आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
सत्र महिनाअघि अमेरिकी विदेश मन्त्रालयले अमेरिकाले ‘कहिल्यै पनि’ क्रिमिलाई रुसी भूभागको मान्यता नदिने औपचारिक घोषणा गरेको थियो । तीन महिनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले क्रिमिया ‘फिर्ता लिने’ वचन दिए । के यो सम्भव छ ?
जून २०१६ मा नागरिक अगुवाइ केन्द्र (सीसीआई) को प्रतिनिधिमण्डलमा रहेर मैले क्रिमिया भ्रमण गरेको थिएँ । यो सङ्गठनले दशकौँअघि रुससँग नागरिकको स्तरमा आदानप्रदानहरू गर्दै आएको छ । यसले कहिल्यै रुसबाट आर्थिक सहयोग लिएको छैन । बरु सन् १९९० को दशकमा यूएसएडबाट केही अनुदान लिएको थियो । सीसीआईले विशेषगरी रोटरी क्लवसँग आदानप्रदान गर्छ ।
क्रिमियामा हामी याल्टामा बसेका थियौँ । यो कालासागरनिर रहेको सानो सहर हो । याल्टाबाट हामी राजधानी सिमफेरोपोल गयौँ । यो सेबास्तोपोलमा रहेको जहाजी बन्दरगाह हो । त्यहाँबाट हामी ‘मृत्युको उपत्यका’ र अन्य स्थलहरूमा घुम्न गयौँ ।
क्रिमिया निकै सुन्दर छ । त्यहाँका जनता हामीलाई देख्दा खुसी भए र हामीसँग साथीको व्यवहार गरे । त्यसबेला उनीहरूलाई पश्चिमा प्रतिबन्ध लागेको दुई वर्ष पुगेको थियो । उनीहरूले २०१४ मार्चमा युक्रेनबाट निस्किने निर्णय गरेको हुनाले त्यो प्रतिबन्ध लागेको थियो । उनीहरूकहाँ आउने पर्यटक जहाजहरू प्रतिबन्धकै कारण त्यहाँका बन्दरगाहमा पस्न छोडेका थिए । क्रिमियाली विश्वविद्यालयबाट डिग्री गरेका विद्यार्थीहरूको योग्यताको कदर युरोपमा हुन छोडेको थियो । क्रिमियाली कागजपत्रको प्रयोग गर्न पाइन्नथ्यो । प्रतिबन्धले अनेक झमेला ल्यायो ।
हामीले धेरै तह र तप्कामा मानिसलाई भेट्यौँ । राजधानी सिमफेरोपोलका निर्वाचित नगर परिषद्का प्रतिनिधि, स्कूल–कलेजका विद्यार्थीहरू, आर्मेनिया र तातार जातिका मान्छेहरू, रोटरीको व्यापारिक समूहजस्ता धेरै थरी समूहलाई भेट्यौँ । उनीहरू सबैले युक्रेनबाट बाहिरिने निर्णय निकै जनप्रिय भएको बताए । औपचारिक जनमतसङ्ग्रहले पनि उनीहरूकै विचारलाई पुष्टि ग¥यो । जनमतसङ्ग्रहमा ८३ प्रतिशत जनता सहभागी थिए । तीमध्ये ९७ प्रतिशत मतदाताले रुसी सङ्घसँग ‘पुनः एकीकरण’ गर्न चाहेका थिए ।
हामीले तिनीहरूलाई किन रुसको अङ्ग बन्न चाहेको भनी सोध्यौँ । उनीहरूले थरीथरी कारणहरू सुनाए । धेरैले २०१४ फेब्रुअरीमा सत्ताविद्रोहबाट राष्ट्रपति यानुकोभिचलाई हटाउनु पहिलो कारण बताए । सन् २०१० को निर्वाचनमा ७५ प्रतिशतभन्दा बढी क्रिमियाली मतदाताले यानुकोभिचलाई मत दिएका थिए । त्यस निर्वाचनलाई युरोपेली पर्यवेक्षकहरूले धाँधलीरहित र निष्पक्ष निर्वाचनको संज्ञा दिएका थिए । क्रिमियाली जनताले आफ्ना निर्वाचित राष्ट्रपतिलाई हिंसात्मक विद्रोहबाट हटाएको रुचाएनन् ।
रुसी भाषालाई विद्यालय र सङ्घसंस्थामा प्रयोग गर्न पाउने कानुनलाई विद्रोहपछिको युक्रेनी सरकारले खारेज ग¥यो । क्रिमिया अलग हुनुको दोस्रो कारण यही थियो । पूर्वी युक्रेन क्रिमियाका बहुसङ्ख्यक जनताको मातृभाषा रुसी हो । विद्रोहपछिको सरकारले आफ्नो भाषाप्रति गरेको दुव्र्यवहार उनीहरूलाई चित्त बुझेन ।
विद्रोहको नेतृत्व हिंसात्मक र भ्रष्ट दलले गर्नु तेस्रो कारण थियो । केही दिनमै झन्डै १०० जना व्यक्ति मैदान प्लाजामा मारिएका थिए । यी हत्या निसानेबाज स्नाइपरहरूले गरेका थिए । प्लाजाको सामुन्ने रहेका भवनहरूका कोठाबाट गोली हानिएका प्रशस्त प्रमाणहरू भेटिएका छन् । प्रदर्शनकारी र प्रहरी दुवैलाई मार्नुले जानाजान सङ्कटको माहोल बनाउन खोजेको तथ्य पुष्टि हुन्छ । पछि त्यस्तै भयो ।
युक्रेनबाट क्रिमिया अलग्गिनुको चौथो कारण फेब्रुअरी २० को रात भएको घटना थियो । सयौँ क्रिमियालीहरू सरकारको पक्षमा र हिंस्रक भिडको विपक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न किभ गएका थिए । फेब्रुअरी २० मा हत्याकाण्ड चरमचुलीमा थियो । त्यसैले, तिनीहरूले प्रदर्शन गर्नु निकै खतरनाक हुने र शान्तिपूर्ण प्रदर्शनले पार नलाग्ने ठाने । त्यसपछि ८ वटा बसमा बसेर उनीहरू घर फर्के । किभभन्दा सयौँ माइल दक्षिणमा ती बसहरूलाई उग्रराष्ट्रवादी गुन्डाहरूले रोके । ती सबै यात्रुहरूलाई आतङ्कित पारियो । धेरैलाई कुटपिट गरियो र सातजनालाई मारियो । यो हिंसाको खबर एकाएक फैलियो र क्रिमियाका जनता यस घटनाले मर्माहत भए । लगत्तै जनमतसङ्ग्रहको घोषणा भयो र शान्तिपूर्वक मार्च १६ मा सम्पन्न भयो । परिणाम निर्णायक भयो । दुई दिनपछि रुसले क्रिमियालाई रुसी सङ्घमा स्वागत ग¥यो ।
विद्रोहको दुई वर्षपछि भ्रमणमा जाँदा हामीले युक्रेन त्याग्ने निर्णयबारे क्रिमियावासीले पश्चाताप नगरेको थाहा पायौँ । उनीहरूले पश्चिमा प्रतिबन्धले गर्दा भोग्नुपरेको समस्यालाई उति महत्व दिएनन् । सर्वसाधारणले युक्रेनसँग छँदा क्रिमियालाई बेवास्ता गरिएको सुनाए । बरु रुसी सङ्घमा आएपछि भौतिक पूर्वाधारणमा धेरै सुधार आएको बताए । यो कुरा हामीले नवनिर्मित सिमफेरोपोल विमानस्थलमा देख्न पायौँ । हामीले केर्चको पुलबारे सुन्यौँ । केही वर्षमै त्यसको निर्माण सम्पन्न भयो । हामीले विख्यात आर्तेक युवा शिविरको पुनःनिर्माण र पुनःरचना पनि देख्यौँ ।
युवा तातारहरूसँग भेट्नु रमाइलो थियो । यो क्रिमियाको मुसलमान रैथाने जाति हो । पश्चिमा गैरसरकारी संस्थाहरू विपक्षी विचारको प्रचार गर्दै छन् भनी सोध्दा उनीहरू मुसुक्क हाँसे र भने, ‘हो… सोरोसले ।’ पछि मात्र मैले थाहा पाएँ, युक्रेनमा प्रभाव जमाउन अमेरिकी अर्बपति सोरोसले २३ करोड अमेरिकी डलर बराबरको अनुदान दिएका रहेछन् ।
भ्रमणको क्रममा हामीले क्रिमिया लामो समयसम्म रुसकै अङ्ग रहेको इतिहास पनि थाहा पायौँ । सन् १७८३ देखि नै क्रिमिया र सेबास्तोपोल रुसी भूभाग रहँदै आएको रहेछ । सेबास्तोपोल २४० वर्षसम्म रुसी जलसेनाको एकमात्र दक्षिणी बन्दरगाह रहेछ ।
सन् १९५४ मा क्रिमियालाई सोभियत प्रम ख्रुश्चेभले युक्रेनी गणतन्त्रमा राखेका थिए । यसको लागि कसैसँग सल्लाह लिइएको थिएन । सोभियत सङ्घको केन्द्रीकृत प्रणालीमा यो ठूलो कुरा थिएन किनभने युक्रेन आफै पनि सोभियत भूमि थियो । सोभियत सङ्घ विघटन भएपछि ९४ प्रतिशत क्रिमियाली मतदाताले युक्रेन छोडेर क्रिमियाली सोभियत समाजवादी गणतन्त्र पुनः स्थापना गर्न चाहेका थिए । किभले त्यो चाहनालाई बेवास्ता गरे ।
सन् २०१४ को सत्ताविद्रोह असह्य बन्यो । मैदान हिंसा, विद्रोहपछि रुसी भाषासम्बन्धी सरकारी निर्णय र सर्वसाधारणमाथिको हमलाले अलग्गिने निर्णय अनिवार्य बनाउँदै लग्यो । लिजमा लिएको क्रिमियाली सेबास्तोपोलको जलसैन्य क्षेत्रमा रुसी सेना पहिल्यै थियो । छिट्टै जनमतसङ्ग्रह शान्तिपूर्वक सम्पन्न भयो ।
पश्चिमा पाखण्ड र दोहोरो चरित्र घातक छ । युगोस्लाभियाको विखण्डन, सर्बियाबाट कोसोभोको र सुडानबाट दक्षिण सुडानको बहिर्गमनको पक्षमा पश्चिमा देशहरूले खुब प्रचार गरे । युक्रेनबाट बाहिरिने र रुसमा पुनः एकीकरण गर्ने क्रिमियाली जनताको आकाङ्क्षा र अधिकार स्पष्ट छ । तैपनि, पश्चिमा देशहरूले रुसीले क्रिमिया ‘हडपेको’ झूटो दाबी गर्न छोडेका छैनन् ।
२०२१ नोभेम्बरमा संरा अमेरिकाले युक्रेनसँग ‘रणनीतिक साझेदारीको विधान’ मा हस्ताक्षर ग¥यो । दस्तावेजमा घोषणा गर्छ, ‘संरा अमेरिकाले क्रिमिया कब्जा गर्ने रुसी प्रयासलाई मान्यता दिएको छैन र कहिल्यै दिने पनि छैन ।’ निश्चय पनि क्रिमियालीहरू के सोच्छन् वा चाहन्छन् भन्ने कुरासँग अमेरिकालाई कुनै सरोकार छैन । कस्तो ‘प्रजातन्त्र’ हो अमेरिकाको ?
क्रिमिया ‘फिर्ता लिने’ युक्रेन सरकारको कुनै पनि प्रयासविरुद्ध त्यहाँका जनताले जोडतोडले प्रतिकार गर्नेछन् । क्रिमिया युक्रेनमा मिसिने सम्भावना शून्य छ ।
क्रिमियाबारे गलत सूचनाहरूको भरमार हेर्दा अझ समग्र युक्रेन युद्धबारे मिडियाहरूले कति झूटा सूचनाहरू प्रसार गरेका होलान् भन्ने महसुस हुन्छ ।
(अल मायादीनबाट)
अनुवाद : सम्यक
Leave a Reply