जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
कुनै दर्शन, सिद्धान्त र विचारबिनाको दलले देशमा दिशा निर्देश गर्दैन । म देशको निम्ति गर्छु र मर्छु भनेर फुक्दैमा देश विकास हुने होइन । नयाँ दलले केही गर्ला कि भनी आशा जाग्नु स्वाभाविक हो । तर, नयाँ दल हुँदैमा त्यसले बहुमत जनताको प्रतिनिधित्व गर्छ भन्ने कुरा सही होइन । नयाँ दलका नेता तथा कार्यकर्ताहरूमा जोश जाँगर होला, केही गरौँला भन्ने भावना होला । तर, त्यो नै देश विकासको आधार होइन । जनताको वास्तविक समस्या नबुझी, जनताको समस्या समाधान गर्नेतर्फ नलागी युवाहरूलाई जमघट गरेर देश आत्मनिर्भर हुँदैन । प्रतिनिधिसभाको निर्वाचनमा दुइटा दल नयाँ देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी । स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकताको विषयमा विवादमा मात्र परेनन् उनको सांसद र गृहमन्त्रीसमेत गुम्यो । यसले गर्दा अध्यक्ष लामिछानको शिर निहुरियो । यसले लामिछानेको इज्जत, आस्थामा मात्र धक्का पुगेको होइन पार्टीको पनि बदनाम भयो ।
सर्वोच्च अदालतले उनलाई अनागरिक भएको फैसला ग¥यो । अमेरिकाको नागरिकता छोडेपछि नेपाली नागरिकता लिनुपथ्र्याे । सांसद र मन्त्री पद गुमेपछि फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भनी तत्काल गृहमन्त्री बनाउन माग गर्नु त्यो दलको अर्को कमजोरी देखियो । दलले माग्नेबित्तिकै गृहमन्दी नदिने भएपछि रास्वपाका नेताहरूले सरकार छोड्ने धम्की दिए । तर, धम्की दिएको स्वर सेलाउन नपाउँदै फेरि सरकार नछोड्ने कुरा पनि अर्को चर्चाको विषय बन्यो । दर्शन, सिद्धान्त र विचारको ख्याल नगर्दा, भावावेग र आक्रोशमा बोल्दा गल्तीमाथि गल्ती देखियो ।
रास्वपाको किसान र मजदुरहरूको हित गर्ने एजेन्डा के ? किसानहरू बढी भएको देशमा यो सरकारले रासायनिक मल कारखाना खोलेर देखाउने हो कि आश्वासनमात्र बाँड्ने ¤ रास्वपा सम्मिलित वर्तमान सरकारको एमसीसी सम्झौताबारेको धारणा के ? भारतीय पक्षबाट अतिक्रमित भूमि फिर्ता लिने सम्बन्धमा सरकारको धारणा के ? जनताको विश्वास लिन या जनताको आन्दोलन र दबाब सेलाउनमात्र भूमि फिर्ता लिने कुराको बखान गरेर समस्या समाधान हुनेछैन ।
गृहमन्त्री बनिसकेका लामिछानेको राहदानी पनि विवादमा परेको छ । नागरिकता विवाद मिलाउन नै उनी गृहमन्त्री बनेको चर्चा पनि नभएको होइन । रास्वपालाई गृहमन्त्री दिने या नदिनेबारे सरकारमा सामेल जिम्मेवार दलका नेताहरू । एमालेका ओली र माओवादी केन्द्रका दाहालको फरक फरक मत रह्यो । अर्को नयाँ दल नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरूणकुमार चौधरी पक्राउ परे । कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी कैलाली जिल्ला अदालतबाट कैद सजाय सुनाइएका व्यक्ति हुन् । अतः कुनै दलले कुनै जनजाति, भाषाभाषी र क्षेत्रको प्रतिनिधित्व गरेर, युवाहरूलाई हातमा लिएर देशको मुहार फेर्ने होइन, बहुमत जनताले राहत पाउने होइन । युवा, जनजाति र भाषाभाषीहरूमा पनि वर्गीय राजनीतिको खाँचो छ । वर्गीय राजनीति भएन भने अहिलेझैँ राजनीतिमा चिप्लिरहन्छ, दल र नेताहरूको बदनाम भइरहन्छ । नयाँ दल, नयाँ सरकार हुँदैमा जनताको समस्या सम्बोधन हुने होइन ।
Leave a Reply