भर्खरै :

अमेरिकी हस्तक्षेपले छोडेको खाडल पुर्न वर्षाैँ लाग्ने छ

अमेरिकी हस्तक्षेपले छोडेको खाडल पुर्न वर्षाैँ लाग्ने छ

संसारमा अझै संरा अमेरिकी प्रभावमा परेका धेरै देश छन् । केही देशमा संरा अमेरिकी सेना आफैँ तैनाथ छन् । कतिपय देशका सरकारलाई सत्तामा टिकाइरहन संरा अमेरिकाले भरपुर मद्दत गरिरहेको छ । कतिपय देशमा यी दुवै अवस्था कायम छन् । संयुक्त राष्ट्र सङ्घीय बडापत्रलाई रद्दीको टोकरीमा मिल्काएर संरा अमेरिकाले गर्ने सत्ता परिवर्तन र हस्तक्षेपको सम्भावित शिकार हुनसक्ने देशहरू अझै धेरै छन् । त्यसकारण, संरा अमेरिकी हमलाको इतिहास र अमेरिकीहरू फर्केर दशकौँसम्म ती देश र त्यहाँका जनतालाई लागेको नमेटिने घाउबारे विचार गर्नुको उपादेयता छ ।
अमेरिकी हमलाले प्रायशः छोड्ने रोग भनेको सामाजिक–राजनीतिक रोग नै हो । यो रोग निको पार्न दशकौँ समय लाग्छ । अर्को घाउ भनेको आर्थिक विपन्नता हो । अमेरिकी कोपभाजनमा परेको देशले आफ्नो अर्थतन्त्रलाई शून्यबाट बनाउन थाल्नुपर्छ । लामो सैनिक द्वन्द्वपछि संरा अमेरिकाले कुनै देश छोड्दै छ भने त्यहाँको जमिनमा विस्फोटन नभएका भूमिगत विस्फोटक पदार्थ हटाउन पुस्तौँ पुस्ता लाग्छ । तिनले सुदूर भविष्यसम्म सोझासाझा जनताको अङ्गभङ्ग र हत्या गर्दै आएको छ ।
संरा अमेरिकी हस्तक्षेप, हमला र कब्जाले विगतमा पारेका दीर्घकालीन प्रभावलाई बुझ्न सके मात्र आज संरा अमेरिकी हस्तक्षेप, हमला र कब्जाको विरोधमा बोल्नु, विरोध गर्नु र रोक्नुको आवश्यकता अझ राम्ररी बुझिनेछ ।
भियतनामः धुलोपिठो बनाएर विषाक्त छोडियो
सन् १९५५ देखि १९७५ सम्म संरा अमेरिकाले दक्षिणपूर्वी एसियाली देश भियतनाममाथि निर्मम युद्ध छेड्यो । दोस्रो विश्वयुद्धपछि पश्चिमको उपनिवेशवादी शासन पुनः लाद्न युरोपका धेरै देशलाई संरा अमेरिकाले मद्दत ग¥यो । त्यही शिलशिलामा भियतनाममा संरा अमेरिका फ्रान्ससँगै पसेको थियो ।
युद्धको समयमा संरा अमेरिका र उसका सहकर्मी शक्तिहरूले भियतनामका लाखौँ लाख मानिस मारे† भियतनामका पूर्वाधार ध्वस्त पारे र सहरहरूको ध्वंस गरे । उनीहरूले मानिस र जमिन दुवैको लागि विषाक्त हुने विषालु ‘एजेन्ट अरेन्ज’ प्रयोग गरे । त्यो विषको सम्पर्कमा आउने मानिस मर्थे । जमिनमा केही उब्जाउ हुन्थेन । युद्ध सकिएको लामो समयसम्म भियतनामका भावी पुस्तामा जन्मजात शारीरिक र मानसिक समस्या र क्यान्सर रोग हुनुको खास कारण त्यही विष थियो ।
संरा अमेरिकाले भियतनाम र छिमेकी देश कम्बोडिया र लाओसमा वमबारी ग¥यो । दोस्रो विश्वयुद्धभन्दा बढी वमबारी ती देशमा भएको थियो । आज पनि ती नै देशमा जमिनमुनि गाडिएका विस्फोटक पदार्थ विस्फोट भएर हरेक वर्ष मानिस मारिने र अङ्गभङ्ग हुने गरेको छ । संरा अमेरिकाले त्यस्ता विस्फोटक पदार्थ पन्छाउन केही मद्दत गर्ने गर्छ । तर, त्यो सहायता आलङ्कारिक र सशर्त प्रदान गरिएको छ । विस्फोटक पन्छाउन संरा अमेरिकाले दिने गरेको पैसा र भूमिगत विस्फोटक पन्छाउने कामको गति हेर्दा सबै काम तमाम हुन अझै धेरै पुस्ता लाग्ने देखिन्छ ।
संरा अमेरिकाले यति व्यापक विध्वंसपछि आज भियतनाम र उसका छिमेकीहरूले अर्का छिमेकी देश चीनसँग सहकार्य गरेर आफ्नो राष्ट्र निर्माण र विकासका काम अघि बढाइरहेका छन् ।
अफगानिस्तान : धुजाधुजा अनि लुटपाट
अर्को पछिल्लो दृष्टान्त हो अफगानिस्तान । संरा अमेरिकाले अफगानिस्तानमा दुई दशक कब्जा जमायो । अफगानिस्तानको राष्ट्रिय सेना र केन्द्रिकृत सरकार बनाउन तथा ‘पुनःनिर्माण’ को लागि भनेर खरबौँ खरब डलर खर्च गरे पनि सन् २०२१ मा संरा अमेरिकाले आफ्ना सेना फिर्ता गरेसँगै ती सबै तासको महलजस्तै गल्र्याम्मगुर्लुम्म ढल्यो ।
दुई दशकमा संरा अमेरिकालाई मद्दत गरेका दसौँ हजार अफगानीहरू त्यत्तिकै छोडिए जसरी सन् १९७५ मा दक्षिणपूर्वी एसियामा संरा अमेरिकाले दसौँ हजार भियतनामीहरूलाई छोडेर गएको थियो ।
भियतनाममा जस्तै अफगानिस्तानलाई पनि संरा अमेरिकाले आधारभूत पूर्वाधारबिना नै छोडेर गयो । त्यहाँको अर्थतन्त्रले अझै राम्ररी काम गरेको छैन । त्यहाँको सामाजिक–राजनीतिक विभाजनलाई अफगानी जनताले आफैले आगामी वर्ष वा दशकहरूमा मिलाउँदै जानुको विकल्प छैन ।
सङ्कटका घाउका अतिरिक्त अफगानिस्तानमा ती घाउको उपचार गर्ने कुनै पनि स्रोत नछोडी संरा अमेरिका गयो । संरा अमेरिकाले अफगानी केन्द्रीय बैङ्कका अरबौँ डलरलाई चलाउन नमिल्ने बनायो । आज पनि त्यो पैसा आजको अफगानी सरकारलाई चलाउन दिइरहेको छैन । संयुक्त राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थामा वासिङ्टनको बलियो प्रभावका कारण अफगानिस्तानको वर्तमान सरकारलाई अद्यापि मान्यता दिइएको छैन । त्यसकारण, दुई दशकको संरा अमेरिकी कब्जा र युद्धपछि देशमा स्थायित्व र पुनःनिर्माणको लागि आवश्यक स्रोत परिचालन गर्न अफगान सरकार अप्ठ्यारोमा परेको छ ।
दक्षिणपूर्वी एसियामा जस्तै अफगानिस्तानमा पनि हजारौँ हजार टन विस्फोटक खसालियो । भूमिगत विस्फोटक पदार्थले अफगानिस्तानमा पनि हरेक महिना दर्जनौँ मानिस मृत्युवरण गर्छन् र घाइते हुन्छन् । दक्षिणपूर्वी एसियामा जस्तै अफगानिस्तानले पनि वर्षौँ, अझ दशकौँसम्म संरा अमेरिकी कब्जाको प्रभाव झेल्नुपर्नेछ ।
संसारलाई चेतावनी
संरा अमेरिकी हस्तक्षेप, हमला र कब्जाको परिणाम यति भयानक, विध्वसंकारी र दीर्घकालिक हुन्छ भने थाहा हुँदाहुँदै पनि उसको भूमिबाट हजारौँ हजार किलोमिटर पर षड्यन्त्र र ध्वंसको जालो बुन्न कथित ‘अन्तर्राष्ट्रिय समुदाय’ ले उसको बाटो किन सफा गरिदिन्छ ? किन सन्देहको लाभ उठाउन दिइरहन्छ र अझ कतिबेला त खुलमखुला उसैलाई समर्थन गर्दै हिँड्छ ?
सन् १९९१ देखि नै संरा अमेरिकाले युक्रेनमा हस्तक्षेप गर्न थालेको थियो । आजको युक्रेन त्यसैको परिणाम हो । सोभियत सङ्घबाट अलग भएपछि युक्रेनलाई पूर्व र पश्चिम भनी विभाजन गर्ने काम सन् २०१४ बाट सघनरूपमा भयो । त्यो वर्ष संरा अमेरिकाले किभको सरकार अपदस्थ ग¥यो र आफूलाई उपयुक्त हुने खालको नयाँ सरकार बनायो ।
त्यही बेलाबाट युक्रेनले बिनाकारण छिमेकी देश रुससँग राजनीतिक र आर्थिक नाता तोड्यो । जसले त्यहाँको विकास रोकियो र अर्थतन्त्र ध्वस्तप्राय भयो । संरा अमेरिका र अरू नाटोका सदस्य देशले खुलमखुला हतियार दिने र सैनिक तालिमको आयोजना गर्दै गयो । त्यसले युक्रेनमा द्वन्द्व सुरु मात्र भएन बरु लगातार बढ्दै गयो ।
आज युक्रेन वासिङ्टनको ‘मृत्यु स्पर्श’ को पछिल्लो उदाहरण बनेको छ । संरा अमेरिकाले निशाना बनाएको युक्रेनभित्र र बाहिर त्यहाँको विभाजन र विध्वंसको आवाज सुनिँदै छ । संरा अमेरिका र समग्र पश्चिमा विश्वले संयुक्त राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थामाथि अझै नियन्त्रण कायम राखेका छन् । साथै संसारभर सूचना प्रवाहमा पनि उनीहरूकै हात छ । त्यसकारण, संरा अमेरिकी हमलाको कारण विगतमा पु¥याएको क्षति र ध्वंसको कुरा छायामा पारिने गरेको छ ।
आज बहुपक्षताको विचार झाङ्गिरहेको छ । विद्यमान अवस्थालाई बहुपक्षताले विस्थापन गर्नेछ । अब तर्कपूर्ण आवाज राख्ने मञ्चहरू बढ्नेछ । फलतः तर्कपूर्ण मञ्च आलोचनात्मक जनतासम्म पु¥याउन सहज हुनेछ । संरा अमेरिकाले अर्को कुनै निशाना बनाएको देशमा अर्को सङ्कट सिर्जना गर्नुअघि यस्ता चेतावनी सुनिने गरी बोल्न जरुरी छ ।
(लेखक संरा अमेरिकाका पूर्व जलसेना र भूराजनीतिक विश्लेषक हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *