भर्खरै :

अरबौँ खर्चेर पाल्नुपर्ने !

अरबौँ खर्चेर पाल्नुपर्ने !

सत्र हजारको आत्मा चित्कार गर्छ मलाई छेउमा तानीतानी !
“हामीले त दुःख पायौँ पायौँ, उस्तै भए हाम्रा बाबुनानी !”
‘जनयुद्ध’ का नाममै भयो अरबौँको भौतिक नोक्सानी !
‘क्यान्टोन्मेन्ट’ का लडाकुको भयो अरबौँ सम्पत्ति हानि !

संविधान बनाउनका लागि खुवायौँ अरबौँको दानापानी !
त्यसपछि फेरि सुरु भयो सङ्घीयता पाल्ने नयाँ कहानी !
अनि सँगसँगै स्थापित भयो अरबौँ भ्रष्टाचार गर्ने दुष्ट बानी !
नेता बन्न थाले स्वदेशका हानि, विदेशीका लागि ज्यादै दानी !

चुनावमा अरबौँ खर्च भयो लोकतन्त्रको गहना मानी !
नेताले देश सक्दै ल्याए आफ्नै बाउबाजेको बिर्ता ठानी !
चुनेका छौँ प्रायः सबै जालीझेली र झूट छानीछानी !
अरबौँ खर्चेर अझै पाल्नुपर्ने—कामै नभएका जानीजानी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *