठाउँमा प्रस्ट्याउँछ । चीन र चीनको समाजवादको त्रास देखाएर वा हौवा मच्चाएर नेपाललगायत हिमाली राज्यहरूलाई आफ्नो तखतमा राख्ने भारतीय शासक वर्गको पुरानै रोग हो । भारतको निम्ति यो सोच आत्मघाती साबित हुँदै गरेको विश्लेषकहरूको अनुभव छ । अनावश्यकरूपमा चीनसँग दुश्मनी मोलेकै कारण भारत घुमाइफिराइ संरा अमेरिकी साम्राज्यवादको गोटी बन्दै गइरहेको कसैबाट लुकेको छैन । यो स्थिति स्वयम् भारतको निम्ति महँगो पर्ने जानकारहरू बताउँछन् । एसियामा युद्ध थोपर्ने साम्राज्यवादी षड्यन्त्र बेलैमा भारतले नबुझे दोस्रो पटक दुर्भाग्यपूर्ण परिस्थिति बेहोर्नुपर्ने निश्चित छ । दुई ठूला एसियाली शक्ति जुधाएर विश्वमा आफ्नो बोलवाला तथा एकल आधिपत्य कायम राख्ने संरा अमेरिकी चालबाजी बुझेर पनि भारतले किन बुझ पचाइरहेछ भन्ने प्रश्न उठ्दै छ । सन् १९६२ को अपरिपक्वता र राजनीतिक गल्ती झन्डै साठी वर्षपछि पनि दोहो¥याउनु भारतीय शासक वर्गको अक्षम्य अपराध र जगत हँसाउने पाइला ठहरिने निश्चित छ । इतिहासबाट पाठ नसिकी बारम्बार गल्ती गर्नु आफ्नो इज्जत आफैले फाल्नु र आफ्नो अस्तित्व आफैले सङ्कटमा पार्नु साबित हुने निर्विवाद छ । यस पुस्तकमा उल्लेख गरिएको सन् १९६२ को चीन–भारत सीमा विवाद र तत्पश्चात् अन्तर्राष्ट्रिय जगतमा भएको भारतको बदनामी तथा लज्जास्पद छविबारे पुनःस्मरण गर्दै साम्राज्यवादी उक्साइको विरुद्ध सुझबुझका साथ उभिनु स्वयम् भारत र भारतीय जनताको गौरव र हितमा हुनेछ । बारम्बार साम्राज्यवादीको प्रयोगको साधन बन्नाले भारतको अन्तर्राष्ट्रिय छविमा पुनः दाग लाग्ने मात्र होइन औपनिवेशिक दास मानसिकताबाट भारत मुक्त भइनसकेको संसारमा सन्देशसमेत जानेछ । यी र यस्तै सन्दर्भले यो पुस्तकलाई सामयिक बनाएको अनुभव हुन्छ ।
नेपाली राजनीतिमा भारतीय चलखेल
यो पुस्तक झन्डै ३५० पृष्ठको छ र नौ खण्डमा विभाजन गरिएको छ । परिचय खण्डमा नेपाल–भारतबिचको ऐतिहासिक जानकारी छ । परिचय खण्डमा नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्ध, त्यस सम्बन्धका बहुआयामिक पक्ष र नेपाली जनता तथा भारतीय जनताबिच रहेको इतिहासजतिकै पुरानो सम्बन्धबारे सङ्क्षिप्त चर्चा गरिएको छ । धर्म, संस्कार, संस्कृति तथा भूगोलले दुई देशबिचका जनताको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ । तत्कालीन राजनीतिक नेता–कार्यकर्ताहरूको शिक्षा–दीक्षा भारतीय भूमिमा भएको हुनाले धेरै कुरा सहज बनेको लेखक बताउँछन् । जङ्गबहादुर राणाको उदय र तत्पश्चात् दुई देशबिच भएका आदानप्रदानले बेलायती भारत र नेपालबिचको सम्बन्धले नयाँ मोड लिएको पुस्तकको परिचय खण्डमा चर्चा गरिएको छ । सन् १९४७ मा नेपाली शासकले गोर्खाली सेनालाई भारतीय पल्टनमा संलग्न गर्न सहमति जनाएपछि बेलायतसँगको नेपालीको सम्बन्ध बीसौँ शताब्दीको प्रारम्भसँगै नयाँ चरणमा प्रवेश गरेको उल्लेख छ । नेपाली संवेदनशील जनतामा ‘गोर्खा भर्ती केन्द्र’ देशको निधारमा कालो टीका हो ।
पुस्तकको दोस्रो खण्डमा सन् १९४७ देखि १९५१ सम्म विकसित घटनाक्रमबारे छलफल गरिएको छ । राणा शासनविरूद्ध नेपालमा सुरू भएको आन्दोलनबारे विभिन्न कोणबाट चर्चा गर्दै नेपाली काङ्ग्रेसले गरेका गतिविधि र भारतले खेलेको भूमिकाबारे पनि प्रस्टसँग उल्लेख गरिएको छ । नेकाले बर्माको सरकार र भारतका निजी संस्थाबाट हातहतियार प्राप्त गरेको लेखक झा दाबी गर्छन् । नेकाको आन्दोलन उत्कर्षमा पुगिरहँदा त्यसको प्रभाव भारतमा पर्ने भन्दै भारतीय प्रम नेहरू स्वयम् राणा र काङ्ग्रेसबिच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न अघि सरेका थिए । नेहरूले नेपालको राजनीतिक सङ्कट समाधान गर्न चाहेको र त्यसो गर्नु भारतको सुरक्षाका निम्ति समेत आवश्यक भएको हाकाहाकी घोषणा नै गरे, दिल्लीको मध्यस्थता र सम्झाइबुझाइको प्रयासपश्चात् राणाविरोधी आन्दोलन टुङ्गिएको वर्णन गर्दै लेखक झाले हतियार उठाएका सबै पक्षलाई बिसाउनका निम्ति मनाउन सकिए तापनि डा.के.आइ सिंले दिल्ली सम्झौता धोका भएको बताउँदै गतिविधि नरोकेको पुस्तकमा उल्लेख गरेका छन् । नेहरूले नेपालको राजनीतिमा हस्तक्षेप गर्नुपछाडिको मुख्य उद्देश्य भनेको नेपालमा प्रजातन्त्रको स्थापना, तानाशाही व्यवस्थाको अन्त्त्न्दा पनि उत्तरसम्म आइपुगेको कम्युनिस्टलाई हिमालपारि नै रोक्नु थियो । नेहरू नेपाललाई फैलिँदो कम्युनिस्ट प्रभावबाट टाढा राख्न चाहन्थे । त्यसैका निम्ति उनले जीवनका कैयौँ दिन, महिना र वर्ष बिताए । राज्यको ठूलो धनराशी खर्च र अपार शक्ति खन्याए । तर, उनले सोचेबमोजिम नहुनुमा के आश्चर्य ?
भारतलाई अपुतालिको रूपमा छोडेर हिँडिसकेको बेलायतले धेरै पछिसम्म यस क्षेत्रमा खेल्न छोडेन । भारतीय शासक वर्गमा रहेको बेलायती विरासतका कारण पनि नेपालले अझै स्वतन्त्रताको अनुभूति गर्न नपाएको विभिन्न घटनाक्रमले पुष्टि गर्छ । नेपाललाई भारतीय सुरक्षा छातामा सदा राख्ने मनोवृत्तिबाट ती कहिल्यै माथि उठ्न सकेनन् । चिनियाँ क्रान्तिको सफलतापश्चात् भारतलाई झनै अरू के निहुँ चाहियो र ? चीन, चिनियाँ क्रान्ति र तिब्बतमा चिनियाँ गतिविधिलाई मुख्य चासो बनाउँदै भारतले नेपाल नीति तय गरेको र सोहीबमोजिम आक्रामक शैलीमा भारत प्रस्तुत भएको पुस्तकका विभिन्न प्रसङ्गले छर्लङ्ग पार्छ ।
नेहरूको गलत नेपाल नीति
यही खण्डमा नेहरूको गलत नेपाल नीति उदाङ्गो पारिएको छ । १७ मार्च १९५० मा नेहरूले भनेका थिए, “……. भौगोलिकरूपमा नेपाल भारतको अङ्ग हो । यद्यपि, यो एउटा स्वतन्त्र मुलुक हो …… कहीँ कतैबाट नेपालमाथि हमला भएको खण्डमा कुनै पनि भारतीय सरकारको निम्ति सह्य हुन सक्दैन ।” भारतीय शासक वर्गको नेपालप्रतिको गलत धारणा सत्तरी वर्षपछि पनि हेरफेर भएको देखिँदैन । नेहरूले एक ठाउँमा भनेका छन् – “हरेक बालकसमेतलाई थाहा छ नेपाल पुग्न भारतीय भूमि नटेकी सम्भव छैन ।” नेपालप्रति भारतको ठूल्दाइको व्यवहार आजसम्म निरन्तर चल्दै छ । नेपाली जनताका निम्ति यही नै असह्य तथा अस्वीकार्य विषय हो ।
पुस्तकको खण्ड ३ अर्थात् ‘विशेष सम्बन्ध’ मा राणा शासन अन्त्यपश्चात्् विकसित नेपाली राजनीतिबारे विस्तृत छलफल गरिएको छ । विशेषगरी सन् १९५१ देखि १९५५ भित्र नेपाली आन्तरिक राजनीति र भारतीय चासो तथा गतिविधिबारे बुझ्न यस खण्डले सघाउँछ । वि.सं. २००७ फागुन ७ गते देशमा प्रजातन्त्र स्थापनापश्चात् गठित पहिलो अन्तरिम सरकार प्रम नेहरूको योजनाअनुसार जन्मेको र उनले हुर्काएको लेखकले दाबी गरेका छन् । तर, त्यो शिशु जन्मिँदै रोगी भएको र नेहरूका निम्ति टाउको दुखाइको विषय बनेको पनि उनी बताउँछन् ।
डा. के. आइ सिंले बन्दुक नबिसाएपछि भारतीय सरकारले सन् १९५१ को फेब्रुअरीमा फौज पठाई दबायो । झन्डै एक हप्तासम्म चलेको दमनपश्चात् फेब्रुअरी २० को दिन के. आइ. सिंसहित उनको समूहका ३५७ जना मानिसहरू समातिए । उनीहरूबाट ठूलो मात्रामा हातहतियार बरामद गरियो । १२ मार्च १९५१ मा भारतीय संसदमा गरिएको सम्बोधनमा नेहरूले त्यो राजनीतिक उद्देश्यसहितको कदम नभएको प्रस्ट्याए । प्रजातन्त्रको स्थापनासँगै भारतले नेपालको घरेलु मामिलामा चासो तथा हस्तक्षेप तीव्र बनाएको, आफ्नो स्वार्थअनुकूलका राजनीतिक पात्रहरूलाई उचालेको या प्रयोग गरेको र आफूतिर नढल्किएका राजनीतिक पात्रहरूलाई सिध्याउन नाङ्गो रूपमा लागेको बारे विभिन्न दृष्टान्तसहित छर्लङ्ग पारिएको छ । यी सम्पूर्ण कार्यमा संरा अमेरिकी साम्राज्यवाद र उनका दलालहरूले बलियो भूमिका खेलेको पनि उल्लेख छ । संरा अमेरिकी सञ्चारमाध्यमहरूले समाजवादी चीन तिब्बत पुगिसकेको र तुरुन्तै नेपाललगायतका हिमाली अधिराज्यमा पुग्ने होहल्ला निरन्तर गरे । नेपाललगायतका देशहरूसँग दौत्य सम्बन्ध स्थापना गर्न गुप्त ढङ्गमा काम भइरहेको भनी सन् १९५१ अगस्टमा न्यु योर्क टाइम्सले समाचार प्रकाशित ग¥यो । भारतलाई उक्साउने, आतङ्कित पार्ने नै संरा अमेरिकाको उद्देश्य भएको सजिलैै अनुमान गर्न सकिन्छ ।
यही अवधिमा भारतीय प्रम र उच्च पदस्थ अधिकारीहरू तथा नेपाली प्रम र मन्त्रीहरूको बरोबर भ्रमण, भेटघाट तथा आदान–प्रदान सघन ढङ्गमा चल्यो । नेपालको मन्त्रिमण्डल गठन – पुनःगठन, मन्त्री हेरफेर आदि कार्यमा भारतले चासो देखायो र हस्तक्षेप ग¥यो । ती कार्य नेहरूले सकभर आफूलाई अपजस नआउने गरी तर आफ्नो उद्देश्य नै पूर्ण ढङ्गमा पूरा हुने गरी सम्पन्न गर्ने चलाखी गरे ।
नेपाललाई आर्थिक सहयोग उपलब्ध गराई आफ्नो प्रभुत्व जमाउने नीति नेहरूले अपनाए । सोहीबमोजिम सन् १९५३ डिसेम्बर ११ को दिन नेपाल–भारत जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथ उद्घाटन गरियो । भारतीय सहयोगको चौतर्फी आलोचना भयो । विशेषगरी त्रिभुवन राजपथ र गौचर हवाई मैदान निर्माण गर्दा भारतले राजनीतिक, आर्थिक तथा सैन्य स्वार्थलाई उच्च प्राथमिकतामा राखेको स्वयम् संरा अमेरिकीहरूले आरोप लगाए । यसैबिच २७ फेबु्रअरी १९५२ मा नेपालमा भारतीय सैन्य मिसन पठाइयो । सुरुमा त्यस टोलीमा १९७ जना सेना तथा अधिकारीहरू समाहित थिए । नेपालका १८ वटा उत्तरी सीमा नाकामा ती तैनाथ गरिए । परिणामस्वरूप भारतविरोधी भावना नेपालमा तीव्र ढङ्गमा फैलियो । भारतीय सैन्य टोली फिर्ता पठाइनुपर्ने आवाज पनि बढ्दै गयो ।
नेहरूले बारम्बार नेपाल–भारतबिचको सम्बन्धलाई विशेष सम्बन्धको रूपमा चित्रण गरे । भारतको इच्छाविपरीत अन्य कुनै पनि देशले प्रवेश नपाउने घोषणा गरे । सन् १९५२ फेबु्रअरी २८ को एक–दुई दिनपछि जवाहरलाल नेहरूले भने – “….. जब भारतको सुरक्षाको सवाल उठ्छ हामी हिमालयलाई नै सीमा मान्छौँ ।” साथै उनले १८ मई १९५४ मा नेपालको परराष्ट्र मामिला भारतको मातहत रहने घोषणा गरे । नेपालमा राणा शासन ढल्नेबित्तिकै चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले के. एम. पानिक्करसँगको अन्तर्वार्तामा चीन नेपालसँग प्रत्यक्ष सम्बन्ध गाँस्न इच्छुक रहेको र त्यसको लागि भारतको यथोचित सहयोग चाहेको अभिव्यक्ति दिँदा भारतले बेला भइनसकेको र नेपालको स्थिति ‘अझै अलि अलमल खालको र अस्पष्ट’ रहेको जवाफ दियो । यसप्रकार भारतले नेपाललाई झन्झन् आफ्नो मुट्ठीमा कैद गर्दै लगेको र आफ्नो एउटा प्रान्तको रूपमा व्यवहार गर्न खोजेको यस खण्डमा अनेक कोणबाट व्याख्या गरिएको छ ।
Leave a Reply