भर्खरै :

“सेवा निवृत्त नागरिकहरू आफूलाई जीवन्त राख्न सक्रिय भइरहनुपर्छ”

“सेवा निवृत्त नागरिकहरू आफूलाई जीवन्त राख्न सक्रिय भइरहनुपर्छ”

भक्तपुर, २९ चैत । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरको आयोजनामा स्थानीय सिद्धि गणेश तालिम हल खँचामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँेको प्रमुख आतिथ्यमा ‘शैक्षिक अनुभव’ को बा¥हाँै अङ्क विमोचन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
‘शैक्षिक अनुभव’ मा नियमित विज्ञापन दिई सहयोग गर्ने सङ्घ–संस्थाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको उक्त कार्यक्रममा अतिथि बिजुक्छेँले सेवा निवृत्त ज्येष्ठ नागरिकहरू आफूलाई जीवन्त राख्न सकेसम्म सक्रिय भइरहनुपर्ने सुझाव दिनुभयो ।
ज्येष्ठ नागरिकहरूले आफूलाई शारीरिकरूपमा मात्र नभई मानसिकरूपमा पनि तन्दुरूस्त राख्न समसामयिक विषयको अन्तरक्रियामा भाग लिइराख्नुपर्ने सल्लाह दिँदै त्यस्ता क्रियाकलापहरूले हाम्रो मनलाई सानो नबनाउने र आयुसमेत लम्बिने विचार उहाँले राख्नुभयो ।
शारीरिकरूपमा अशक्त वयोवृद्ध नागरिकहरूलाई समेत ६–६ महिनामा पेन्सन नवीकरण गर्न सशरीर बैङ्कमा उपस्थित गर्न बाध्य पार्दा बाटोमा दुर्घटना परेको उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले मानवीय नाताले त्यस्ता अशक्त वृद्धहरूलाई घरघरमा नै सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष नाति कवांले निवृत्तिभरणको भरमा जीवन गुजारा गरिरहेका परिवारलाई सरकारले समयमा निवृत्तिभरणसम्म दिन नसकेको चर्चा गर्दै अझै ढिलाइ गरे आगामी दिनमा सङ्घर्षका कार्यक्रम नै ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सम्मानित सामुदायिक विद्यालय वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र संस्थागत विद्यालय एभरेष्ट ई. स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले सम्मान गरिएकोमा धन्यवाद दिँदै आफूहरूले सेवा निवृत्त शिक्षक समाजलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने वचन दिनुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष विश्वराम कवांले समाजको हिसाबबारे जानकारी दिनुभयो भने ‘शैक्षिक अनुभव’ का सम्पादक ज्ञानसागर प्रजापतिले बा¥हौँ अङ्कमा समेटिएको विषयबारे जानकारी दिनुभयो ।
विक्रम संवत् २०८० नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष रामगोपाल कर्माचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *