भर्खरै :

क्युवा : बाइडेनको नैतिक ऋण

क्युवा : बाइडेनको नैतिक ऋण

क्युवाका बौद्धिक व्यक्तित्व, पत्रकार, कम्प्युटर योद्धा र क्रान्तिकारी इरोएल सान्चेज एस्पिनोसाको असामयिक निधनले हामीमध्ये धेरैलाई परेको पीडाबाट प्रेरित भएर म यी लाइनहरू लेख्दै छु । यस वर्षको फेब्रुअरीमा क्युवा भ्रमणको क्रममा मैले उहाँसँग गरेको कुराकानीको अंशको आधारमा यी शब्द लेख्दै छु । हामीले धेरै कुराहरूको बारेमा कुरा गर्याैँ । तर, हामीले क्युवाप्रति वाशिङ्गटनको आपराधिक नीतिको बारेमा कुरा नगरिरहन सकेनौँ । आर्थिक, व्यावसायिक, वित्तीय तथा कम्प्युटर नाकाबन्दीहरू क्युवाली बुद्धिजीवी, कलाकार वा सार्वजनिक व्यक्तित्व र सेलिब्रेटीहरूमाथि ब्ल्याकमेलिङहरू मियामीबाट धेरै ट्रोल फार्महरूबाट दुष्प्रसार गरिएको अभूतपूर्व कम्प्युटर उत्पीडनहरू ह्वाइट हाउसले ६० वर्षभन्दा बढी अघि घोषणा गरेको व्यापक नाकाबन्दीको कठोर कठोरताको अधीनमा रहेका जनतामा निराशा, भ्रम र आक्रोश छर्न दैनिक दर्जनौँ झूटा समाचारहरू प्रचार भइरहेका छन् ।
हामीले युरोपेली ‘लोकतान्त्रिक’ शक्तिहरूको कपट र संलग्नताको बारेमा पनि कुराकानी गरेका थियौँ । ती पतित पूर्वऔपनिवेशिक महानगरहरू अब अधीनस्थ र अयोग्य अमेरिकी संरक्षणमा परिणत भएका छन् । यसबाहेक अन्य धेरै विषयमा कुराकानी ग¥यौँ । आज बिहान इरोएलसँगको त्यो लामो र अन्तिम वार्तालापको स्मरण गर्दै, उहाँको निधनले उत्पन्न भएको शोकलाई मैले उहाँको सम्झनामा विनम्र श्रद्धाञ्जलीको रूपमा, त्यो संवादका मेरा सम्झनाहरू लेखेर अझ राम्रोसँग प्रशोधन गर्न सक्छु भन्ने लाग्यो ।
त्यो कुराकानीमा हामीले निष्कर्ष निकाल्यौँ कि राष्ट्रपति जो बाइडेनले क्युवालाई आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट कुनै ढिलाइ नगरी हटाउनुपर्छ । उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पले लिएको निर्णयले एक कुख्यात सङ्कल्पलाई निरन्तरता दिएको छ । यदि कुनै कुराले क्युवालाई चित्रण गरेको छ भने यो ठ्याक्कै क्यास्ट्रोविरोधी र औपनिवेशिक माफियाले मियामीमा प्रवद्र्धन गरेको आतङ्कवादको शिकार भएको छ । माफियाहरू लुइस पोसाडा क्यारिल्स, ओर्लान्डो बोश एभिएला र तिनीहरूका ठगहरू, सबै एफबीआई र सीआईएको सुरक्षाको मजा लुटिरहेका छन् जुन सबै अमेरिकी अधिकारीहरूले समेत स्वीकारेका छन् । क्युवा आज पनि अर्को प्रकारको आतङ्कवादको शिकार बनिरहेको छ, त्यसबारे थोरै कुरा गरिएको छ तर कम छैन ।
क्युवा आज पनि अर्को प्रकारको आतङ्कवादको शिकार बनिरहेकोे छ, जसको बारेमा थोरै कुरा गरिएको छ तर त्यो कम अपराधपूर्ण छैन । संयुक्त राज्य अमेरिकाले विद्रोही टापु–क्युवाविरुद्ध मानव अधिकार महासन्धि र संयुक्त राष्ट्रसङ्घको बडापत्रको खुला उल्लङ्घन गर्दै सन् १९६० दशकको सुरुवातदेखि लगाएको व्यापक र क्रूर नाकाबन्दी आफँैमा आर्थिक आतङ्कवाद हो । मानव अधिकार र संयुक्त राष्ट्र सङ्घको बडापत्रको निकृष्ट उल्लङ्घन हो ।
‘एकतर्फी आर्थिक प्रतिबन्धहरू’ को आर्थिक आतङ्कवाद जुन कहिलेकाहीँ ‘नाकाबन्दी’ शब्द प्रयोग गर्न नपरोस् भन्नका लागि ‘प्रतिबन्ध’ जस्ता शब्दहरू अपिल गरेर उल्लेख गरिन्छ । हामी त्यसलाई नाकाबन्दी आतङ्कवाद पनि भन्छौँ, किनभने यस नीतिका एक सिद्धान्तकार, समर्थक र अमेरिकी राज्य विभागमा धेरै वर्षको लागि सल्लाहकार रिचर्ड नेफ्यूका अनुसार वाशिङ्गटनको मन नपर्ने सरकारहरूविरुद्ध विद्रोहलाई उक्साउने तरिकाले लक्षित मानिसहरूलाई विभिन्न कारबाहीको माध्यमले पीडा दिनु हो । त्यसकारण, उनको पुस्तकको शीर्षक ‘द आर्ट अफ सेक्सन्स’ (कोलम्बिया युनिभर्सिटी प्रेस, २०१८) मा उल्लिखित ‘कला’ मा जोड दिनुपर्ने भनेकोमा ‘कला’ को अर्थ खराब काम गर्ने, अरूलाई चोट पु¥याउने, पीडा दिने र अन्ततः हत्या गर्ने कला हो ।
सन् १९७० को दशकमा ल्याटिन अमेरिकामा सीआइएले आफ्ना बन्दीहरूलाई यातना दिन र उनीहरूलाई आत्मसमर्पण गर्न लगाउनका लागि क्रूरतम प्रविधिहरूमा क्षेत्रको सेनालाई निर्देशन दिँदै ल्याटिन अमेरिकाभरि वितरण गरेको म्यानुअल (कार्यविधि) मा सफ्ट कू (नरम सत्ता विद्रोह) उल्लेख छ । कानुनी व्यवस्थाको यो युगमा उनको पुस्तक सत्ता विप्लवको लागि निरन्तर सल्लाहजस्तै हो ।
क्युवामाथि कब्जा गर्ने वाशिङ्गटनको कुनियतले बढाएको धेरै मानहानि र आक्रामकताहरू जारी रहँदा रहँदै क्युवा र क्युवाली जनताको पछिल्लोको नैतिक प्रतिष्ठा छ, पाँच महादेशमा यति धेरै अपराध र आतङ्कवादी हमलाहरूको लागि जिम्मेवार संयुक्त राज्य अमेरिकासँग कुनै जवाफ छैन ।
एउटा मात्र उल्लेख गरे पुग्छ : हिरोशिमा र नागासाकीका रक्षाहीन जापानी सहरहरूमा दुईवटा आणविक बम खसालेर तुरुन्तै लगभग १,१०,००० मानिसहरूलाई खरानी बनाइदिए । संयुक्त राज्य अमेरिकाका आणविक वैज्ञानिकहरूको बुलेटिनका अनुसार, धेरैले उक्त नरसंहारको निन्दा गर्दै घातक आणविक विकिरणको दीर्घकालीन नतिजाको परिणामको रूपमा देखिरहने छ । संरा अमेरिकाको क्रुरताविपरीत अन्तर्राष्ट्रिय एकताको भावनाका साथ क्युवा नर्वेसँगै विद्रोही समूह – ईएलएन र कोलम्बियाली सरकारबिचको शान्ति वार्ताको संयोजनकर्ता थियो, र यो अझै पनि बोगोटा र ईएलएन गुरिल्लाबिचको वार्ताको संयोजनकर्ता रहेको छ ।
क्युवालाई त्यो कुख्यात सूचीबाट हटाउनु, जसले त्यहाँका जनतामाथि अमानवीय अमेरिकी नाकाबन्दीले उत्पन्न गरेको पीडालाई अझ बढाउनेछ, यो अन्यायपूर्ण र नैतिकताविरुद्धको कार्य हो । यसैले हामीले इरोएलसँगै निष्कर्ष निकाल्यौँ कि अमेरिकी राष्ट्रपति बाइडेन, जसले हरेक समय ईश्वरसित उहाँलाई दैनिक आधारमा लिनुपर्ने कठिन निर्णयहरूमा छर्लङ्ग पार्नको लागि प्रार्थना गर्छन्, क्युवालाई आज यस्तो अपमानजनक सूचीमा अन्यायपूर्ण समावेशबाट हटाउनुपर्छ भन्ने सद्बुद्धि उनलाई प्राप्त होस् ।
– एमआर अनलाइनबाट
अनुवाद : अभिनव

Leave a Reply

Your email address will not be published. Required fields are marked *