भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
कविताको एक अंशबाट यो छलफलको आरम्भ गरौँ !
“आपूm बाँच्ने लालसामा
ऊ मानव–रक्तको भोग गर्छ
आफ्नो मृत्यु रोक्न
ऊ कसैको ज्यान लिन्छ,
ऊ कसैलाई बलिवेदीमा चढाउँछ ।
तर, बलिवेदीमा चढ्ने सहिद बन्छ
जनजनको मनमनमा सदा बाँचिदिन्छ ।
आफ्नो मृत्यु रोक्ने चाहना राख्ने शासक
सहिदको जन्मसँगै मसानघाटमा खरानी बन्न पुग्छ ।”
(सहिद र शासक)
संसारको इतिहासमा झैँ नेपालको राजनीतिक इतिहासमा पनि साना–ठूला आन्दोलन तथा सङ्घर्ष भए । इतिहासको त्यो गति रोकेको छैन । कहिले ढिलो त कहिले अलि तीव्रगतिमा चल्दै छ । कसैको चाहना भए पनि नभएपनि त्यो चालू रहनेछ कुमालेको चक्रझैँ । कति अत्याचारी शासकले आफ्नो अस्तित्व जोगाउन कैयौँ मान्छे ढाले ! कति देशद्रोही शासनसत्ता या शासकलाई जनताले ढाले ! आफ्नो राजसिंहासन कहिल्यै नडग्मगिने कुनै शासकले सोचेका छन् भने त्यो वस्तुगत यथार्थभन्दा निकै पर हुनेछ । विश्वको राजनीतिक इतिहासले यही शिक्षा दिन्छ ।
प्रतिक्रियावादी शासकहरू सधैँ यथास्थिति मनपराउँछन् । जनताको भोक, रोग र शोकमा आनन्द लिन्छन् । जनता विभाजित र कमजोर हुँदा खुसी हुन्छन् । अँधेरी, घोर अँधेरीमा आफ्नो उज्यालो भविष्य देख्छन् । परिवर्तनको आवाजलाई ती आफ्नो मृत्युघण्टी बजेको ठान्दछन् । परिवर्तन हठात् रोक्न खोज्छन् । परिवर्तनको आवाजमाथि आँखा चिम्लेर तरबार नचाउँछन् । जनता त्यसको प्रतिकारमा साहसपूर्वक उत्रन्छन् । प्रतिक्रियावादी सत्ता जनतामाथि दमनको भरमा आयु लम्ब्याउन खोज्छ । अनेकौँ जालझेल र षड्यन्त्र गर्छ । जनताको अदम्य शक्तिको अगाडि ती जम्मै व्यर्थ साबित हुन्छन् । इतिहास यही भन्छ ।
निर्मम दमनचक्र चलाएरै राणा शासकहरूले आफ्नो निरङ्कुश जहानियाँ शासन कायम राख्न खोजे तर सकेनन् । राणा शासन फाल्न १०४ वर्ष लाग्यो । शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ राणा शासनको अन्त्यका निम्ति बलिवेदीमा चढ्न तयार भए । दुई–चार जनालाई गोली ठोकेपछि या झुन्ड्याएपछि बाँकी जम्मै तह लाग्नेछन् भन्ने तिनीहरूको बुझाइ थियो । तर, त्यो तिनीहरूको केटाकेटीपन साबित भयो । असङ्ख्य योद्धाहरूले जेलनेल तथा दुःखकष्ट झेले । असङ्ख्य परिवारले कठोर यातना सहे । त्याग र तपस्या गरे† राणाशाहीको अन्त्य असम्भव ठानिएको थियो तर जनताको शक्तिको अगाडि केही लागेन !
पञ्चायती निरङ्कुश शासकहरूले परिवर्तन रोक्न न्वारानदेखिको बल प्रयोग गरे तर असफल भए । पञ्चायत ३० वर्षभित्र फालियो । तुलनात्मकरूपमा कम समय लाग्यो । सहिद राजकुमार सुवाल, कृष्णराम दुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्यले पहिलो पटक पञ्चायती व्यवस्थाको ‘डमडम’ गोली खाए र ४६ सालको जनआन्दोलनका प्रथम सहिद भए । स्मरणीय छ, ४६ सालको जनआन्दोलनको दोस्रो दिन फागुन ८ गते भक्तपुरको तौमढीमा दोस्रो विश्वयुद्धमा समेत प्रतिबन्धित प्राणघातक ‘डमडम’ गोली चलाएर पञ्चायती शासकहरूले निरङ्कुशता लम्ब्याउने असफल प्रयास गरे । पञ्चायती कालरात्रीको अन्त्य गर्न भक्तपुरका अर्का दुई सुपुत्र पुष्परत्न शाक्य र महेश श्रेष्ठले आफ्नो प्राण उत्सर्ग गरे । भक्तपुरबाट सुरु भएको निरङ्कुशताविरोधी आगो देशभरि दनदनी बल्न थाल्यो । देशका अरु धेरै होनहार युवाहरूले हाँसीहाँसी जीवन बलिदान गरे । धेरै घाइते भए । फलस्वरूप संयुक्त जनआन्दोलनबाट पञ्चायत ढल्यो । ‘सारा नेपाली पञ्च, सारा पञ्च नेपाली’ दाबी गरिएको थियो तर पञ्चायतले मलामीसम्म पाएन !
२०४६ सालको फागुन ७ गते सुरु भएको जनआन्दोलन चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणासँगै टुङ्गियो । २०१७ साल पुसको १ गते शाही घोषणामार्पmत निर्दलीय पञ्चायती व्यवस्था लागु गरिएको थियो । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको माग त्यही दिनदेखि नेपाली जनताले गर्न थालेका थिए । समयक्रमसँगै कैयौँ सङ्घर्ष तथा आन्दोलनहरू भए । उद्देश्य प्रस्ट थियो, जनताको गुमेको हक–अधिकार प्राप्त गर्नु र जनताको स्वाभिमान अपहरण गर्न नदिनु ! सामाजिक न्याय मर्न नदिने अर्को उद्देश्य थियो । मूल उद्देश्य प्रजातन्त्रको पुनःस्थापना नै थियो ।
बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको आज ३३ वर्ष भयो । इतिहासमा यो समयावधि भनेको एक पुस्ता हो । ४६ साल चैत २६ गते जन्मिएका बच्चाबच्ची आज वयस्क बनिसकेका छन्† परिपक्व बनिसकेका छन् । अभिभावकीय जिम्मेवारी बहन गर्दै छन् । तर, प्रजातन्त्र भने सप्रिन नसकेको रुखभैmँ, कीरा लागेको बालीझैँ एकमाथि अर्को सङ्कटमा फस्दै गइरहेको छ । प्रजातन्त्र थाँक्रोले नै काँक्रो चोर्दा रनभुल्लमा परेको किसानझैँ बनेको छ । प्रजातन्त्रको पहिलो दशकमै राज्यद्वारा सञ्चालित कलकारखाना, यातायात सेवा आदि ध्वस्त पारिए । छोटो समयमै जनता तावाबाट फुत्केर भुङ्ग्रोमा परेको माछाझैँ छटपटाइरहेका छन् ।
प्रजातन्त्र विधिको शासन हो । जनताको शासन हो । विधि निर्माणमा जनताको सहभागिता या प्रतिनिधित्व हो । आज देशमा विधि र जनताको होइन विदेशीको शासन चल्दै छ । प्रजातन्त्रको अर्थ आर्थिक–सामाजिक परिवर्तन हो । प्रजातन्त्रको अर्थ सांस्कृतिक परिवर्तन हो । बहुसङ्ख्यक जनताको जीवनमा सुख–शान्ति र सुखसुविधा हो । वास्तविक प्रजातन्त्र त आर्थिक समानता, अवसरमा समानता र शोषणको अन्त्य हो । तर, देश आर्थिक–सामाजिक दृष्टिले खोक्रो बनाइँदै छ । धेरै तथ्य–तथ्याङ्क प्रस्तुत गरिरहन नपर्ला ! देशको टाउकोमा २० खर्वभन्दा बढी सार्वजनिक ऋणको भारी छ । हरेक नेपालीको भागमा करिब ७० हजार बराबरको ऋण छ । ७० लाखभन्दा बढी नेपाली कामको खोजी गर्दै विदेश पुगिसके । जाने क्रम जारी नै छ । देश मृत गाउँहरूको बन्दै छ । सहरहरू अनुत्पादक, अस्तव्यस्त र असुरक्षित बन्दै छन् । प्रजातन्त्रमा राज्यको ढुकुटीमा ब्रह्मलुट हुँदैन । प्रजातन्त्रमा राज्यको ढुकुटीको साँचो विदेशीको हातमा पुग्दैन । विदेशीको रजगज हुने गर्दैन । यदि यी सबै हुन्छन् भने त्यो प्रजातन्त्र नै होइन । त्यहाँ प्रजातन्त्रनै छैन ।
