भर्खरै :

साम्राज्यवादीहरूले देशभक्त सर्वियाली राष्ट्रपति मिलोसेभिकको हत्या कसरी गरे ?

साम्राज्यवादीहरूले देशभक्त सर्वियाली राष्ट्रपति मिलोसेभिकको हत्या कसरी गरे ?

युगोस्लाभियाका पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिक संरा अमेरिका र नाटोका साम्राज्यवादी देशहरूले बनाएको कथित अन्तर्राष्ट्रिय अदालतद्वारा हत्या गरिएका पहिलो पूर्वराष्ट्राध्यक्षको रूपमा चिनिनेछन् ।
स्लोबोदान मिलोसेभिक २० अगस्त १९४० मा युगोस्लाभियाको राजधानी बेलग्रेडभन्दा ८० किलोमिटर टाढा पूर्वी सर्वियाको पोजारिभेक ९एयशबचभखबअ० भन्ने ठाउँमा जन्मेका थिए । उनको बुबाको नाम स्मेटोजार थियो, उनी सर्व जातिका थिए ।
उनले बेलग्रेड विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका थिए । उनले राजकीय ग्यास कारखाना, टेक्नोग्यास र बेलग्रेडको बैङ्कमा मुख्य प्रशासकको रूपमा काम गरे तथा पछि त्यही बैङ्कको सञ्चालक समितिको अध्यक्षसमेत भए ।
त्यसबेला युगोस्लाभिया एक समाजवादी देश थियो । उनी १९–२० वर्षको उमेरमै कम्युनिस्ट पार्टीको सदस्य भएका थिए । सन् १९८७ मा उनी सर्वियाली राजनीतिको एक महत्वपूर्ण राजनीतिज्ञको रूपमा देखा परे तथा ४७ वर्षको उमेरमा सन् १९८९ मा उनी राष्ट्रपति भए । उनी सर्वियाको पहिलो राष्ट्रपति थिए । उनी नै सर्वियाली र युगोस्लाभियाली पार्टीहरूका संस्थापक थिए ।
सन् १९९० को दशकमा सोभियत सङ्घमा अमेरिकी समर्थक गोर्भाचोभहरूले भित्रभित्र समाजवाद, कम्युनिस्ट पार्टी र सिद्धान्तमाथि नै विश्वासघात गर्दै थिए । सोभियत सङ्घलाई नै टुक्राटुक्रा पार्ने योजना बनाउँदै थिए । त्यस कार्यमा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) सक्रिय थियो । त्यसको असर पूर्वी युरोपेली देशहरूमा पर्नु स्वाभाविक थियो । ती देशहरूमा पनि अमेरिकी गुप्तचर विभागले विश्वासघाती नेताहरूलाई भ्रष्ट बनाउँदै थियो । मिलोसेभिकले अमेरिकी र युरोपेली साम्राज्यवादी शक्तिहरूको आदेश मानेनन् ।
युगोस्लाभिया पनि एक बहुजातीय सङ्घ राज्य भएको हुँदा अमेरिकी साम्राज्यवादीहरू र नाटोका साम्राज्यवादी देशहरू युगोस्लाभियामा जातीय भेदभाव र गृहयुद्ध भड्काउँदै थिए । हंगेरी र विदेशमा विरोधी युगोस्लाभियालीहरूलाई सीआईएले पैसाको बलमा तालिम दिँदै भड्काउँदै थियो ।

अविभाजित युगोस्लाभिया

जून १९९१ मा स्लोभानिया र क्रोयसिया युगोस्लाभियाको सङ्घ राज्यबाट अलग भएको घोषणा गरियो । १९९२ को निर्वाचनमा मिलोसेभिक नै राष्ट्रपति भए । सन् १९९२ मा बोस्निया र हर्जगोभिनिया पनि युगोस्लाभियाको सङ्घबाट अलगिए । तर, सबै जनताले त्यसको विरोध गरेको हुँदा गृहयुद्ध चक्र्याे । त्यस गृहयुद्धमा भएका सबै हताहतको जिम्मेवारी राष्ट्रपति मिलोसेभिकलाई नै दिइयो । सन् १९९५ मा उनलाई अमेरिकी र नाटो सरकारहरूले ८ हजार मुसलमानहरूको मृत्युमा जिम्मेवार ठहराए । तैपनि १९९७ को निर्वाचनमा उनी नै पुनः राष्ट्रपतिमा निर्वाचित भए ।
सन् १९९८ मा नाटोका देशहरूले ११ दिनसम्म युगोस्लाभियाका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरी पुल, सडक, तार टेलिफोन, बिजुली, खानेपानी, अस्पताल, स्कूल, उद्योगधन्दा आदि सबै संरचना ध्वस्त पारे ।
भनिन्छ, त्यस आक्रमणमा २ लाखभन्दा बढी मानिस मारिए तथा ३० लाख जनता घरबारविहीन भए । त्यसको तमाम दोष आत्मसमर्पण नगरेको हुनाले अमेरिकी र नाटो देशहरूले मिलोसेभिकलाई दिए । अनि उनले कोसोभोबाट आफ्नो सेना फिर्ता लिए र वार्ताद्वारा समस्याको समाधान पनि गरिसकेका थिए । तर, अमेरिकी र नाटोलाई त्यो सम्झौता मान्य भएन ।
सन् १९९९ मा मिलोसेभिकलाई संरा अमेरिका र नाटोले युद्ध अपराधको आरोप लगाए तथा साम्राज्यवादीहरूले उनले नेतृत्व गरेको सर्विया र युगोस्लाभिया पनि एक बहुजातीय सङ्घ राज्य मोन्टेनिग्रोमाथि महिनौँसम्म आक्रमण गरिरहे । युद्ध समाप्त भएर पनि युगोस्लाभियाली र सर्वियाली नेता मिलोसेभिकले साम्राज्यवादीहरूको योजनालाई बाल्कन क्षेत्रमा बाधा दिइरहेको देखे । यसकारण, साम्राज्यवादीहरूले उनलाई सत्ताबाट हटाउने अभियान चालू राखे । धेरै अमेरिकी संस्थाहरूमार्फत गैरसरकारी संस्था, राजनैतिक पार्टी र विद्यार्थीहरूलाई विदेशमा लाँदै तालिम दिए तथा १५०० व्यक्तिलाई पनि नक्कली निर्वाचन गरी तालिम दिएका थिए ।
सन् २००० मा महानिर्वाचन भयो । त्यस निर्वाचनको पहिलो चरणमा कसैले बहुमत प्राप्त गर्न सकेन । अमेरिका र नाटोका साम्राज्यवादीहरूले लोभी, भ्रष्ट पदलोलुप नेताहरूलाई आफ्नो समर्थक बनाएका थिए तथा तिनीहरू नै निर्वाचित हुने आशा गरेका थिए । दोस्रो चरणको निर्वाचनमा राष्ट्रवादीहरूले समेत मिलोसेभिकलाई मत दिने निश्चित थियो । यसकारण, पश्चिमी देशहरूले प्रचार र पैसाको खोलो बगाएका थिए । ५ अक्टोबर २००० को दिन विपक्षीहरूलाई मिलाएर निर्वाचनमा धाँधली भएको आरोपमा बेलग्रेड हजारौँहजार मानिसहरू जम्मा गरे तथा राष्ट्रपति भवनमा घेरा हाल्न लगाए । निर्वाचन पर्यवेक्षकको रूपमा दिनको ५ डलर लिएर सयौँ मानिस प्रयोग गरे तथा झन्डै ५ करोड डलर अमेरिकाले निर्वाचनमा खर्च गरेको अनुमान गरियो ।
त्यस घटनालाई ५ अक्टोबरको विद्रोह भनियो । बेलायती टीभी र रेडियो प्रसारण केन्द्र भ्वाइस अफ अमेरिकाको टीभी र रेडियो प्रसारण सीएनएनलगायतका पश्चिमी प्रचारमाध्यमहरूले लोकमतलाई आफ्नो अनुकूल बनाउँदै थिए तथा विस्तारै लाखौँ मान्छे राष्ट्रपति भवनको चारैतिर जम्मा गराए । युगोस्लाभिया सेनाको पनि मनोबल घट्यो । जनतामाथि प्रहरी र सेनाले गोली हान्न मानेनन् ।
सन् २००० अक्टोबर ७ को दिन सरा अमेरिका र नाटोका देशहरू मिलेर राष्ट्रपति मिलोसेभिकलाई राजीनामा गर्न बाध्य पा¥यो तथा पश्चिमी समर्थक विपक्षी उम्मेदवार भोजिस्लाभ कोस्टुनिकालाई राष्ट्रपति घोषित गराए ।
सन् २००१ मा मिलोसेभिकलाई बन्दुकको बलमा उनकै निवासबाट अपहरणको सम्झौता शैलीमा पक्राउ गरे तथा कथित पूर्वयुगोस्लाभियाबारे अन्तर्राष्ट्रिय अदालत हेग, नेदरल्यान्डमा बन्दी बनाइए । उनीसँग अन्य ६ जनालाई ६०–६६ वटा अभियोग लगाइयो । सन् २००२ देखि नै उनले आफूमाथि लगाइएको आरोपलाई र त्यस अन्तर्राष्ट्रिय अदालतको अस्तित्वलाई विरोध गर्दै रहे । हेगको अदालतको बन्दीगृहमा एक अमेरिकी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफ्ना सबै कार्यमा गौरव अनुभव गरेको र आफूले आफ्नो देश एवं जनताको प्रतिरक्षा गरेको बताए । उनले साम्राज्यवादी आक्रमण र आफ्नो देशको सार्वभौमिकताको रक्षाको वकालत गर्दै गए ।
उनलाई राजनैतिक बन्दीलाई दिनुपर्ने सहुलियतबाट वञ्चित गरिएको थियो र मानव अधिकारबाट पनि वञ्चित गरिएको थियो । उनी रक्तचाप र मुटुको व्यथाबाट पीडित हुँदै गए । अदालतबाट पठाइएका डाक्टरहरूको उपचारबारे उनले गुनासो गर्दै गए । तर, उनले विश्वास गरेका चिकित्सकहरूसँग उनलाई भेट्नै दिएन । उनको रक्षार्थ एक अन्तर्राष्ट्रिय समिति बन्यो । त्यसको जर्मनी शाखाले मुद्दाको निम्ति वकिल र अनुसन्धानकर्ताहरूलाई खोट जुटाउन सफलता प्राप्त ग¥यो । तर, २००५ को मध्य जुलाईमा समितिको जर्मनी शाखाको कोषाध्यक्ष पिटर बेचरको घरमा करसम्बन्धी प्रहरीले छापा मा¥यो । उनको कम्प्युटर र कागज पत्रहरू जफत गरियो । चन्दा जम्मा गरिएको बैङ्कको खातालाई बन्द गर्न लगाइयो । युरोपेली सङ्घको नियमावली २४८८÷२००० लाई सो चन्दा खाताले उल्लङ्घन गरेको भन्दै प्रशासनले रोक्का गरेको थियो । १८ महिना पहिले पनि अर्थात् सन् २००४ को अक्टोबरमा प्रशासनले खाता रोक्दा अदालतले छोडेको थियो । पछि फेरि प्रशासनले पिटर बेचरलाई ११,४६५ युरो डलर अर्थात् ७८६७ स्टर्लिङ पाउन्ड जरिवाना गर्दा अदालतले रोक्न सकेन । रक्षा सङ्घले त्यस खातालाई भियनामा सा¥यो । तर, फेब्रुअरी महिनामा अष्ट्रिया बैङ्कले त्यस खातामाथि रोक लगायो । समिति भने रोक्काको विरोधमा अदालत गयो ।

युगोस्लाभियाका पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिक

सन् २००५ नोभेम्बर महिनामा अन्तर्राष्ट्रिय चिकित्सकहरूको एक टोलीले मिलोसेभिकको स्वास्थ्यको निम्ति लामो समयको आराम र आफ्नो कानुनी बचाउको तयारीको निम्ति मनग्गे समय आवश्यक भएको बतायो । तर, अदालतलाई क्रिसमसको बिदासहित ६ हप्ताको मात्रै समय दियो । २९ नोभेम्बर २००५ को दिन बेलायती न्यायाधीश इयान बोनोमीको अगाडि चलाइएको मुद्दा ‘दोहरो मापदण्ड’ भएको भन्दै मिलोसेभिकले त्यस अदालतलाई उदाङ्ग्याउँदै भने, “मेरो देशको विरोधमा यस अदालतलाई युद्धको हतियारको रूपमा प्रयोग गरिएको छ । एक गैरकानुनी निर्णयको आधारमा यो अदालत गठन गरिएको छ । मेरो देशमाथि युद्ध थोप्ने शक्तिहरूले यसलाई सञ्चालन गर्दै छन् । यहाँ एउटामात्र तथ्य सत्य के हो भने, यहाँ एक संयुक्त आपराधिक मिलेमतो छ, तर त्यो राजधानी बेलग्रेडमा होइन न त युगोस्लाभियामै हो, पछिको युद्धमा युगोस्लाभियालाई विध्वंश गर्ने देशहरूकै माझमा छ ।”
२००६ को फेब्रुअरी अन्तिम हप्तामा रुसी विशेषज्ञहरूले उनलाई मस्को पठाएर उपचार उपलब्ध गराउने र उपचारपछि अदालतमै फिर्ता बुझाउने बताएका थिए । तर अदालतले त्यस प्रस्तावलाई अस्वीकार ग¥यो । यी सबै तथ्यहरूले मिलोसेभिकलाई सिध्याउने नै साम्राज्यवादीहरूको उद्देश्य देखियो ।
मिलोसेभिकले रुसी विदेशमन्त्रीलाई आफूलाई दिइएको औषधि महारोग र क्षयरोग औषधि भएको जानकारी दिएका थिए । यसले पश्चिमी या पुँजीवादी व्यवस्थाको ‘प्रजातन्त्र’ र ‘कानुनी राज्य’ लाई उदाङ्ग्यायो ।
शनिबार ११ मार्च २००६ अर्थात् २७ फागुन २०६२ को दिन बी १२ रेडियोले उनको मृत्यु भएको समाचार दियो तर जिम्मेवार अन्तर्राष्ट्रिय अदालत मौन रह्यो । अन्तर्राष्ट्रिय अदालतको बन्दीगृहमा मृतक पाइएको बताइयो । नेदरल्यान्डको वा डच डाक्टरले मिलोसेभिकको रगतमा मुटुको स्थितिलाई सामान्य पार्ने औषधिको अंश पाइएको बताए । तर मिलोसेभिकका समर्थकहरूले उनलाई गलत औषधि सेवन गराएको वा विष प्रयोग गरेको आरोप लगाए । आफ्ना विश्वासिला चिकित्सक भेट्न नदिएको, रुसमा पनि उपचार गर्न नपठाएको तथा गलत औषधि वा विष प्रयोग भएको हुँदा हेगको अन्तर्राष्ट्रिय अदालतले उनको हत्या गरेको उनीहरूले दोष लगाए ।
उनको मृत्युको एक हप्ताअगाडि नै उनका एक साक्षी मिलान बाबिकले आत्महत्या गरेको बताइयो । त्यस मृत्युलाई शङ्का गरेको हुँदा त्यस अदालतलाई ‘मृत्युको क्रम’ को संज्ञा दिइएको थियो । मिलोसेभिकका वकिल कार्ला डेल पोन्तेले भनिन,् “मुद्दा चलाउनुभन्दा पहिले नै उनीलाई अपराधी घोषणा गरिसकिएको थियो । यसकारण, आफूले उनलाई बचाउन नसक्ने बताइन् । यसरी अमेरिकी साम्राज्यवाद र नाटोका साम्राज्यवादीहरूले बाल्कन क्षेत्रमा आफ्नो हैकम र नव–उपनिवेश स्थापना गर्न बाधाको रूपमा देखेको हुँदा पश्चिमी प्रजातन्त्र स्थापना गर्ने र युद्ध अपराधीलाई मुद्दा चलाउने नाममा एक राष्ट्रपति र एक देशभक्तको हत्या गरेको बताइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *