नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
२०७४ चैत १ गतेदेखि मैले काम थालेकी थिएँ । म उहाँलाई ‘सर’ भनी सम्बोधन गर्थेँ । उहाँको उमेर ४५ वर्षको थियो । उहाँले स्वेच्छाले कलेजबाट अवकास लिनुभयो र घरमै बसेर लेखपढ गर्नुभएको थाहा पाएँ ।
उहाँको आँखामा मोटो चस्मा थियो र कम बोल्नुहुन्थ्यो । २–३ दिनअगाडि नै उहाँले मेरो कामको सूची बताउनुभएको थियो । दिइएको कामअनुसार मैले यन्त्रवत काम थालेँ ।
ठीक बिहानको ७ बजेभन्दा ५ मिनेट अगाडि गेटमा पुगेर सरको घरको घण्टी बजाएँ । ढोका खुल्यो, मैले कोठामा गएर सरलाई अभिवादन गरेँ । ढोका बिस्तारै लगाएँ र टेबुल, मेच, झ्याल–ढोका र दराजहरू सफा गरेँ । पानीले नरम भएको कपडाले पहिले पुछेर पछि सेतो सुकेको कपडाले पुछेँ ।
सानो तीनतले घर । पहिलो तलाको एउटा अलि ठुलो कोठामा १० वटा मेच र तीन वटा टेबुल थियो र ७ वटा पुस्तकले भरेको दराज । अर्को कोठामा स–साना चार वटा मेच र २ कफी टेबुल थियो । हातमुख धुने ‘बाथरुम’, एउटा ऐना, रुमाल, साबुन, सानो काइँयो थियो तर सफा । एक–दुइटा लुगा, कोट र पाइन्ट झुन्ड्याउने ठाउँ ढोकाको पछाडि थियो । सबै बाथरुम म दिनको दुई–तीन पटक सफा गर्थेँ । एक–दुई दिनमा औषधि राखेर सफा गर्थेँ ।
एउटा सानो कोठामा सफाइका सामान– कुचो, बु्रस र पुछ्ने कपडा र सामानहरू थिए ।
दोस्रो तलामा ‘सर’ को निजी वा सुत्ने कोठा, अलि ठुलो खाट, टेबुल, केही दराज र कोठासँगै बाथरुम थियो । दराजहरूमध्ये एउटामा लुगा र अर्को दराजमा पुस्तक, कापी र लेख्ने सामान थियो भने अर्को बन्द दराजमा सीसा नभएको हुँदा भित्र के के छ थाहा भएन ।
अन्य दुई कोठामध्ये एक लेखपढ गर्ने कोठा थियो । एउटा टेबुल, मेच र पुस्तक राख्ने खुला दराजहरू छन् । टेबुलमा सीसाले छोपेको नेपालको नक्सा र अर्कोमा विश्वको नक्सा साथै कलम र सिसाकलम राख्ने भाँडाहरू थिए । भित्तामा केही तस्बिरहरू थिए ।
अर्को एउटा कोठामा एउटा खाट, मेच र एउटा सानो दराज र कफीटेबुल थियो । यसो हेर्दा कोही पाहुना आउँदा बस्ने कोठा होला भन्ने अनुमान गर्न सकिन्थ्यो, तातोपानी राख्ने थर्मस र गिलासहरू थिए ।
माथिल्लो वा तेस्रो तलाको बिचको दक्षिण भागमा पुरानो नेपाली शैलीको कौसी छ भने पूर्वको छानाको कोठामा आमा–बुबाको कोठा छ । पश्चिम भागको दक्षिणमा भान्छा कोठा र उत्तरमा पूजा कोठा, सम्भवतः आमा–बुबाको मन्दिर ¤
घरको छाना झिङ्गति पुरानै शैलीको छ, सिँढीहरू पनि पुरानै काठका छन् भने भित्ताहरू लिउन लागेका पुरानै शैलीका छन् ।
(२)
सफाइपछि म नयाँ पुस्तक र समाचारपत्रहरू पढ्ने कोठाको टेबुलमा सजाएर राख्ने गर्छु, पुराना पत्रपत्रिकाहरू खुला दराजमा चाङ मिलाएकै ठाउँमा मिति मिलाएर राख्छु ।
८ बजे सर टेबुलमा आउनुहुन्छ, म माथि गएर चिया र खाजा लिएर टेबुलमा राख्छु । उहाँ चिया खाँदै समाचारपत्रहरू पढ्नुहुन्छ । कुनै कुनै पत्रिकामा रातो कलमले चिह्न लगाउनुहुन्छ । ती समाचार पत्रहरूमध्ये केहीमा ‘कटिङ’ अर्थात् चिह्न लगाएको शीर्षकका लेख वा समाचारहरूलाई काटेर म फाइलहरूमा मिलाएर राख्छु । विश्वका महत्वपूर्ण घटनाहरूबारे, साहित्य, इतिहास, लेखक, कवि, कलाकार, दार्शनिक र नेताहरूको फाइलहरूमा मिलाएर राख्नु मेरो काम हो ।
१० बजे घर पुग्छु, खाना खाईवरीमा १२ बजेसम्म पुनः ‘सर’ को घरमा पुग्छु । म त्यहाँ पुग्दा मेरो टेबुलमा केही टाइप गर्ने सामग्री हुन्थ्यो र टाइप गर्थेँ, सुरुमा कार्बन पेपर राखेर दुई प्रति बनाउँथेँ र अलगअलग फाइलमा राख्थेँ । पछि पछि कम्प्युटरबाटै दुई प्रति बनाएर फाइलमा राख्ने गरेँ ।
उहाँ खाना खाएर पुनः आफ्नो टेबुलमा बस्नुहुन्थ्यो र केही लेखेर टाइप गर्ने सामग्री मेरो टेबुलमा राखेर बाहिर जानुहुन्थ्यो । ४ बजे पुनः कोठामा पुग्नुहुन्थ्यो ।
मेरो काम टेलिफोन गर्नेहरूको नाम टिप्ने र फोन गर्नेहरूको टेलिफोन नम्बर टिपेर राख्ने गर्छु । मानिसहरू भेट्ने समय ५ बजेदेखि ७ बजेसम्म हो । भेट्ने मानिसहरूसँग उहाँ तलको कफीटेबुल भएकै कोठामा भेट्नुहुन्छ । म कफी र बिस्कुट लिएर टेबुलमा राखी माथि आएर काम गर्छु । कहिलेकाहीँ फलफुल र चिया लैजान्थेँ ।
(३)
माथि बुबा अवकाश प्राप्त ६५ वर्ष नाघेका पुराना कर्मचारी र साधारण लेखपढमात्र जान्ने घरगृहस्थी हेर्ने आमा हुनुहुन्छ । यसो हेर्दा सा¥है धार्मिक स्वभावका र मसिनो स्वरमा कुराकानी गर्ने र लेखपढमा लागिरहनेहरू हुनुहुन्छ । घरमा अरू परिवार देखिन, सोध्ने मेसो पनि आएन ।
सम्भवतः ‘सर’ अविवाहित हुनुहुन्छ । कोठामा महिलाहरूले प्रयोग गर्ने श्रृङ्गारका सामान, लुगाफाटा केही देखिन । केटाकेटीको खेलौना, जुत्ता, चप्पल र लुगा पनि देखिन ।
म ६ बजे घर पुग्छु, आमाले खाना तयार गर्नुभएको खाना खाएर ७ बजे ‘सर’ को घर पुग्छु । हाम्रो घर र ‘सर’ को घर ५ मिनेटको दुरीमा छ । बुबा पनि पेन्सने कर्मचारी हुनुहुन्छ । मेरो एक जना भाइ यसै साल हाइस्कूल पास गर्दै छन् ।
७ बजे ‘सर’ कहाँ पुगेर माथि टेबुलमा छरिएका पत्रपत्रिका, कागजपत्र र पुस्तकहरू सम्बन्धित ठाउँमा राखेर टेबुल, मेच सफा गर्छु । केही टाइप गर्नुपर्ने विषय छ भने टाइप गरेर ‘सर’ को टेबुलमा राख्छु । माथि खाना खाएर उहाँ टेबुलमा बस्नुहुन्छ । रेडियो र टीभी खोल्नुहुन्छ । म ७ः३० बजे आफ्नो घर जाने गर्छु । अर्थात्, ५ मिनेट अगाडि पुग्छु र ५ मिनेट ढीलो त्यहाँबाट फर्कन्छु ।
