भर्खरै :

उपभोक्तालाई मनपरी जरिवाना किन ?

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले चुहावट नियन्त्रण कार्य गर्दै आइरहेको छ । यो राम्रो काम हो । चोरी कार्य दण्डनीय छ । ४०/४५ वर्षपहिले जडान भएको मिटर भएका प्रायः घर जीर्ण भई पुनः निर्माण भइसकेका छन् । पुनः निर्माण गर्ने क्रममा उक्त मिटर बाहिर झुन्ड्याएर राख्नुपर्ने बाध्यता हुन्छ । घाम, पानी, हावा–हुरीले गर्दा सिलको तारमा खिया लाग्नु स्वाभाविक हो । तर, प्राधिकरणले त्यही निहुँमा चुहावट (चोरी) भयो । उपभोक्तालाई मनपरी जरिवाना लिइरहेको देखिन्छ ।
प्राधिकरणकै कर्मचारीलाई टेबुलमुनिबाट घुस दिए जरिवाना कम लाग्ने रहेछ नत्र घरमा जे जति विद्युतीय सामानहरू छन् त्यसलाई आधार मानेर प्राधिकरणले जरिवाना तोक्ने गर्दै आइरहेको छ । यस आधारमा चोरी नगर्नेहरूले समेत विद्युतीय इन्डक्सन चुल्होदेखि हरेक सामान चलाएर मिटरमा उठेको रकम तिर्दै आए पनि प्राधिकरणले चुहावट भनेर जरिवाना गर्ने गरेको छ ।
प्राधिकरणका कर्मचारीहरूलाई मिटर जडान गर्न आउँदा खाजा खर्च दिन नपर्ने हो । तर, नदिए काम हुँदैन । त्यो कुरा प्राधिकरणका प्रमुख थाहा नपाए जस्तो गरेर आफू चोखो बनिरहेको पाइन्छ । भक्तपुरलाई चोरीको सुचाङ्क बढाएर बेइज्जत गर्ने काम भइरहेको छ । प्राधिकरणसँग चुहावट चेकजाँच गर्ने कुनै उपकरण भएको पाइँदैन । आँखाले देखेको र अनुमानकै भरमा चुहावट मान्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *