युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतिवेदनमा उठेका विषयहरू – रणनीति र कार्यनीतिबारे स्पष्ट गर्नुभयो । उहाँले माक्र्स र एँगेल्सले लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ र ‘पुँजी’ बुझ्न मानव समाज विकासको नियम, युरोपको इतिहास, अर्थशास्त्र र समाजवादबारे विस्तृत अध्ययन गर्नु जरुरी भएको उल्लेख गर्नुभयो ।
बुद्धिजीवीहरूलाई उम्मेदवार बनाइए पनि पार्टी सङ्गठन विस्तार नभएसम्म निर्वाचनमा मत प्राप्त नहुने स्पष्ट गर्दै उहाँले सर्वहारा वर्गको हुकुम र उत्पादनका साधनहरू राष्ट्रियकरणबारे कार्यकर्ताहरूमा स्पष्ट जानकारी हुनुपर्ने औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरूलाई व्यक्तिगत स्वार्थ त्यागेर पार्टीमा समर्पित भएर लाग्न उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै कार्यकर्ताहरू पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियामा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply