आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता सुन्ने र पढ्ने अवसर मिल्यो ।
यो सुन्दा र पढ्दा निकै रमाइलो अनुभव भयो । धेरै चिप्ला कुरा लेखिएका छन् । यो सुन्दै गर्दा बोली मीठो तर व्यवहार भने ठीक उल्टो गर्ने मान्छेको याद आयो ।
यसमा लेखिएको कुरा विगतको सरकारले पनि लेखेको थियो । यस्ता आश्वासन विगतमा हामीले धेरै सुन्यौँ । चुनावमा पनि शासक नेताहरूबाट ठुलाठुला कुरा सुन्छौँ । नतिजा भने सधैँ शून्य हुने गरेको तीतो अनुभव हामीसँग छ । जनता वाक्कदिक्क मान्दै छन् । शासक दलहरूले बारम्बार ठगेको जनता अनुभव गर्दै छन् । जे बोलेको हो त्यो गर्न र जे गर्न सकिन्न त्यो नबोल्न हामी सुझाव दिन्छौँ । जनताको सरलता तथा साझोपनको फाइदा नउठाउन अनुरोध गर्दछौँ । जनतालाई थप आक्रोशित नबनाउन हामी फेरि पनि आग्रह गर्दछौँ ।
यो नयाँ सरकार दाबी गरिए तापनि सोच, कार्यक्रम, व्यवहार पुरानै देखियो । सिद्धान्त र प्राथमिकता पनि पुरानै आउनु दुःखद छ । कतैबाट सार्दा कता कता नमिलेको अनुभव भयो । मौलिक शैलीमा लेखिएको भए केही न केही स्वाद हुन्थ्यो । हुन त भागबन्डा मिलाएर भर्खर मन्त्रीहरू आउनुभएको छ । अभैm भागबन्डाको झगडा त बाँकी नै होला ¤ त्यस अवस्थामा नयाँ खालको सिद्धान्त र प्राथमिकता नआउनु अस्वाभाविक होइन । आफूआफूबिच भाग मिलाउनमै व्यस्त सरकारले जनताबारे सोच्ने र काम गर्ने फुर्सद कसरी पाउला र ?
यसमा समाजवादको कुरा उल्लेख गरिएको छ । समाजवादलाई विगतको सरकारले पनि जनतालाई लोभ्याउने उपाय मात्र बनायो । खिचडी सरकारले समाजवादको नारा दिनु हात्तीको देखाउने दाँत मात्र हो । यदि त्यसो होइन भने बहुसङ्ख्यक किसान तथा कृषि र मजदुर तथा उद्योगहरू सरकारको प्राथमिकतामा पर्नुप¥यो । साँचो अर्थमा गरिबी हटाउने, शोषण मेट्ने विषयलाई प्राथमिकतामा राख्नुप¥यो । आर्थिक समानता र न्यायमा आधारित समाजका निम्ति व्यावहारिक उपाय अपनाउनुप¥यो । सर्वसाधारण जनताको काम, माम, कपडाको बन्दोबस्त गर्न राज्य लाग्नुप¥यो । शिक्षा, स्वास्थ्य तथा रोजगार सर्वसुलभ हुनुप¥यो । यस्ता अनिवार्य काम नगरी अथवा त्यसका निम्ति सामान्य तयारी पनि नगरी मुखले मात्र समाजवाद जपिरहनु भनेको धोका हो ।
वाग्मती प्रदेश सरकार बेलैमा बिउँझन सके देशकै कल्याण होला ।
(वाग्मती प्रदेशसभाको जेठ ११ गते बसेको बैठकमा प्रदेशसभा सदस्य गीता काफ्लेले विनियोजन विधेयक–०८० को सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा भाग लिँदै व्यक्त गर्नुभएको विचार)
Leave a Reply