(४)
बिहान, दिउँसो र साँझ गरेर झन्डै म ९ घण्टा काम गर्छु । काम हलुकै हो र मलाई ‘सर’ ले २० हजार रूपैयाँ पारिश्रमिक दिनुहुन्छ ।
२–४ वर्षअगाडि मैले समाजशास्त्र र व्यवस्थापनमा स्नातक गरेकी थिएँ । मलाई अध्यापन मन पर्दथ्र्यो, तर नजिक कुनै निजी विद्यालय नहुँदा म कामको खोजीमा थिएँ । एक जना दिदीले मलाई ‘सर’ कहाँ काम गर्ने बन्दोबस्त मिलाई दिनुभयो ।
४–५ वर्षपछि मेरो विवाह हुने भयो । मैले ‘सर’ सँग बिदा लिएँ । सरले खाममा केही हजार रूपैयाँ उपहार दिनुभयो ।
दिउँसो ठीक १२ बजे हुलाकबाट चिट्ठी, पुस्तक र पत्रपत्रिकाको पुलिन्दा आउँथ्यो । पत्र र पुलिन्दा खोलेर एउटा एउटा मिलाएर फाइलमा पढ्न सजिलो होस् भनी चौकुने पारदर्शी सिसाको पेपरवेटले थिचेर राख्थेँ ।
४–५ बजेदेखि आउने र छलफल गर्नेहरू अनेक उमेरका युवा र युवतीहरू, पत्रकार र लेखक थिए । मेरो श्रीमान्ले कुरै कुरामा ‘सर’ कहाँ आफू पनि पुगेको बताउनुभएको थियो ।
मैले ‘सर’ को विषयमा सोध्दा उहाँले भन्नुभयो, “उहाँ भूमिगतकालका एक वामपन्थी पत्रिकाको ‘स्क्रीन सम्पादकमण्डलको अध्यक्ष’ हुनुहुन्थ्यो ।”
मेलै सोधेँ, “पत्रकारिता के हो ?”
पत्रकारिता थरीथरीका छन् । औषधि पसलका औषधिहरू र पसलका वस्तुहरूजस्तै ।
“कसरी ?,” मैले सोधेँ ।
“व्यवस्थाको विरोधमा निस्कने,
व्यवस्थाको समर्थनमा लेख्ने,
भएको सरकारलाई पल्टाउने,
नयाँ मन्त्री र प्रधानमन्त्रीको पक्ष लिने,
अस्तित्वमा रहेका सरकार पल्टाउने र नयाँ मन्त्री र प्रधानमन्त्री बनाउन चाँजो–पाँजो मिलाउने ¤” उहाँले बताउनुभयो ।
फेरि मैले सोधेँ, “कसरी ?”
“बेलायतका प्रधानमन्त्रीहरू,
अमेरिकाका राष्ट्रपतिहरू,
सरकारहरूसमेत शासकका कमजोरीहरूलाई उदाङ्ग्याउँदै जनमतमार्फत उथलपुथल मच्चाउँछ ।”
थप प्रश्न गरेँ, “के सबै पत्रकारहरू एकै प्रकारका हुन्छन् ?”
“अहँ होइन, केही चिनिएका र जानिएका हुन्छन् । बढी नजानिएका, विविधरूपका हुन्छन् । पञ्चायत कालमा ५० जना पत्रकार पास भएमा एक जना साँचो पत्रकार हुन्छ । हरेक विद्यालयमा समेत शिक्षकको रूपमा गुप्तचर हुन्थ्यो । तर, सबभन्दा बढी शासक दलहरूमा सबभन्दा बढी देशी र विदेशी गुप्तचरहरू हुन्छन् ।”
“मतलब ?” मैले प्रश्न गरेँ ।
मन्त्रीका विश्वासका व्यक्तिहरू, मन्त्राणी बैङ्कका मेनेजरहरूका आफन्त, मन्त्रालय र विभागका कर्मचारी, ठुलाबडाका ड्रात्र र अपरेटर आदि उहाँले केही खोल्नुभयो ।
मैले सोधेँ, “के सर पनि जुलुस, सभा र पार्टीहरूको गतिविधिमा भाग लिनुहुन्थ्यो ?”
“अहँ, म घरमै बस्ने गर्थेँ, समाचारहरू प्रिन्टरबाट प्रिन्ट गरेर हेर्ने, समाचारको भविष्यवाणी गर्ने, रङ्ग दिने, व्याख्या र विश्लेषण गर्ने गर्थे ।”
“म काम गर्दा त मसित वा घरका बुबा–आमासित कुनै छलफल र राजनैतिक कुरा गर्नुभएको मलाई थाहा छैन,” मैले थप जिज्ञासा राखेँ ।
“उहाँकै बुबा–आमा र तिमीले बुझ्ने छैनौ, बताउने बेलासम्म त काँचो हरियो तरकारीको रूपमा रहन्छ । पत्रपत्रिकाले त्यसलाई पकाउँछ । अनि सबैले आ–आफ्नो रोजाइअनुसार ग्रहण गर्छन्,” उहाँले टुङ्गयाउनुभयो ।
(५)
‘सर’ कहाँ काम गर्दा मैले कहिल्यै मोबाइल चलाइन, न त कसैलाई फोन गरेँ । सर लेख–पढ गर्नुहुँदा अर्कै कोठामा वा तलको कोठामा काम गर्थेँ । घण्टी बजाएपछि वा बोलाउनु भएपछि म हाजिर हुन्थेँ । ४–५ घण्टा त्यहाँ बस्दा मुस्किलले ४–५ मिनेट कुरा हुन्थ्यो ।
बरोबर तातोपानी, चिया र कफी बनाउँथेँ । निश्चित पुस्तक र पत्रिका दिन्थेँ ।
७ः३० बजे त्यहाँबाट घर पुग्थेँ र घरको काममा व्यस्त हुन्थेँ । भाइको पढाइलाई मौन भएर हेर्ने गर्थेँ । बस ।
(६)
श्रीमान्ले मसँग शनिबारको बिहान फुर्सदिलो ढङ्गले भन्नुभयो, “सरसँग २–४ वर्ष काम गरेर के सिक्यौ भनी कसैले सोधेमा तिमी के उत्तर दिन्छौ ?”
मैले तत्काल उत्तर दिएँ, “मैले के सिकेको र अ¥हाएको त्यही काम गर्थेँ र त्यही मैले पाएको शिक्षा थियो ।”
लौ त सुनौँ, श्रीमतीजी भन्दै चिउँदो दायाँ हातमा अड्याउँदै ठट्याउरो पाराले भन्नुभयो । बिहान समयमै पुग्थेँ, हिजो छरिएका समाचारपत्रहरू मिलाउँथेँ, रेकर्ड राख्नुपर्ने, हेरेर चिह्नअनुसार म फाइलहरूमा नत्थी गर्थेँ । टेबुल, मेच र झ्याल ढोकालाई सुरुमा पानी र फनोलले भिजाएको रुमालले पुछ्थेँ र पछि सुकेको रुमालले पुच्थेँ । कोरोनाको समयमा स्यानीटाइजर भएको कपडाले पुछ्थेँ ।
“त्यही हिसाबले म दराजहरूमा सुख्खा रुमालले पुस्तकहरू झिकेर सफा गर्थेँ । खुला दराजमा पुस्तक र फाइलहरू झिक्दै पुछ्दै चम्काउँथेँ । अर्को कोठामा एक टेबुलमा हिजो रातिसम्मका चिया, कफी र पानी खाएका कप, गिलास र रिकापीहरू साबुनले सफा गरेर एक ठाउँमा घोप्ट्याउँथेँ ।”
“सफाइपछि म सरलाई चिया र खाजाको तयारीमा लाग्थेँ, नयाँ पत्रपत्रिका मिलाएर राख्थेँ, उहाँ शीर्षक हेरेर पत्रपत्रिका पढ्न सुरु गर्नुहुन्थ्यो ।”
“बरोबर उहाँ निश्चित किताब ल्याउन भन्नुहुन्थ्यो, म फरकफरक विषयका फरकफरक दराजबाट पुस्तकहरू लिएर उहाँको टेबुलमा राख्थेँ ।”
श्रीमान् मुसुमुसु हाँस्दै सुन्दै हुनुहुन्थ्यो ।
Leave a Reply