सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
जनवरी ३१ का दिन बेलुकी जापानको भ्रमणमा रहनुभएका नेटोका महासचिव जेन्स स्टोलटेनबर्ग र जापानी प्रधानमन्त्री फुमियो किशिदाले संयुक्त वक्तव्य जारी गर्दै दुवै पक्षले सामुद्रिक सुरक्षा, साइबर स्पेस, हातहतियार नियन्त्रणलगायतका क्षेत्रमा सहकार्य गर्ने बताए । सोही अवसरमा, चीनको सैन्य शक्ति तथा थाइवान समस्याबारे पनि उनीहरूले चर्चा गरे । बितेका करिब ६ वर्षमा नेटोका महासचिवको यो पहिलो जापान भ्रमण हो । जापान तथा नेटो ‘द्रुतगतिमा नजिकिँदै छन्’ भन्ने कुरा जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
यसअघि दक्षिण कोरियाको भ्रमणको क्रममा स्टोलटेनबर्गले पनि चीनमाथि औँला उठाएका थिए । पश्चिमी मूल्य, हित र सुरक्षा क्षेत्रमा चीनले चुनौती खडा गरेको दाबी पनि उनले गरे । अमेरिकाको तथाकथित ‘इन्डो–प्यासिफिक रणनीति’ को चपेटामा परेको शीतयुद्धको उपज नेटोले नै चीनलाई एसिया–प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने बहानाको रूपमा प्रयोग गर्दै शीतयुद्धको त्रास ल्याएको देखिन्छ । यस्तो गतिविधिले गर्दा एसिया–प्रशान्त क्षेत्रमा उच्चस्तरको सतर्कता अपनाउनु आवश्यक छ ।
तर, आजकल समयले त्यागेको शीतयुद्धको उपजको रूपमा, नेटोले आफ्नो जीवन जारी राख्न जताततै तथाकथित सुरक्षा धम्कीहरूलाई फैलाउँदै जापान र दक्षिण कोरियासँग बारम्बार अन्तरक्रिया गरिरहेको छ । तर, यस्ता गतिविधि राजनीतिक प्रदर्शनमात्र हो र यसको व्यावहारिक महत्वभन्दा यसको प्रतीकात्मक महत्व ठूलो रहेको देखिन्छ ।
नेटो एसिया–प्रशान्त क्षेत्रमा समस्या सिर्जना गर्न चाहन्छ, तर यसले प्रभाव पार्न सक्दैन । एसिया–प्रशान्त क्षेत्र प्रमुख शक्तिहरूका लागि प्रतिस्पर्धा गर्ने थलो होइन र ‘नयाँ शीतयुद्ध’ भन्ने कुनै पनि कुचेष्टामा एसिया–प्रशान्त क्षेत्रका जनता सहमत हुनेछैनन् र हाम्रो यस युगले पनि यसलाई अनुमति दिनेछैन ।
Leave a Reply