भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
‘अमेरिकामा प्रतिबन्धित इरानी कम्पनीलाई ठेक्का दिँदा नेपालका दुई आयोजना प्रभावित ।’
‘राष्ट्रिय गौरवको भेरी बबई र आठ सय २८ मेगावाटको उत्तरगङ्गा आयोजना अलपत्र’ । (‘अर्थपत्रिका’ – ‘नयाँ पत्रिका’ – २ मङ्सिर, २०७९)
के हाम्रा सम्बन्धित मन्त्रालय, आयोजना र बैङ्कहरूले आँखा चिम्लेरै विदेशी कम्पनीहरूलाई ठेक्का दिने गर्छन् ?
त्यसो होइन भने के संरा अमेरिकी भित्री पक्षहरूले नै अमेरिकामा प्रतिबन्धित कम्पनीहरूलाई नेपाली आयोजनामा प्रतिस्पर्धामा आउन दिन्छन् र अन्तमा अमेरिकी पक्षकै हातमा पार्ने जाल–साजी हुनसक्ला ?
सचेत नेपालीहरू – अङकल साम (संरा अमेरिका) को फेला पर्ला !
कतारको रङ्गशाला आधुनिक बधशाला
कतारमा विश्वकप पूर्वाधार निर्माणको क्रममा १० वर्षमा ६ हजार ५ सँन्दा बढी विदेशी कामदारले ज्यान गुमाए । त्यसमध्ये १,६४१ जना नेपाली कामदार मरे । ५० डिग्रीमा काम गर्नु पर्दा मर्ने भए नेपाली युवाहरू । (नेपाल समाचारपत्र– २ मङ्सिर, २०७९)
तर, हाम्रा सरकारहरूले त्यस्तो बधशालामा काम गर्न जान किन स्वीकृति प्रदान गर्छन् ? मन्त्री त ‘अज्ञानी’ हुन्छन् तर त्यस्ता योजनाका एजेन्टहरू को को हुन् र जानाजानै मार्नको निम्ति पठाउने षड्यन्त्रै हो कि ? नेपालको जनसङ्ख्या घटाउने कतै योजना त परचक्रीहरूको हो कि भनी किन नसोच्ने ?
खबरदार ! नेपालको ‘रङ्गशाला’ बनाउने नाममा जङ्गल नास गर्दै, रुख ढाल्दै पैसा कमाउँदै छन्, कोही रङ्गशाला बनाउने नाउँमा पानीको स्रोत सिध्याउँदै हजारौँ जनतालाई बोटलको पानी खान बाध्य पार्दै छन् । यस निर्वाचनमा त्यस्ता बन म्हास्ने र जलस्रोत सिध्याउने उम्मेदवारहरू पनि उठेका छन् । समयले बताउनेछ ती कुन देशका कम्पनीका दलाल हुन् ?
चिलीमा, यस्ता रङ्गशालामै प्रजातन्त्र र देशको निम्ति लड्ने युवाहरूलाई गोली हान्ने ‘बधशाला’ सावित गरेका थिए । धेरै सम्भावना त्यस्ता सांसदहरू जितेमा तिनीहरूले ती रङ्गशालाहरूलाई देशभक्त र प्रजातन्त्रवादीहरूको ‘हत्याको केन्द्र’ बनाउने छन् । अब त्यस्ता उम्मेदवारहरू र सांसदहरू चिन्ने दिन पनि आउनेछ ।
हाम्रा उम्मेदवारहरू र मतदाताहरू
विराटनगरको एक समाचारमा मोरङको कटहरी गाउँपालिका ३ चम्राहीमा सत्तारुढ गठबन्धनले आयोजना गरेको एक चुनावी सभामा एक युवकले उम्मेदवारसँग प्रश्न गरे । प्रश्न थियो– ‘तपाईँ १० वर्ष सांसद भएर आफ्नो क्षेत्रमा के के विकास गर्नुभयो र अहिले भोट माग्दै आउनुहुन्छ ?
उम्मेदवार अमनलाल मोदी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् । प्रश्न गर्ने २१ वर्षीय शङ्करकुमार साफी एक शिक्षक हुन् । उनी विज्ञानका शिक्षक हुन् र दिनको ६० जना विद्यार्थीलाई ट्युसन पढाउँछन् । उम्मेदवारसँग प्रश्न गर्दा शिक्षक साफीलाई उम्मेदवार पक्ष (माओवादी) पक्षले नराम्रोसँग कुटपिट गरे ।
पछि उम्मेदवारले साफीलाई चिया खान बोलाउँदा अस्वीकार गरे तथा कुटाइ खाएपछि फेरि प्रश्न गर्छाै भनी प्रश्न गर्दा शिक्षक साफीले ‘आफू पुनः प्रश्न गर्न तयार भएको’ बताए ।
साफी एक राम्रो मतदातामा गनिनु उचित हो ।
बोटेहरूको पीडा
पाल्पा–तानसेनका डुङ्गा चलाउने बोटेहरूको आफ्नो कुनै खेतबारी र घर छैन । तर, त्यस्ता घरबारहीन काम गरी खाने जनतालाई एमाले, काङ्ग्रेस र माओवादी मन्त्री र महिला मन्त्रीहरूले लालपुर्जा दिएको र जग्गा दिएको ठूलो हल्ला छ ।
आफ्नो कार्यकर्तालाई मात्र राष्ट्रिय सम्पत्ति बाँड्ने मन्त्रीलाई नीतिअनुसार काम गर्नुपर्दैन र भनी प्रश्न गर्नु आवश्यक छ भनी जनता बताउँछन् ।
बोटेहरू भन्छन्, “काम नपाउँदाको दिन भोकै ।’ (अन्नपूर्ण– २ मङ्सिर, २०७९)
पूर्वप्रधानमन्त्रीहरूलाई खुलापत्र
प्रधानमन्त्रीज्यूहरू,
चुनावकै बेलामा किन मतदाताहरू विदेश जान्छन् ?
मतदाताहरू भन्छन्, “भोटले पेट भरेन, कसैले केही गरेन ।”
अर्काे मतदाता भन्छन्, “श्रीमतीलाई ब्लड क्यान्सर छ त के गर्नु ?”
त्रिभुवन विमानस्थलको चिसो भुइँमा बसेका ४५ वर्षीय सर्लाहीका गौरेतका उपेन्द्र महरा छोरालाई बिदाइ गर्दै भने, “गरिबका छोराछोरी खाडी नगएर के गर्छन् त ?”
रुँदै उनले पत्रकारलाई जवाफ फर्काए– “नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्, उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन् । हाम्रा छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ । कस्तो अत्याचारी सरकार !”
जनताले बुझ्दै छन् भन्ने अनुमान गर्दै छन् । (अन्नपूर्ण पोष्ट– ३ मङ्सिर, २०७९)
Leave a Reply