नेपालको संविधान–०७२ ले व्यवस्था गरेको बहुदलीय प्रजातन्त्र हो । संविधानको मर्मबमोजिम संसद्मा पक्ष–विपक्ष अनिवार्य हो । नेपालले स्वीकारेको शासनपद्धति बेलायती शैलीको व्यवस्था हो । यसलाई ‘वेस्टमिनिस्टर मोडेल’ भनिन्छ । जसअन्तर्गत सत्तापक्ष र प्रतिपक्ष हुन्छ । बढी सिट या मत ल्याउनेले सरकार गठन गर्छ र कम ल्याउने विपक्षमा बस्छ । विपक्षले छाया सरकारको नेतृत्व गर्दछ । कथंकदाचित् सरकार असफल भएमा वैकल्पिक सरकार दिन सक्ने शक्ति जीवित राखिन्छ अर्थात् सरकारविहीनताको स्थिति ल्याउन नदिने उद्देश्य राखिएको हुन्छ । देश जोगाउने त्यो एउटा काइदा हो । नेपालको संविधानले प्रतिपक्षविहीन स्थिति कल्पनासम्म पनि गरेको छैन । तर, आज देशका शासक वर्ग एकै ड्याङमा उभिन पुगे । संसद्बाटै शासकहरूले संविधानको उपहास गरे । सरकार गठनमा सबैले भाग लिए । सरकारको हिस्सा लिन निर्लज्जतापूर्वक अघि सरे । संसदीय प्रजातन्त्रका सारा मूल्य–मान्यता भत्काएर सत्ताका निम्ति हाम्फाले । राजनीतिक नैतिकता, राजनीतिक संस्कार, विचार, सिद्धान्त सबै मिल्काएर प्रजातन्त्रको चीरहरण गरे । शासक नेताहरू नियोजित ढङ्गमा सहिदहरूको नासो ‘बहुदल’ लाई निर्दलको रछ्यानमा मिल्काउँदै छन् ।
देशको राजनीतिक दृश्यले प्रस्ट इङ्गित गर्दै छ, प्रजातन्त्रका निम्ति अर्को आन्दोलन अपरिहार्य भइसकेको छ । हाम्रा सम्पूर्ण सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न र वीर योद्धाहरूप्रति सम्मान प्रकट गर्न नयाँ सङ्घर्ष अनिवार्य भइसकेको छ । विचार, सिद्धान्त, नैतिकतासहित देश र जनताको निःस्वार्थ सेवालाई एउटैमात्र मार्ग बनाउँदै आमूल परिवर्तनको उद्देश्यका साथ अगाडि बढ्नु सचेत नेपाली दिदीबहिनी–दाजुभाइहरूको आजको जिम्मेवारी बनिसकेको छ । बहुसङ्ख्यक मजदुर–किसानको नेतृत्वमा देशभक्त, वामपन्थी, प्रगतिशील, विस्तारवाद तथा साम्राज्यवादविरोधी, राष्ट्रिय पुँजीपतिवर्गको सरकार गठन गरी ‘जनताको प्रजातन्त्र’ लाई व्यवहारमा लागु गर्नु आजको एकमात्र राजनीतिक निकास हो । त्यस सरकारले समाजवादतर्पmको यात्रा तय गर्नेछ । तब, सहिदहरूको सपना यथार्थमा साकार हुनेछ । औपनिवेशिकताको दुर्गन्ध हट्नेछ । जनता आफ्नै खुट्टामा उभिन सक्षम बन्नेछन् । देश पूर्णतः स्वतन्त्र एवम् स्वाधीन बन्नेछ । देशको जित हुनेछ । जनताको विजय हुनेछ । समाजवादको विजय हुनेछ ।
यही दृढ विश्वास मुटुमा साँचेर, सहिदहरूको बलिदानलाई सम्झेर र योद्धाहरूको त्याग बुझेर लामो कठिन यात्रा जारी राखौँ ! कविताको एक टुक्रासहित अहिलेलाई यो छलफल अन्त्य गरौँ !
“सहिद र शासक
शासक र सहिद
चुम्बकका दुई ध्रुव !
शासक कहिल्यै सहिद बन्दैन
सहिद कहिल्यै शासक बन्दैन !
शासकविरुद्ध सहिदहरू बारम्बार जन्मिरहन्छन्
किनभने निरङ्कुश शासक जनताको काल हो ।
सहिदहरूको छात्तीमा शासकहरू भाला रोपिरहन्छन् ।
किनभने सहिद अन्यायी शासकको काल हो ।”
(सहिद र शासक– २)
Leave a Reply