भर्खरै :

अब प्रतिपक्षी पार्टी को बन्छ ?

अब प्रतिपक्षी पार्टी को बन्छ ?

लघु कथा
नयाँ वर्ष २०८० को अवसरमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरले सेवा निवृत्त शिक्षकहरूको शैक्षिक अनुभव सङ्गालिएको ‘शैक्षिक अनुभव’ नयाँ पुस्तक प्रकाशन गर्ने सम्बन्धमा बैठक बसियो । बैठकमा देशको वर्तमान राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा छलफल हुने गथ्र्याे । यसै सिलसिलामा राजनीतिप्रति चासो राख्ने निवृत्त शिक्षक हरिले देशको वर्तमान राजनीतिबारे आफ्नो कुरा भने, “अब देशमा प्रतिपक्षी दल को हुने होला है ? २०७९ साल पुस २६ गते गठबन्धनका प्रधानमन्त्री प्रचण्डलाई नेपाली काङ्ग्रेसले विश्वासको मत दिएर सरकारको समर्थन ग¥यो । हालसम्मको संसदीय मूल्य मान्यताअनुसार सरकारलाई समर्थन गर्ने सत्तापक्षको बेन्चमा बस्नुपर्छ । सरकारलाई समर्थन गर्नुको अर्थ सत्तापक्षमा रहनु हो ।”
“प्रतिपक्षको बेन्चमा जो बसे पनि के ? एमसीसी र नागरिकता विधेयकजस्ता देशघाती सन्धि सम्झौता संसद्बाट पारित गर्दा सशक्त विरोध गरे पो विपक्षको मतलब रहन्छ । सबै गाँसेगुसे एकैनासै हुन् । बिरालो सानो र ठूलो मुख्य कुरा होइन, बिरालोले मुसा समाउन सकेको छ कि छैन भन्नेमा प्रमुख अर्थ रहन्छ,” कृष्ण सरले आफ्नो धारणा व्यक्त गरे ।
राजनीतिक कुरा गर्न मन नपर्ने मनोजले पनि आफ्नो विचार व्यक्त गरे, “मलाई त हाम्रो देशको राजनीतिप्रति नै वितृष्णा हुन्छ । आफ्नो सरकार बनाउन कहिले सांसद किनबेच हुने, कहिले अपहरण हुने, कुर्सीको लागि सिद्धान्त र विचार नै नमिल्नेसँग पनि गठबन्धन हुने । कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तै हो, हाम्रो देशको राजनीति ।”
साथीहरूको कुरा सुनेपछि देशको राजनीति राम्रो भएमा जनताले सुख पाउने सोच भएका गोपाल सरले पनि मनको कुरा राखे, “सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ को दफा २ (ङ) ४ मा प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दल नभएमा सभामुखले प्रमुख प्रतिपक्ष दल तोकिदिने व्यवस्था छ । यो ऐनअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो दल नेपाल मजदुर किसान पार्टी नै प्रमुख प्रतिपक्ष हुनुपर्ने हो । तर, हाम्रो देशमा जसको हातमा लट्ठी उसैको हातमा भैँसी हुने प्रचलन छ । आफैले बनाएको संविधान आफैँले पालना नगरे, अरूलाई के भन्ने खोइ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *