आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
रुसी राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धको अन्त्य पछिको सबैभन्दा ठूलो युरोपेली आक्रमणलाई पूर्ण स्तरको युद्धको सट्टा ‘विशेष सैन्य अभियान’ को रूपमा वर्णन गर्दै रुसले २४ फेब्रुअरीमा युक्रेनमा २,००,००० सैनिकहरू पठायो । युक्रेनको अ–सैन्यकीकरण, पश्चिमा देशले थुपारेको हतियार नष्ट गर्ने, युक्रेनलाई नाजीमुक्त गर्ने तथा रुसी मूलका जनताको बसोबास रहेको युक्रेनका पूर्वी क्षेत्रहरू डोनबास र लुहान्स्का जनताको सुरक्षा गर्ने नै यस विशेष सैन्य अभियानको मुख्य उद्देश्य रुसी राष्ट्रपति पुटिनले घोषणा गरेका थिए । साथै, यस आक्रमणको उद्देश्य नाटोलाई युक्रेनमा उपस्थित हुनबाट रोक्दै युक्रेनको तटस्थता सुनिश्चित गर्ने थियो । पश्चिमाहरूले भने रुसले केही दिनमा राजधानी कीभमा आक्रमण गरेर जेलेन्स्की सरकारलाई अपदस्त गरी सत्ता परिवर्तन गर्न सक्ने अनुमान गरेका थिए । तर, युक्रेनसँग भनिएको युद्ध अहिले अमेरिकी नेतृत्व नाटोसँग हुँदा युद्धले अर्कै मोड लिन गयो । युक्रेनमा रुसी सेना पठाउने राष्ट्रपति पुटिनको विशेष सैन्य अभियानले अन्तर्राष्ट्रिय ढाँचा र विश्व व्यवस्थामा गहिरो प्रभाव पारेको छ ।
सोभियत सङ्घको विघटन भएको २५ वर्ष बितिसक्दा पनि अधिकांश रुसीहरूले यथार्थलाई स्वीकार्न गाह्रो मान्छन् । सोभियत सङ्घको विघटन, जसलाई राष्ट्रपति पुटिनले ‘२० औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक विपत्ति’ भनेर वर्णन गरेका छन्, त्यसले राष्ट्रपति पुटिनलाई सबैभन्दा बढी निरास बनाएको थियो । रुसीहरूले पुटिनको नेतृत्वमा पूर्व सोभियत क्षेत्रको पुनःसंरचना र गौरवका वर्षहरूको पुनस्र्थापनाका लागि ठूलो आशा राखेका थिए ।
सोभियत सङ्घको पतनपछि र सन् १९९९ माभ्लादिमिर पुटिनको उदयपश्चात् उनले सोभियत सङ्घबाट टुक्रिएर गएका १५ वटै राज्यहरूलाई एउटै सूत्रमा पुनःबाँध्न ‘कमन वेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट’ (सीआइएस) को अवधारणलाई अगाडि सार्दै यसलाई मूर्तरुप दिने कार्यलाई अगाडि बढाएका थिए । तर, पश्चिमा शक्ति विशेषगरी संयुक्त राज्य अमेरिका रुसलाई रुसकै सीमाभित्र सीमित गर्न चाहन्थे । अर्को भाषामा भन्दा, ‘कमन वेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट’ को पुनर्मिलन हासिल गर्दा विशेषगरी रुस, युक्रेन र बेलारुसका तीन स्लाभिक राज्यहरू, पूर्व सोभियत सङ्घमा आफ्नो प्रभावको क्षेत्र सुरक्षित गर्नु रुसी रणनीतिको मूलध्येय थियो र यसको विपरीत संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमको रणनीति सोभियत सङ्घको पतनपछि यथास्थिति कायम राख्ने र रुसको प्रभावलाई रुसकै सिमानाभित्र सीमित पार्दै पूर्व सोभियत राज्यहरूमा घुसपैठ गर्ने थियो । साथै, अर्कोतिर रसियासँग शत्रुतापूर्ण व्यवहार गर्ने युक्रेनजस्ता राष्ट्रहरूलाई समर्थन गरेर स्वतन्त्र राष्ट्रहरूको राष्ट्र मण्डल टुक्राउने प्रयासमा अमेरिका थियो । युक्रेन द्वन्द्व रुस र अमेरिकाबिचको यही स्वार्थको टकरावको परिणाम थियो । युक्रेन मुद्दा अब कुनै एक राष्ट्रको मात्र नभई शीतयुद्धपछिको विश्वमा देखापरेको मौलिक विरोधाभासको पनि अभिव्यक्ति हुन गएको छ ।
युक्रेन द्वन्द्वले रुस र पश्चिमबिचको सम्बन्धविच्छेद भएको रुस ठान्छ । रुसको अमेरिकासँगको सम्बन्धको व्यवस्थापन वास्तवमा, प्रणालीगत समस्याले घेरिएको छ । एकातिर सीआईएस र रुसको पुनरुत्थान अभिन्नरूपमा जोडिएको छ । छिमेकीहरू सुरक्षित हुनु नै रुसीहरूको राष्ट्रिय पहिचानलाई परिभाषित भएका रुसीहरू विश्वास गर्छन् । अर्कोतर्फ संयुक्त राज्य अमेरिका र नाटोले सोभियतकालको भूमि एकीकरणको कुनै पनि रुसी प्रयासलाई रुसको साम्राज्यवादी चेतनाको पुनरुत्थानको सङ्केतको रूपमा हेर्छ । संयुक्त राज्य अमेरिका र नाटोले लोकतन्त्र र मानवअधिकारको नाममा सीआइएस क्षेत्रमा रुसलाई लगातार दोष दिन्छ । उनीहरूले रुसलाई युरोपको सुरक्षाका लागि गम्भीर खतराको रूपमा चित्रण गर्दै यसलाई आक्रामक र विस्तारवादी भएको आरोप लगाएका छन् ।
रुस र पश्चिमबिचको सम्बन्ध युक्रेन मुद्दाको केन्द्रबिन्दु हो । रुसी समर्थकलाई पराजित गरेको युक्रेन २००३ को ‘रङ्गक्रान्ति’ रुसको दृष्टिकोणमा पश्चिमाद्वारा रुसको भूराजनीतिमा हस्तक्षेप थियो । फलस्वरूप रुसको विदेश नीतिमा अब युक्रेनलाई नाटोमा सामेल हुनबाट रोक्ने रहेको छ । युक्रेन उत्तरमा बाल्टिक राज्यहरूबाट मध्य युरोप, बाल्कन र त्यसपछि ककेसस र मध्य एसियासम्म फैलिएको छ । यो फल्ट लाइन रुसको पश्चिम र दक्षिण पश्चिममा जान्छ । फलस्वरूप, भूराजनीतिक शक्ति सङ्घर्षको आँधीको केन्द्र युक्रेन हो ।
पुटिनका अनुसार युक्रेन अमेरिकाको लागि रसियालाई अप्ठेरोमा पार्नको लागि केवल एक गोटी हो र युक्रेनको सुरक्षा अमेरिकालाई चासोको विषय होइन । रुसका लागि रुस र युक्रेनबिच तनाव बढ्नुको पछाडि मुख्यतया दुई वटा कारण छन् । एउटा नाटोले युक्रेनलाई एक परिष्कृत साझेदारको रूपमा लिइसकेको छ र अमेरिकाले युक्रेनसँग आफ्नो सैन्य सहयोगलाई बढाएको छ जुन रुसले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने विश्वास गर्दछ । अर्को कारण युक्रेनको पूर्वी भागका मुद्दाहरूको राजनीतिक समाधानको रूपमा हेरिएको ‘मिन्स्क सम्झौता’ ९ःष्लकप ब्नचभझभलतक० कार्यान्वयन गर्न युक्रेनले अस्वीकार गरेको छ । जानकारी होस्, मिन्स्क सम्झौता सशस्त्र रुसी पृथकतावादी समूह र युक्रेनको सशस्त्र सेनाबिच लडिएको डोनबास युद्धको अन्त्य गर्ने अन्तर्राष्ट्रिय सम्झौताहरूको एक श्रृङ्खला थियो । फलस्वरूप मिन्स्क सम्झौता लागू गर्न गाह्रो भयो र रुस र युक्रेनबिचको वार्ताको आधार कमजोर हुँदै गयो ।
रुस–युक्रेन द्वन्द्वले अन्तर्राष्ट्रिय रणनीतिक ढाँचामा परिवर्तनहरू प्रतिबिम्बित गर्दछ । अन्तर्राष्ट्रिय परिस्थितिको परिप्रेक्ष्यमा रुसले विश्वको शक्ति केन्द्र पश्चिमबाट पूर्वतिर सर्दै अधिकतम स्वार्थ खोज्ने महँवपूर्ण समयलाई आत्मसात गर्ने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय अवस्था र शक्ति सन्तुलनले रुसको पक्षमा गहिरो परिवर्तनहरू देखिरहेको छ भन्ने रुसी नेता र विश्लेषकहरूको विश्वास छ ।
रुस–युक्रेन द्वन्द्वअघि सीआईएस एकीकरणमा रुसी प्रयासहरू बलियो थियो । बेलारुसका राष्ट्रपति लुकासेन्को सरकारलाई ध्वस्त पार्ने पश्चिमी प्रयासलाई रुसले निराश बनाएको थियो र रुस–बेलारुस गठबन्धनलाई अगाडि बढाएको थियो । यसैले राष्ट्रपति पुटिनको अपरेसनलाई स्पष्टरूपमा समर्थन गर्ने र रुससँग गहिरो सम्बन्ध राख्ने देश बेलारुस हो । यसले कजाकिस्तानको स्थितिमा गहिरो संलग्नता र मध्य एसियामा स्थिरता कायम राखेको थियो । अमेरिकाले आफ्नो रणनीतिक फोकस युरोप र मध्यपूर्वबाट एसिया–प्रशान्त क्षेत्रमा सार्दा अफगानिस्तानमा कमजोरी भएको थियो । चीन र अमेरिकाबिचको झन् ठूलो टकरावको पृष्ठभूमिमा रुसले युरेसियामा आफ्नो हितलाई अधिकतम बनाउन उद्देश्यपूर्वक आक्रामक रणनीति अपनाएको हुनसक्छ ।
वास्तवमा सोभियत सङ्घको विघटनपछि छिमेकी देशहरूलाई आर्थिक चुम्बकको रूपमा रुसी विकास मोडेलको आकर्षणको कमीले गर्दा सीआईएस क्षेत्रका देशहरूले भू–राजनीतिक सुरक्षाको सन्दर्भमा विभाजन तीव्र हुन गएको हुनुपर्छ । युद्धले गर्दा रुस कमजोर भएको अवस्थामा सम्बन्धित देशहरूले नयाँ विदेशी रणनीतिहरू रोज्न सक्छन् र युरेसियाको क्षेत्रीय व्यवस्थाको पुनर्गठन पनि अपरिहार्य देखिन्छ ।
(विभिन्न समाचार ऐजेन्सीको सहयोगमा)
Leave a Reply