भर्खरै :

बलि दिने क्रममा भागदौड हुँदा छ घाइते

बैतडी, १२ असोज रासस) ः बैतडीको प्रसिद्घ देहिमाडाँै निंगलाशैनी भगवती मन्दिरमा आज राँगाको बलि दिने क्रममा भागदौड हुँदा छजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ का ११ वर्षिया बालिका कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षीय देवसिंह ऐरी, दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय दिपेन्द्र बोहरा र ३० वर्षीय विनित चन्द रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
बलि दिइरहेका बेला एक्कासी भागेर आएको राँगाले हान्दा उनीहरु घाइते भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *