इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
विश्वप्रसिद्ध खोज पत्रकार तथा पुलित्जर पुरस्कार विजेता सेमोर हर्शको रिपोर्टमा फेसबुकले सेन्सर गरेको छ । रूस र जर्मनीबीच इन्धन आपूर्तिको काम गर्ने नर्ड स्ट्रीम पाइपलाइनको विष्फोटसम्बन्धी हर्शको रिपोर्टमा फेसबुकले कैँची चलाएको हो ।
आफ्ना प्रयोगकर्तालाई फेसबुकले हर्सको लेख पोस्ट गर्न निरूत्साहित गरेको छ । यसको सट्टा फेसबुकले एउटा वेबसाइट हेर्न सुझाव दिन्छ । सो वेबसाइटलाई नेटो देश नर्वेको सरकारले खर्च दिन्छ । नर्वे सरकार सो वेबसाइटको आंशिक मालिक पनि हो ।
फेसबुकले संरा अमेरिकी सरकारसँग लाखौँ डलरको सम्झौता गरेको छ । यसमा गृह मन्त्रालय पेन्टागन र राष्ट्रिय सुरक्षा विभाग पनि पर्छ ।
नर्ड स्ट्रीम पाइपलाइनमा दुई पाइपलाइनहरू छन् । तिनलाई नर्ड स्ट्रीम १ र नर्ड स्ट्रीम २ भन्ने चलन छ । यी पाइपलाइनले रूसबाट बाल्टिक सागर हुँदै जर्मनीमा प्राकृतिक ग्यास आपूर्ति गर्छन् ।
यी पाइपलाइनहरूको निर्माता कम्पनी स्वीजरल्यान्डको नर्ड स्ट्रीम एजी हो । यसको स्वामित्व पाँच युरोपेली कम्पनीहरूको हातमा छ । रूसको ग्यास क्षेत्रको विशालकाय कम्पनी ग्याजप्रोमको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी दुई जर्मन कम्पनी, एउटा डच फर्म र एउटा फ्रान्सेली कम्पनीको छ । २०२२ सेप्टेम्बरमा नर्ड स्ट्रीम पाइपलाइन एउटा शङ्कास्पद विष्फोटमा परेर नष्ट भयो ।
विश्वविख्यात खोज पत्रकार सेमोर हर्शले ती पाइपलाइनमाथि अमेरिकी सरकारले प्रहार गरेको रिपोर्ट लेखे । यो अपरेसनको सुपरिवेक्षण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले गरेको रिपोर्टमा जनाइएको थियो ।
यी तीनै अधिकारीहरू रूसविरोधी मानिन्छन् । नुल्यान्ड प्रजातान्त्रिक तवरले चुनिएको युक्रेन सरकारलाई हिंसात्मक सत्ताविद्रोहबाट हटाउने प्रमुख योजनाकार थिइन् । सत्ताविद्रोह हुँदा सन् २०१४ को युक्रेनी सरकार भूराजनीतिक रूपमा तटस्थ सरकार थियो । यसपछि त्यहाँ पश्चिमी देशसमर्थक सरकार बनेको थियो ।
फेब्रुअरीमा हर्शले आफ्नो निजी ब्लग ‘सबस्टक’ मा धमाकेदार समाचार प्रकाशित गरे । कुनै फेसबुक प्रयोगकर्ताले हर्शको यो रिपोर्टको लिंक दियो भने एउटा सूचना आउँछ । त्यसमा लेखिन्छ, “यो सामग्री साझा गर्नुअघि तपाईंले फाकटिस्कका यसैखाले थप रिपोर्टहरू हेर्न चाहनुहुन्छ होला । झूटा समाचारहरू प्रकाशित वा साझा गर्ने पेज र वेबसाइटहरूको समग्र प्रसारण घट्छ, अर्को अर्थमा सीमित हुन्छ ।”
फेसबुकले लिङ्क दिने ‘फाकटिस्क’ नर्वेको तथ्यजाँचकी वेबसाइट हो । यसको खर्च नाटो सदस्य नर्वेले नै दिन्छ । नर्वे ‘फाकटिस्क’ को आंशिक मालिक पनि हो । ‘फाकटिस्क’ ले आफ्नो एउटा मालिक र प्रमुख प्रायोजकको रूपमा नर्वेली ब्रोडकास्टिङ कर्पोरेसन (एनआरके) लाई बताएको छ । यो नर्वेको सरकारी मिडिया हो ।
‘एनआरके’ ले आफ्नो वेबसाइटमा स्पष्ट उल्लेख गरेको छ, “एनआरके नर्वेको सबैभन्दा ठूलो मिडिया गृह हो । यसको प्रसारण राज्यले गर्छ र संसद् (स्तोर्टिङगेट) ले यस विषयमा संस्कृति मन्त्रालयलाई क्षेत्राधिकार र स्वामित्व दिएको छ ।” वेबसाइटले थप लेख्छ, “सर्वसाधरणले नर्वे सरकारलाई तिर्ने करबाट ‘एनआरके’ को ९७ प्रतिशत खर्च जुटाइन्छ ।”
‘फाकटिस्क’ का प्रधान सम्पादक क्रिस्टोफर इजबर्गले वेबसाइटमा आफ्नो जीवनी दिएका छन् । त्यसमा उनले नर्वेको सरकारी सेनामा सिपाही र अफिसरको रूपमा काम गरेको उल्लेख गरेका छन् । उनी लेबनान, बोस्निया र कोसोभोमा नेटो र राष्ट्रसङ्घका अपरेसनहरूमा सहभागी थिए ।
यसको अर्थ फेसबुकले विश्वकै सबैभन्दा प्रख्यात खोज पत्रकारको रिपोर्टमा सेन्सर लगाएको छ । यसको सट्टा नेटो सदस्य नर्वेको आंशिक स्वामित्व रहेको र उसकै खर्चमा चल्ने वेबसाइटलाई बढावा दिएको छ । त्यसमाथि उक्त वेबसाइटको सम्पादक नै नर्वेका पूर्व सैन्य अधिकारी हुन् । उनीसँग नेटो अपरेसनहरूमा सहभागी भएको अनुभव छ ।
संरा अमेरिकी सरकार र मिडियाले हर्शमाथि लगातार प्रहार गर्दै छन् । यद्यपि, उनीहरूले हर्शको दाबीबारे प्रस्ट जवाफ दिन सकेका छैनन् ।
अमेरिकी सरकारले नर्ड स्ट्रीम विष्फोटको विषयमा हर्शले दिएको रिपोर्टलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ । तर, वासिङटनले सधै यी खोज पत्रकारको रिपोर्टलाई अस्वीकार गर्दै आएको छ । जब कि हर्शका रिपोर्टहरू कालान्तरमा सही प्रमाणित हुँदै आएको इतिहास छ ।
हर्सले १९६८ मा भियतनाममा भएको माइ लाइ नरसंहारको भण्डाफोर गरेका थिए । त्यसको लागि उनले पुलित्जर पुरस्कार पाएका थिए । त्यो नरसंहारमा अमेरिकी सेनाले सयौँ सर्वसाधारणको हत्या गरेको थियो । अमेरिकी सरकारले त्यस हत्याकाण्डमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो । जब कि पछि हर्शको दाबी सही साबित भएको थियो ।
त्यसैगरी वासिङटनले सुरूमा हर्सको २००४ को रिपोर्ट पनि अस्वीकार गरेको थियो । त्यो चर्चित रिपोर्टमा हर्शले अमेरिकी सेनाले इराकस्थित अबु घरेब कारागारमा कैदीलाई यातना दिएको सार्वजनिक गरेका थिए । पछि उनको दाबी सही प्रमाणित भएको थियो ।
नर्ड स्ट्रीममाथिको हमलासम्बन्धी हर्शको रिपोर्टको प्रतिक्रियामा एक अमेरिकी उच्च अधिकारीले छद्म नाम राखी ‘न्युयोर्क टाइम्स’ मा एउटा लेख छपाएका थिए । त्यसमा उनले हर्सको रिपोर्टको बद्ख्वाइँ गरेका थिए र त्यस विष्फोटको लागि अज्ञात ‘युक्रेनसमर्थक समूह’ लाई दोष दिएका थिए । त्यस समूहले पाइपलाइन विष्फोटको दोष युक्रेन सरकार वा कुनै पनि नेटो देशलाई दिन नहुने दाबी गरेको उक्त लेखमा बताइएको थियो ।
वासिङटन र कर्पोरेट मिडियामा रहेका उसका साझेदारहरू हर्शको बद्ख्वाइँ गर्न कम्मर कसेर लागिपरेका छन् । उनले दिएका ससाना तथ्यहरूमा भएका छिद्रहरूलाई बढाइचढाई गर्दै छन् । तैपनि उनीहरूले नर्ड स्ट्रीम पाइपलाइन कसरी ध्वस्त भएको भन्ने विषयमा एउटा पनि पत्यारिलो व्याख्या दिन सकेका छैनन् । न त त्यस व्याख्याको पक्षमा कुनै प्रमाण दिन सकेका छन् ।
नर्ड स्ट्रीम पाइपलाइन स्टीलले बनेका भिमकाय संरचना थियो । त्यसलाई बाक्लो कङ्क्रिटको खोलले छोपिएको थियो । त्यो समेत समुद्रको पानीभन्दा ५० देखि १०० मिटर मुनि गाडिएको थियो ।
एउटा मामुली ‘युक्रेनसमर्थक समूह’ कालागि ती पाइपलाइन नष्ट गर्नु असाध्यै कष्टकर काम हो । त्यो आक्रमणमा ठूलो योजना र स्रोतसाधनको आवश्यकता पर्छ । यसको आकार हेर्दा निश्चय नै कुनै राज्य नै लागिपरेको हुनसक्ने देखिन्छ ।
पश्चिमी देशका सरकारहरूले रूसी (र इरानी) मिडियाहरूमा सेन्सर गर्छन् ।
फेसबुक मात्र युक्रेन युद्धमा विपक्षीहरूको स्वर थुन्ने एकमात्र विशालकाय अमेरिकी सोसल मिडिया होइन । गुगलको स्वामित्वमा रहेको युट्युबले विश्वभरि रूसको सरकारी मिडिया ‘आरटी’ जस्ता च्यानलहरू ब्लक गरेको छ ।
फेसबुकले जस्तै गुगलले अमेरिकी सरकार, सीआईए, पेन्टागन, एफबीआई र विभिन्न प्रहरी विभागहरूसँग करोडौँ डलर बराबरको सम्झौता गरेको छ ।
त्यसबाहेक पनि युरोपेली युनियनले समेत ‘आरटी’ र ‘स्पुत्निक’ माथि प्रतिबन्ध लगाएका छन् । ‘स्पुत्निक’ रूसकै अर्को सरकारी मिडिया हो ।
युरोपेली युनियनमा बसिरहेको कसैले ‘आरटी’ वा ‘स्पुत्निक’ को ट्वीटर प्रोफाइल हेर्न खोजे एउटा म्यासेज आउँछ, ‘अकाउन्ट रोक्का’ ।
अमेरिकी सरकारले त इरानको सरकारी मिडिया ‘प्रेस टिभी’ को डोमेन नाम नै बन्द गराएको थियो । इन्टरनेटमा सो डोमेन खोजे अमेरिकी न्याय तथा वाणिज्य विभागले संयुक्त रूपमा जारी गरेको सूचना पढ्न पाइन्छ, ‘संरा अमेरिकी सरकारले डोमेन उचभककतख।अयm रोक्का गरेको छ ।’
Leave a Reply