नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर, १ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा एभरेष्ट इङ्गलिश स्कूलको ४० औँ वार्षिकोत्सव समारोह तथा उपत्यका बाहिरका सामुदायिक विद्यालयहरूलाई पुस्तक हस्तान्तरण कार्यक्रम भएको छ ।
कार्यक्रममा अतिथि बिजुक्छेँले विद्यार्थीहरू विदेसिने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै नेपालको वस्तुस्थिति प्रतिकूल रहेको शैक्षिक पाठ्यक्रम यसको मुख्य कारण हो भन्नुभयो । उहाँले नेपालको पाठ्यक्रम विदेशउन्मुख रहेको हुँदा यसलाई पुनर्विचार गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले विद्यार्थीहरूको अध्ययन र समग्र शैक्षिक विकासमा समेत प्रतिकूल प्रभाव पर्ने बताउँदै पहिलो र दोस्रो विश्वयुद्धको कारण नेपालजस्तो विकासोन्मुख मुलुकहरूको शैक्षिक विकासमा पछि परेको बताउनुभयो ।
उहाँले शिक्षक, शिक्षिका र अभिभावकहरूले बालबालिकाहरूलाई स्वदेशमै कार्य गर्न उत्प्रेरणा जगाउनुपर्ने तथा विद्यार्थीहरूले विदेश जाने सोच नराखी देश र जनताको सेवामा कार्य गर्ने भावनाका साथ उच्च शिक्षा हासिल गर्नुपर्नेे बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले ख्वपको पहिचान पाठ्यक्रमसम्बन्धी प्रदर्शनी स्थलको रिबन काटी उद्घाटन गर्नुभयो । उहाँले यस्तो प्रदर्शनीले स्थानीय पाठ्यक्रम अध्ययन अध्यापनमा मद्दत पुग्ने बताउँदै स्थानीय पाठ्यक्रमको अध्ययनले विद्यार्थीहरूमा स्थानीय मौलिकता र विशेषताबारे जानकार हुने विचार व्यक्त गर्नुभयो ।
नेपालको राष्ट्र गान ‘सयौँ थुँगा’ का रचयिता प्रदिपकुमार राई (ब्याकुल माहिला) ले एभरेष्ट स्कूलले विद्यार्थीहरूको भविष्य निर्माणको लागि गरिरहेको कार्य उदाहरणीय रहेको चर्चा गर्दै अनुशासन र व्यवहारिक शिक्षा विद्यालयको विशेषता रहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको सङ्क्षिप्त इतिहासको चर्चा गर्दै विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
निवृत्त शिक्षक रामगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, एभरेष्ट बोर्डिङ्ग स्कूलका प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीको पनि उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथिले एभरेष्ट जन्मदिन कोष २०७९ बाट सङ्कलित रकमबाट पुस्तक खरिद गरी दिवाकर स्मृति माध्यमिक विद्यालय, मादि–५, भीमेश्वरी माध्यमिक विद्यालय, बाग्मती–६ र जनहित आधारभूत विद्यालय, सिन्धुपाल्चोकका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गर्नुभयो । विद्यालयबाट २०७८ को एस.ई.ई. परीक्षामा ४ जीपीए प्राप्त छात्रतर्पm अनुपम भट्टराई र छात्रातर्पm प्रिसा बज्राचार्यलाई प्रशंसापत्र र पच्चीस हजार नगद पुरस्कार प्रदान गरियो ।
कार्यक्रमको बिचबिचमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिहरू राखिएको थियो । कार्यक्रमपश्चात् भक्तपुर नगरपालिकाले नगरभित्रका ९२ वटै विद्यालयमा लागू गरेको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ सम्बन्धी विभिन्न प्रदर्शनी गरिएको थियो ।
Leave a Reply